१७ असार २०८२, मंगलवार

सिद्धलेकमा मानव अधिकार, सामाजिक न्याय र उद्यमशिलता सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

धादिङ : सिद्धलेक गाउपालिकामा मानव अधिकार, सामाजिक न्याय र उद्यमशिलता सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भयकाे छ ।बागमती प्रदेश अन्तर्गत पर्ने सिद्धलेक गाउपालिका धादिङमा गत असार १२ देखि संचालन भयकाे उक्त तालिममा गाउपालिका भित्रका महिला समुहहरुकाे सहभागीतामा क्षमता अभिवृद्धि तालिम संचालन भयकाे हाे ।

महिला सेवा समिति काे आयाेजना र सिद्धलेक गाउपालिकाकाे समन्वयमा संचालित उक्त कार्यक्रमकाे उद्घाटन गाउपालिकाका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सविता अर्यालले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गर्नु भयकाे थियाे ।

तालिममा बिशेष गरि गाउपालिका भित्रका कानुनी र मानवअधिकार सम्बन्धिका बिषयहरुमा प्रशिक्षाानात्मक रुपमा सहभागीहरुलाई जानकारी दिनुका साथै कसरी उद्यमशिल र सक्षमता हासिल गर्न सक्छौं भन्ने बिषयमा जानकारी मुलक प्रशिक्षण  दिईयकाे थियाे । उक्त कार्यक्रममा गाउपालिका अन्तर्गतका वडाहरुबाट करिव एक सय महिला दिदी बहिनिहरुकाे सहभागीता रहेकाे थियाे ।