११ श्रावण २०८२, आईतवार

Breaking News

ललितपुर ३ बाट स्वतन्त्रकी डा. ताेसिमा कार्की बिजयी ।

ललितपुर ३ बाट स्वतन्त्रकी डा. ताेसिमा कार्की बिजयी ।

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
८ मंसिर ललितपुर क्षेत्र नम्बर- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की विजयी भएकी छन्। प्रतिस्पर्धी भन्दा १८ हजार भन्दा धेरै मतान्तरसहित उनी विजयी भएकी हुन्। कार्कीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत भट्टराईलाई १८ हजार १७३ मतान्तरले पराजित गरेकी छन्। यो क्षेत्रमा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी छन्। केहीबेरअघि सार्वजनिक अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् भने एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाएका छन्। ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाएकी छन्। तोसिमा कार्की विजयी भए पनि औपचारिक घोषणा गर्न भने बाँकी रहेको मुख्य निर्वाचन अधिकृतले जानकारी  दिए।...
जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, समाचार
८ मंसिर जाजरकोट । नेकपा माओवादी केन्द्रका उप महासचिव  शक्ति बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बस्नेत जाजरकोटबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्। बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। बस्नेत ०७० र ०७४ सालको निर्वाचनमा पनि जाजरकोटबाटै निर्वाचित भएका थिए। माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।...
मनुषी यमि भट्टराई ले आफू पराजय पछि बिजयतालाई बधाई दिदै : भावुक स्टाटस

मनुषी यमि भट्टराई ले आफू पराजय पछि बिजयतालाई बधाई दिदै : भावुक स्टाटस

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
७ मंसिर  काठमाडौं । काठमाडौं-७ पराजित भएपछि मानुषी यामी भट्टराईले आफूलाई मतदान गर्ने सबैलाई धन्यवाद दिँदै जित्नेलाई बधाई दिएकी छन् । रास्वपाबाट प्रतिनिधिसभामा निर्वाचित गणेश पराजुली, वाम लाेकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा क बाट निर्वाचित बसन्त मानन्धर ख बाट निर्वाचित नेकपा एमालेका प्रकाश श्रेष्ठलाई बधाई दिएकी छन् । बुधबार विहान सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यामीले निर्वाचन अभियानका दौरान अहोरात्र खट्न लोकतान्त्रिक-वाम गठवन्धनका नेता कार्यकर्तालाई आभार समेत व्यक्त गरेकी छन् । यामीले आफू काठमाडौं-७ का जनताहरूसँग निरन्तर जोडिएर क्रियाशील रहिरहने र नवनिर्वाचित जनप्रतिनिधिहरूसँग सहकार्यमै रहने बताउँदै गलत काममा खबरदारी र सही काममा पूर्ण साथ रहने समेत प्रतिवद्धता जाहेर गरेकी छन् ।काठमाडौं निर्वाचन क्षेत्र नं. ७ का मतदाता-आमाबुवा, दिदीबहिनी, दाजुभाइ, युवा मित्रहरू सम्पूर्णमा हार्दिक धन्...
नेकपाले मंसिर ८ गते पार्टी पुनर्गठन दिवश देशैभरि मनाउने

नेकपाले मंसिर ८ गते पार्टी पुनर्गठन दिवश देशैभरि मनाउने

Breaking News, राजनीति, समाचार
७ मंसिर काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवस देशव्यापी मनाउने भएको छ । आज भन्दा ९ वर्ष अघि तत्कालीन मोहन वैद्य नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट बिद्रोह गरि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेको दिनलाई स्मरण गर्दै पुनर्गठन दिवस मनाउन लागिएको हो। पुनर्गठन दिवसको सन्दर्भमा विभिन्न कार्यक्रम गरि मनाउने योजना रहेको एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् । ऐतिहासिक नवौं पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाऔँ, एकीकृत जनक्रान्तिको दिशामा अघि बढौँ भन्ने नारासहित आइतबार महासचिव विप्लवको फोटो अंकित पोस्टर सार्वजनिक गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी आफ्नो राजनैतिक कार्यक्रम वैज्ञानिक समाजवाद र सामरिक कार्यक्रम एकीकृत जनक्रान्तिको कार्यदिशाको कार्यान्वयन गर्दै दुई वर्षको प्रतिबन्ध र १२ जना शहिदको बलिदानसहित दलाल पुजिवादी उत्पादन सम्बन्ध सङ्गको...
जाजरकोटमा प्रदेश सभा तर्फ गठबन्धनका सिंह र शाह निर्वाचित ।

जाजरकोटमा प्रदेश सभा तर्फ गठबन्धनका सिंह र शाह निर्वाचित ।

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
७ मंसिर, जाजरकोट । जाजरकोटमा प्रदेश सभा तर्फ नेपाली कांग्रेसले बिजय हात पारेकाे छ । एक मात्रै निर्वाचत क्षेत्र रहेको जाजरकोटमा प्रदेशसभा (क) मा वेदराज सिंह  र (ख)  मा राजीविक्रम शाह निर्वाचित भएका हुन् । सिंहले नेकपा एमालेका डम्बरबहादुर सिंह र शाहले एमालेकै खिमबहादुर शाहीलाई पराजित गरेका हुन् । कांग्रेसका सिंहले १८ हजार ५४३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२४७० मत पाए । यस्तै कांग्रेसका शाहले १६०४० मत ल्याउँदा उनका प्रतिस्पर्धी शाहीले १०५३० मत ल्याए । प्रतिनिधि सभा काे मत परिणाम आउन अझै बाकि रहेकाे छ । ...
जाजरकोट प्रदेश सभा (ख)बाट राजिव बिक्रम शाह विजयी

जाजरकोट प्रदेश सभा (ख)बाट राजिव बिक्रम शाह विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
७मंसिर जाजरकोट । जाजरकोट प्रदेश सभा अन्तर्गत (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह विजयी भएका छन्। उनी १६ हजार ४० मतसहित प्रदेश सांसद चुनिएका हुन्। शाहले नेकपा एमालेका  खिमबहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे। एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन्। शाह विशेषतः प्रतिनिधि सभामा अन्तिमपटक चुनाव लड्न चाहेका थिए। तर सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने बाध्यता भएपछि प्रदेशमा झरेका हुन्। शाह राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव राख्ने नेता हुन्। शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग हारेका थिए। शाह यसअघि दोस्रो संविधान सभा सदस्य बनेर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुन्। शाह निर्वाचित (ख) मा ४६ हजार ४९४ मतदाता रहेकामा २९ हजार २६ मत खसेको थियो।...
गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा

गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
गृहमन्त्री बालकृष्ण खाणलाई दीपक बोहराले कडा टक्कर दिएका छन्। सत्ता गठबन्धनका उम्मेदवार खाणले ३ हजार ४२४ मत पाउँदा दीपक बोहराले ३ हजार ३७१ मत पाएका छन्। राप्रपाका दीपक बोहरालाई एमाले र जसपाले सघाएका छन्।
अर्घाखाँचीमा टाेप बहादुर रायमाझी काे अग्रता कायमै पुष्पा भुसाल  पछ्याउँदै

अर्घाखाँचीमा टाेप बहादुर रायमाझी काे अग्रता कायमै पुष्पा भुसाल पछ्याउँदै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पछि पार्दै रायमाझीले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार रायमाझीले ७ हजार ४४५ मत पाएका छन् भने काँग्रेसकी भुसालले ५  हजार १८६ मत पाएकी छन् । रायमाझी र भुसालको मतान्तर २  हजार २५९ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३३१ मत पाएका छन् ।...
सप्तरी २ मा सिके राउत अघि- अघि उपेन्द्र यादव पछ्याउँदै

सप्तरी २ मा सिके राउत अघि- अघि उपेन्द्र यादव पछ्याउँदै

Breaking News, चुनाव, निर्वाचन, माैसम, समाचार
६ मंसिर, जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् । पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार ३ सय ४४ मत पाएका छन् ।...
संचार कर्मि महाविर बिश्वकर्माकाे सवारी दुर्घटनामा मृत्यु

संचार कर्मि महाविर बिश्वकर्माकाे सवारी दुर्घटनामा मृत्यु

Breaking News, विज्ञान प्रबिधि, शिक्षा, समाचार
६ मंसिर काठमाडौं ।चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार  विहान काठमाडौं फर्कदै थिए । ५ः३० बजेको समयमा  राप्ती नगरपालिका  ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार  बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।माइक्रोमा सवार  चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माकाे गाडीमा च्यापिएको अबस्थामा उद्धार  गरिएको थियो । ३५ वर्षका महाबिरलाई ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो ।गाडीमा सवार अन्य ५ घाइतेको भने  पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ । चर्चित कार्यक्रम (वहकिने मन )का प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्...