२३ भाद्र २०८१, आईतवार

Breaking News

सल्यान दुर्घटनाका मृतकप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

Breaking News
काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चनले बाँकेको ढकेरीबाट विवाहमा गएको रा १ ज ५६३ नम्बरको जिप सल्यानको कपुरकोटस्थित जलबाङ १ मा दुर्घटना हुँदा ८ जना जन्तीको घटनास्थलमै मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । संयोजक कञ्चनले बुधबार शोक वक्तव्य जारी गर्दै मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको अपेक्षा पनि गरेका छन् । संयोजक कञ्चनद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘आज एकाबिहानै सल्यानको कपुरकोटस्थित जलबाङ १ मा बाँकेको ढकेरीबाट विवाहमा गएको रा १ ज ५६३ नम्बरको जिप दुर्घटना हुँदा त्यसमा सवार ८ जना जन्तीको घटनास्थलमै मृत्यु भएको खबरले हाम्रो सिङ्गो पार्टीलाई अत्यन्त दुःखी बनाएको छ । यस दुःखद् घडीमा सबै मृतकप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र मृतकका परिवारप्रति गहिरो समवेदना व...

थापाथलीमा दशैँको खसी, बोका बिक्री सुरू

Breaking News
काठमाडौं । दशैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण सुरू भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीमा अवस्थित वागमती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरू भएको हो ।कम्पनीसँग एक हजार वटा खसी, बोका र दुई सय वटा च्याङ्ग्रा रहेकोमा बिहीवार दिउँसो सम्ममा तीन सयवटा खसी बोका र सय वटा च्याङ्ग्रा बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वागमती प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन् । प्रमुख थापाले खसी, बोका बिक्री वितरण गर्दा पशु चिकित्सकले जाँच गरेर मात्रै स्वस्थ खसी, बोका बिक्री वितरण गरिरहेको बताइन् । उनले खसी, बोका तथा च्याङ्ग्रा बजार मूल्यभन्दा सस्तो गरी बिक्री भइरहेको पनि उल्लेख गरिन् । थापाथलीस्थित प्रादेशिक कार्यालय...

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

Breaking News
१३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् । मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् । पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।  ...

बालकोटमा एमालेको सचिवालय बैठक बस्दै

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
 १३ असोज, काठमा डौं। नेकपा एमालेको सचिवालय बैठक दिउँसो तीन बजे बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए । बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ  । गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई पनि अन्तिम रुप दिनेबारे पनि छलफल हुनसक्ने ज्ञवालीले बताए ।प्रत्यक्षतर्फको टिकट वितरणबारे पनि निर्णय हुने सम्भावना छ ।...

सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ ।

Breaking News, पर्यटन, पुर्वाधार, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
 १३ अशोज २०७९ काठमाडौं, सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बुधवार असोज ११ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ऋण असुली न्यायिकरणको रिक्त कानून सदस्य पदमा कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको बताए । उनका अनुसार सरकारले कास्की जिल्लास्थित करुवा सेती जलविद्युत आयोजना ३२ मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने, गोरखा जिल्लास्थित मध्यपुर सुपर दरौदी खोला जलविद्युत आयोजना १० मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र केचना कञ्चनजङ्गा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पद...

अपाङ्गता भएका व्यक्तिलाई बन्द सूचीमा नराखेको भन्दै निर्वाचन आयोगमा उजुरी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
१२ असोज, काठमाडौं । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्ता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले उजुरी दिएका हुन् । उजुरीमा तिवारीले संविधान र ऐनहरु समेत दलहरुले उल्लंघन गरेको उल्लेख गरेका छन् । अपाङ्ता भएका व्यक्ति समावेश नगरिएको बन्दसूचीलाई सच्याउन सूचित गर्न समेत आयोगलाई उनले आग्रह गरेका छन् । बन्दसूची बुझाउँदा दलहरुले संविधानकोे धारा १७६ (७), समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को नियम १३, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ (६) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ (६) को उल्लंघन गरिएको उजुरीमा उल्लेख छ । संविधानले अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्...

राप्रपाले मतदानबाट टुङ्ग्यायो राणा र लोहनीको समानुपातिक विवाद

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१० असोज, काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये समानुपातिक निर्वाचन पद्धतिको बन्दसूचीमा पहिलो नम्बरमा को बस्ने भन्ने विवाद मतदानबाट टुंग्याएको छ । दुबैले खसखार्य पुरुषतर्फ पहिलो नम्बरमा बस्न चाहेका थिए । पटक पटक छलफल गर्दा पनि दुई नेताले आफ्नो नाम पहिलो नम्बरमा हुनुपर्ने अडान राखेपछि सोमबार कार्यसम्पादन समितिको बैठकमा गोग्य मतदान नै भएको छ । एक पदाधिकारीका अनुसार सोमबार विवाद टुंग्याउने विभिन्न विकल्पमा छलफल भएको थियो । कार्यसम्पादन समितिका बहुसंख्यक सदस्यले गोप्य मतदानबाट पहिलो नम्बरमा को बस्ने भन्ने निर्णय गर्ने प्रस्ताव राखेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्षद्वय राणा र लोहनीसँग छलफल गरेका थिए । दुबैले परिणाम स्वीकार गर्ने बताएपछि मतदान गरिएको ती पदाधिकारीले बताए । ३१ सदस्यीय का...

राष्ट्रिय वामपन्थी मञ्चले क्रन्तिकारी आन्दोलन र राष्ट्रिय स्वाधीनताका पक्षमा अन्तरक्रिया कार्यक्रम गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं / राष्ट्रिय वामपन्थी मञ्चले देशव्यापी रुपमा नेपालको क्रन्तिकारी आन्दोलन र राष्ट्रिय स्वाधीनताका पक्षमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । मञ्चका संयोजक दिर्घ प्रसाद पाण्डेको अध्यक्षतामा  काठमाडौंमा सम्पन्न बैठकले नेपालमा राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउने शक्ति, कम्युनिष्ट क्रान्तिकारी शक्ति, विभिन्न पार्टी संग आस्था राख्ने र देशको वेथितिवारे विरोध गर्ने शक्तिहरु बीच छलफल तथा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो । सम्पन्न बैठकले वामपन्थी मञ्च सवै वाम वुद्धिजीवीहरुको साझा मञ्चको रुपमा विकास गर्न खोजीको भन्दै राष्ट्रिय स्वाधीनता र वैज्ञानिक समाजवादको पक्षमा सम्पुर्ण वामपन्थी वुद्धिजीवि क्रन्तिकारी शक्तिहरुलाई एक हुन आह्वान समेत गरेको छ । मञ्चका संयोजक दीर्घ प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा पूराना माओवादी नेता तथा मञ्चका सल्लाहकार नारायण ...

निर्वाचन आचार संहिता आजबाट लागु के-के गर्न पाइदैन ?

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
 के-के गर्न पाइदैन ? काठमाडौं, मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ ।मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  जानकारी दिए । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने उनले बताए । गत आइतबार आयोग​ले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारेमा छलफल गरेको थियो । साथै आयोगले दलका प्रतिनिधिहरूलाई आफ्नो दल निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो । कुन क्षेत्रका कस–कसलाई लाग्छ आचारसंहिता राजनीतिक दलदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायदेखि मतदातासम्मका लागि आचार संहिता लागु हुन्छ । निर्वाच...

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं, अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज  नेपाल भ्रमणमा आउँदै छिन् ।उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ । अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रडो नेपाल आउन लागेको’ उल्लेख गरेको छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकी भ्रमण निरन्तर ...