२९ पुष २०८२, मंगलवार

Breaking News

कैलालीमा बच्चासहित एक महिला सम्पर्क विहीन

कैलालीमा बच्चासहित एक महिला सम्पर्क विहीन

Breaking News, राष्ट्रिय, समाचार
धनगढी:कैलाली जिल्लाको भजनी नगरपालिका १ गौनहिया बस्ने डिल्ली बहादुर बोहराकी ३२ वर्षीया श्रीमती सचिता रोकाय एक डेढ वर्षको बच्चा लगेर वैशाख १३ गते बिहानबाट माइत जाने भन्दै सम्पर्कविहीन भएकी छिन्।                                                घरका परिवार सदस्यले भने वैशाख १८ गते बच्चासहित सचिता रोकाया सम्पर्कविहीन भएको भन्दै नजिकैको भजनी इलाका प्रहरी कार्यालयमा खोजिदिन भन्दै निवेदन दिएका थिय। उता उनका श्रीमान भने भारतको पुणेमा भन्ने ठाउँमा केही दिनदेखि काम गर्दै आएका थिए। अहिले उनी बच्चासहित श्रीमती हराएको खबर पाएपछि घर फर्किएका छन् तर श्रीमती र छोराको अहिलेसम्म भने कुनै अत्ताेपत्तो छैन। घरका आफन्तहरूले भने अर्कै केटासँग भागेर भारत गएको हुन सक्ने आशंका गरेका छन्।बैतडी जिल्लाको डिलासैन नगरपालिका वडा नम्बर १ पहाडी गाउँमा बस्ने हरिश बोहरा पनि वैशाख १४ गतेबाट सम्पर्कविहीन भएका उनका आफन्तले जना...
‘कर्णाली छोरी सम्मेलन’ १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

‘कर्णाली छोरी सम्मेलन’ १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
सुर्खेत ;कर्णालीमा पहिलो पटक आयोजित ‘कर्णाली छोरी सम्मेलन’ सम्पन्न भएको छ ।सुर्खेतको वीरेन्द्रनगरमा तीन दिनसम्म सञ्चालित सम्मेलनले १० बुँदे प्रतिबद्धता जारी गरेको छ ।श्री ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालयको आयोजनामा गरिएको उक्त सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका दुई–दुई जना छोरीहरु सहभागी रहेका थिए । सहभागी छोरीहरुले आ–आफ्ना समस्या राखेका थिए । छोरी सशक्तिकरण अभियानको माध्यमबाट सचेत सबल, सक्षम, तथा आत्मनिर्भर कर्णालीका छोरीहरुको निर्माण र विकासमा सघाउ पुर्‍याउने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको हो । प्रतिबद्धतापत्रमा कर्णालीका छोरीहरुको उज्वल भविष्य निर्माणका लागि बाधक बनेको बालविवाह तथा विवेद अन्त्यका लागि प्रादेशिक तथा स्थानीय तहमा बाल विवाह अन्त्यका लागि रणानीतिक कार्य योजना निर्माण गरि बालिका तथा किशोरी केन्द्रित कार्यक्रम कार्यान्वन गर्ने, विभेदविरु...
लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले पदबाट राजीनामा दिएकि छिन

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले पदबाट राजीनामा दिएकि छिन

Breaking News, राजनीति, विचार
काठमाडौं :सिके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले पदबाट राजीनामा दिएकी छन्। उनले मंगलबार प्रदेश सभा सदस्य पदबाट राजीनामा गरेको उल्लेख गर्दै सभामुख तुलाराम घर्ती मगरलाई पत्र लेखेकी छन्। उक्त पत्र सभामुखकहाँ पुगिसकेको छैन। तर सामाजिक सञ्जालतिर उनले दिएको राजीनामा पत्रको चर्चा छ। राजीनामाबारे सोध्न खोज्दा सांसद गुरूङसँग सम्पर्क हुन सकेन, उनको फोन अफ छ। गुरूङ जनमत पार्टीकी समानुपातिक सांसद हुन्। सांसद गुरूङले सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख छ।...
माओवादी बलियो भए मात्रै नेपाली जनता बलियो हुनेछन् : प्रचण्ड

माओवादी बलियो भए मात्रै नेपाली जनता बलियो हुनेछन् : प्रचण्ड

Breaking News, राजनीति, विचार
सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो भए मात्रै नेपाली जनता बलियो हुने  बतायका छन।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबार बाट सुरु भएको पार्टीको युवा संगठन -वाइसीएल (योङ कम्युनिस्ट लिग) नेपाल, कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताउँदै सो अभियानलाई अझ तीव्र बनाउने घोषणा समेत गरेका थिए। हामी सरकारको नेतृत्वमा रहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाउन काम गर्यौं। चीनसँगको सहकार्यबाट कर्णाली लगायत देशको उत्तरी सीमामा रहेका नागरिकका लागि आर्थिक अवसरको ढोका खोल्ने पहल गरियो।” अध्यक्ष प्रचण्डले वर्तमान सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर यस प्रदेशका जनतामाथि फेरि विभेद...
भारत-पाकिस्तानलाई युद्ध विरामका लागी जुट्न नेपालका दुई कम्युनिस्ट पार्टीको सुझाव

भारत-पाकिस्तानलाई युद्ध विरामका लागी जुट्न नेपालका दुई कम्युनिस्ट पार्टीको सुझाव

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : भारत र पाकिस्तान युद्धलाई वार्ता र संवादकाे माध्यमबाट समाधान गर्न नेपालका दुई कम्युनिस्ट पार्टीले सुझाव दिएका छन । समाजवादी कम्युनिस्ट पार्टी नेपाल र अखिल नेपाल कम्युनिस्ट पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै भारत पाकिस्तान युद्ध बारे “अहंकार, उन्माद र आवेगमा आधारित अन्यायपूर्ण युद्ध गर्ने पक्षको नै अन्त्यमा पराजय भएको छ, हुन्छ र हुनेछ भनि बताएका छन् । महासचिव समरजंग र अध्यक्ष नारायण शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा थप भनिएको छ “वास्तविक कारण र जड कारकहरूको खोजी गरी तिनको समाधान गर्नका लागि पूर्ण स्वविवेक, स्वाधीनता र स्वाभिमानका लागि असाध्यै गम्भीर र संवेदनशील भएर सोचविचार गरी लाग्न भारत र पाकिस्तान दुवै देशका शासकहरूलाई अखिल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपाल जोडदार अपिल गर्दछौं ।” विज्ञप्ति जस्ताको त्यस्तै :“भारत-पाकिस्तान युद्धबारे हाम...
जाजरकोट, कारागारमा एक कैदिले गरे आत्महत्या

जाजरकोट, कारागारमा एक कैदिले गरे आत्महत्या

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोट कारागारमा एक थुनुवा कैदीले आत्महत्या गरेका छन्। भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारकाे शाैचालयमा झुन्डिएर आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले  जानकारी दिएका छन्। बुढा जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए। उनीमाथि चलिरहेको मुद्दाको फैसलाअघि नै कारागारमा आत्महत्या गरेपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डीएसपी शर्माका अनुसार घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ । अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।...
भारत – पाकिस्तान युद्ध विरामकाे घाेषणा

भारत – पाकिस्तान युद्ध विरामकाे घाेषणा

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् । छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’ दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।...
जाजरकोट,वाईसीएल अध्यक्षमा बस्नेत र खेलकुद अध्यक्षमा सिंह चयन

जाजरकोट,वाईसीएल अध्यक्षमा बस्नेत र खेलकुद अध्यक्षमा सिंह चयन

Breaking News, खेल, राजनीति, राष्ट्रिय, विचार, समाचार
याेङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल, जाजरकोट अध्यक्षमा यज्ञराज बस्नेत र अखिल नेपाल खेलकुद महासंघ जिल्ला शाखाकाे अध्यक्षमा सुरेन्द्र सिंह सर्वसम्मत चयन भएका छन् । नेकपा माओवादी केन्द्र निकट युवा संगठनकाे वाईसीएल नेपालकाे  जिल्ला सदरमुकाम खलंगामा शुक्रबार सम्पन्न पाँचौ जिल्ला सम्मेलनले अध्यक्षमा बस्नेतलाई सर्वसम्मत चयन गरेको हो । बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका भएका हुन् ।वाइसीएल नेपालीको सम्मेलनले बस्नेतको अध्यक्षतामा ७१ सदस्य जिल्ला समन्वय समिति चयन गरेको छ । होटल रिद्धिको सभाहलमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा गोविन्द गिरी, खम्बप्रसाद सिंह, सुनकेसा केसी, सचिवमा सौगात विष्ठ, स–सचिवमा दिपक खड्का, भुपेन्द्र रावल, बालकृष्ण शाह, मुक्तिराज विकलाइ सर्वसम्मत चयन गरेको छ भने, कोषाध्यक्षमा गीता बुढालाइ सर्वसम्मत चयन गरेको छ । २० सदस्य पछि मनोनित गर्ने गरि सम्मेलनले ज...
जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ

जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ । लुकाइ छिपाइ गाडीमा नेपालगञ्ज तर्फ लिदै गरेको अबस्थामा बरामद गरिएको साढे ८ किलो अबैध लागुऔषध (अफिम) बिहिबार प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको परिसर भित्र खाल्डो खनेर आगोमा जलाएर उक्त लागुऔषध (अफिम) नष्ट गरिएको थियो । जाजरकोट जिल्ला अदालतमा कार्यरत नासु छवि गिरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत खरिदार नविन कुमार सिंह, भेरी नगरपालिकामा कार्यरत जनस्वास्थ्य निरिक्षक तथा नगर स्वास्थ्य शाखा प्रमुख दिप बहादुर वलीको रोहवरमा उक्त अफिम नष्ट गरिएको थियो । अफिम नष्ट गर्दा रोहवरमा थुनुवा नलगाड नगरपालिका–३ का ५३ बर्षिय बिष्णु बहादर घर्ती, नलगाड नगरपालिका–९ का ३० बर्षिय दिपक सिंह, २३ बर्षिय सुरेश सिंह र नलगाड नगरपालिका–१० का २३ बर्षिय हरि बाँनियालाइ पनि राखिएको प्रहरी निरिक्षक सन्तोष चन्दले जानकारी दिए...
पाकिस्तानले भारतीय सेनाका ५ जेट खसाल्यो, भारतलाई झट्का

पाकिस्तानले भारतीय सेनाका ५ जेट खसाल्यो, भारतलाई झट्का

Breaking News, अन्तर्राष्ट्रिय, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेर युद्धको घोषणा गरेको छ । भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण गरेको पुष्टि गरेको छ । भारतले पहिला हमला गरेर युद्ध निम्त्याएको पाकिस्तानले जनाएको छ । यसैबीच पाकिस्तानी सेनाले पाँच भारतीय जेट खसालेको दाबी गरेको छ । ‘अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान जसमा तीन राफेल, एक एसयू–३० र एक मिग–२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् । भारतले पनि यसबारे कुनै प्रतिक्रिया नदिएर नदिनुलाई स्वीकार गरेको अर्थमा बुझिएको छ । सोसल मिडियामा पाकिस्तानले सीमा क्षेत्रमा भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गरेको छ । भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल...