१८ जेष्ठ २०८३, सोमबार

Breaking News

कर्णाली प्रदेश सरकारले  फाल्गुन १ गते  सार्वजनिक बिदा दिने

कर्णाली प्रदेश सरकारले फाल्गुन १ गते सार्वजनिक बिदा दिने

Breaking News, पुर्वाधार, संस्कृति, समाचार
२४ माघ सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले जनयुद्ध दिवस मनाउनका लागि १ फागुनमा सार्वजानिक विदा दिने निर्णय पनि गरेकाे छ । बैठकले प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई मर्ज गरी एकै मन्त्रालय बनाएपनि काम भने पुरानै अक्तियारी अनुसार गर्ने निर्णय गरेको छ । कर्णालीका हिमाली तथा पहाडी जिल्लामा निर्माण भइरहेका एकीकृत बस्ती विकास कार्यक्रमलाई थप व्यवस्थित बनाउनका लागि सञ्चालन नियामावली २०७९ स्वीकृत गर्ने निर्णय भएको छ । फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो बुधबार बस्ने निर्णयसमेत गरिएको छ । ...
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिईन सपथ

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिईन सपथ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२४ माघ, काठमाडौं ।राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् । माओवादीबाट राष्ट्रिय सभा सदस्य रहेकी अर्याल सोमबार निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।  ...
जुम्लामा घर जलेर एक जनाएको मृत्युु एक घाइते

जुम्लामा घर जलेर एक जनाएको मृत्युु एक घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
गिता कुमारी शाहि  जुम्ला २४ माघ जुम्ला । कर्णाली राजमार्ग भन्दा आधा घण्टाकाे दुरी टाढा रहेकाे  जुम्लाको चन्दनाँथ नगरपालिका  वडा १ को भन्डारी बाँडा गाँउमा साेमबार मध्य राती एक घर जलेर नस्ट भयको छ । यस क्लवका सदस्य तथा पूर्व खेलाडी लाेक बहादुर भण्डारी काे घर आगलागी भई पूर्ण क्षति हुनुका साथै उनकी  १३ वर्षे छाेरी बन्दना भण्डारीकाे  मृत्यृ भएकाे र घरमुली भण्डारी पनि घाइते भयका छन । उक्त घरमा सात जना परिवार बस्दै आयको र थप बिवरण आउन बाँकी रहेकाे  जिल्ला प्रहरी कार्यलय जुम्लाका  प्रहरी निरीक्षक धर्म राज जोशी ले बताए।...
टर्कीमा ७.८ स्केलकाे भुकम्प ,हाल सम्म ९० जनाकाे ज्यान गयाे ।

टर्कीमा ७.८ स्केलकाे भुकम्प ,हाल सम्म ९० जनाकाे ज्यान गयाे ।

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, विज्ञान प्रबिधि, समाचार
टर्कीमा सोमबार बिहान शक्तिशाली ७.८ म्याग्निच्युटकाे भुकम्प गयकाे बीबीसी ले जनाएको छ । बीबीसी टर्की सेवाका संवाददाताबाट प्राप्त जानकारीअनुसार भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधारमा ठूलो क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाली सीमानजिकै गाजियनटेपको कहानमारास नजिक ७.८ म्याग्निच्युडको पहिलो भूकम्प महसुस गरिएको थियो। यूएसजीएसले  जनाएको छ। समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको पहिलो धक्का स्थानीय समयानुसार बिहान ४.१७ बजे गएको थियो। यसको १५ मिनेटपछि मध्य टर्कीमा भूकम्पको दोस्रो धक्का महसुस गरिएको थियो। टर्कीको राजधानी अंकारा र लेबनान, सिरिया, साइप्रसलगायत अन्य सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले ट्वीटरमा भूकम्प प्रभावित क्षेत्रमा सुरु भएको उद्धार कार्यको जानकारी दिएका छन्। टर्की र सिरियामा गरी अहिलेसम्म ...
उर्मिला अर्याललाई राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्विरोध घाेषणा गरिदै

उर्मिला अर्याललाई राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्विरोध घाेषणा गरिदै

Breaking News, चुनाव, राजनीति, समाचार
२३ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल  राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज गरिंदैछ । यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै अर्याललाई निर्विरोध हुन सघाएको थियो । राष्ट्रिय सभाको आजको बैठकको कार्यसूचीमा अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्ताव पेश हुने, सो प्रस्तावलाई समर्थकले समर्थन गर्ने, उम्मेदवारको विषयमा संक्षिप्त छलफल हुने र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।...
कुशे गाउपालिका जाजरकोटमा प्रथम राष्ट्रपति शिल्ड र दाेश्राे अध्यक्ष कप हुने

कुशे गाउपालिका जाजरकोटमा प्रथम राष्ट्रपति शिल्ड र दाेश्राे अध्यक्ष कप हुने

Breaking News, खेल, पर्यटन, शिक्षा, समाचार
जाजरकोट कुशे गाउँ पालिका जाजरकोटमा प्रथम राष्ट्रपति रनिङ सिल्ड एंवम दाेश्राे अध्यक्ष कप हुने भयकाे छ । माघ २६ देखि २८ गते सम्म गाउपालिकाकाे वडा न ६ स्थित दुर्गा देबि माद्यामिक बिद्यालय भार्मामा हुने  उक्त कार्यक्रममा  विभिन्न खेलकुद हरु संचालन हुने छन ।कार्यक्रम उद्धघाटनका लागि  गाउपालिका ले सबैमा निम्तो गरेकाे छ ।     ...
आज स्वस्थानी व्रत समापन

आज स्वस्थानी व्रत समापन

Breaking News, पर्यटन, संस्कृति, समाचार
२२ माघ काठमाडौं । हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । माधवनारायणको व्रत बसेका व्रतालुले पनि आईतवार नै व्रत समापन गर्दैछन् । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि काठमाडौंको शालीनदी, पशुपतिको गौरीघाट, भक्तपुरको हनुमानघाट पाटन मन्दिर र कृष्ण मन्दिर  लगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि निराहार रहेर स्वस्थानीको व्रत गर्दा मनोकांक्षा पूरा भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा बाचन गर्ने, सुन्ने र पूजाआजा गर्ने चलन छ । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत रहने चलन  रहेको पाटन बंगलामुखि र कृष्ण मन्दिरमा  विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा व्रत बसि आज माटाेकाे भाडामा  जलाउन...
हिउँदे सिजनमा पनि ढुंङ्गेधारामा आयाे पानी

हिउँदे सिजनमा पनि ढुंङ्गेधारामा आयाे पानी

Breaking News, पुर्वाधार, माैसम, समाचार
२२ माघ काठमाडौं । ललितपुर का पाटन दरबार आसपासका ढुंगे धाराहरुमा पानि आउन थालेकाे छ । मेलम्चीको पानी राजधानीमा आयसंगै  ईनारहरुकाे पानी नताने पछि उक्त धाराहरुमा पानी आयकाे स्थानीय वासिहरुकाे भनाइ रहेकाे छ । बर्षायामकाे समयमा मात्रै पानी  आउने ती धाराहरुमा हिँउदे सिजनमा पनि पानी आयपछि त्यस आसपासका बासिन्दाहरु खुसि भयका छन । उक्त पानी खान ,नुहाउन र कपडा धुनका लागि  प्रयोग गरिन्छ ।...
माैसममा सामान्य बदली ,पहाडी र हिमालि भेगमा हिमपात

माैसममा सामान्य बदली ,पहाडी र हिमालि भेगमा हिमपात

Breaking News, माैसम, समाचार
२१ माघ काठमाडौं ।आज देशको पहाडी भू-भागमा मौसम बदली हुने भएको छ । दिउँसो बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।शनिबार राति लुम्बिनी प्रदेशका साथै प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी  प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार दिउँसो प्रदेश १ का पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार दिउँसो  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भ...
राजबन्दी रिहाई काे माग गर्दै नेकपा (बहुमत ) जाजरकोटद्वारा  बिराेध प्रदर्शन

राजबन्दी रिहाई काे माग गर्दै नेकपा (बहुमत ) जाजरकोटद्वारा बिराेध प्रदर्शन

Breaking News, राजनीति, समाचार
१९ माघ जाजरकोट ।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोटले  पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयमा राजबन्दीहरूको फोटोसहित विरोध प्रदर्शन गरेको छ । सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपा (बहुमत) ले प्रदर्शन गरेको हो । प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोट का ईन्चार्ज  धमिलले राज्यले आफ्ना जायज मागलाई सजिलै नसुने देशमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताए । देशका विभिन्न कारागारमा रहेका नेता–कार्यकर्तालाई झूट्टा मुद्दा खारेज गरी जेलबाट मुक्त गराउन पार्टी निरन्तर सङ्घर्षमा लाग्ने उनको भनाइ थियो । ‘देश बनाउन, राष्ट्रिय स्वाधीनता बचाउन, जनतालाई अधिकार सम्पन्न बनाउन भनी भ्रष्टाचारीलाई तह लगाउँदै सङ्घर्षमा होमिएका युवाहरूमाथि अन्याय गरी जेलमा अत्याचार गर्ने अनि देश लुटेर बर्बाद बनाउने दलालहरूलाई मालिक बनाउने दलाल व्यवस्थाको अन्...