२०८३ असार १०, बुधवार

Breaking News

रबि लामिछाने संसद, गृहमन्त्री र उपप्रधानमन्त्री बन्न असक्षम भयकाे भन्दै सर्बोच्चद्वारा पद खारेजी

रबि लामिछाने संसद, गृहमन्त्री र उपप्रधानमन्त्री बन्न असक्षम भयकाे भन्दै सर्बोच्चद्वारा पद खारेजी

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
१३ माघ काठमाडौं ।सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उनले नेपाल नागरिकता पुन:प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य ठहर गरेको हो । योसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुनेे ठहर गरेका हुन् । गृहमन्त्री रवि लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चिवतन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा उनीसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गरेका...
पश्चिम नेपाल केन्द्र बिन्दु भएर ५.९ स्केलकाे भुकम्प गयाे

पश्चिम नेपाल केन्द्र बिन्दु भएर ५.९ स्केलकाे भुकम्प गयाे

Breaking News, माैसम, विज्ञान प्रबिधि
१० माघ, काठमाडौं । पश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन सुर्खेत का कर्मचारी ले जानकारि दिय  । भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् । थप बिबरण आउन बाकि छ ..?  ...
जाजरकोटमा  ५० शैयाकाे  अस्पताल, काम तिव्र बन्दै

जाजरकोटमा ५० शैयाकाे अस्पताल, काम तिव्र बन्दै

Breaking News, पुर्वाधार, समाचार, स्वास्थ
जाजरकोट । कर्णाली प्रदेशका दुईवटा पचास शैयाको अस्पतालमध्ये एक जाजरकोट अस्पताल पर्दछ। दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले विगत एक दशकदेखि  गरेको पहलस्वरूप जाजरकोट अस्पतालको मुहार बदलिन लागेको छ। जीर्ण कच्ची भवन तथा चुहिने १५ शैयाको अस्पतालबाट सेवा प्रवाह हुँदै आएको जाजरकोट अस्पताल अहिले ५० शैयामा पुगेको छ। चारवटा अत्याधुनिक भवन विगत दुई वर्ष अघिदेखि निर्माण कार्य सुरु गरिएको हो। अबको दुई महिनाभित्र सबै काम पूरा हुने लक्ष्यका साथ कामलाई तीव्रता दिएर युद्धस्तरमा निर्माण कम्पनी खटिएकै कारण केही महिनाभित्र भौतिक संरचनाको काम पूरा हुने भएको छ । डाक्टरको आवासदेखि सेवा प्रवाहको लागि भवनको अभाव रहेको भन्दै समय, समयमा विवाद हुने जाजरकोट अस्पतालमा अब तोकिएको दरबन्दी अनुसारको स्वास्थ्यकर्मी परिचालन गरे सबै खालको सेवा दिन सके कर्णाली प्रदे...
उपसभामुख का लागि दुईजनाकाे उम्मेदवारी दर्ता

उपसभामुख का लागि दुईजनाकाे उम्मेदवारी दर्ता

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
६ माघ, काठमाडौं । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गरएका हुन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन छन् । मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय आजका लागि तोकेको थियो । उपसभामुख चयनका लागि भोलि शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ ।...
नेकपा बहुमतले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

नेकपा बहुमतले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
६ माघ काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नेता बास्तोलाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसमक्ष बुझाइएकाे ध्यानाकर्षण पत्रमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरिएको छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए। ‘राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ। अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु’ प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्ध, थारु, मधेस लगायत  विभि...
युवा र क्रान्ति

युवा र क्रान्ति

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
पुर्ण बहादुर सिंह आरम्भ : सिर्जनशील, गतिशील, ऊर्जावान्, चेतनशील, उच्च आत्मविश्वास, साहस, सिक्न सक्ने क्षमता र परिवर्तनको संवाहक एवम् विद्रोही शक्तिको पर्यायवाची युवा हो । युवा शक्ति कुनै पनि मुलुकको अमूल्य सम्पत्ति एवम् मेरुदण्ड हो । युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको अग्रदस्ता एवम् धरोहर हो । युवा क्रान्तिको जीवन र भविष्य पनि हो । युवा बुर्जुवाहरूको भाष्यजस्तो भविष्यको कर्णधार मात्र होइन, वर्तमानको सहयात्री एवम् सहयोद्धा हो । युवा आजीवन कार्यकर्ता होइन, आफ्नो युगको नेता हो । युवा उमेरसमूह मात्र होइन, मानसिकता एवम् उत्साह पनि हो । असल वस्तु बनाउन फलाम पनि असल चाहिन्छ भनेझैँ मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका खातिर सिर्जनशील, गतिशील, ऊर्जावान् र चेतनशील युवाको खाँचो छ । तसर्थ महान् माओ त्सेतुङले भन्नुभएको थियो–‘तन्नेरीहरू सम्पूर्ण समाजका ...
आशामै बिते ती  सपनाहरु

आशामै बिते ती सपनाहरु

Breaking News, विचार, समाचार
रेशम बहादुर खड्का  जहाँ मैले भेटे तिमीलाई तिमी त्यहाँ फुलै फुलमा सजिएको भान थियो । शरीरमा जवानी, आँखाभरि बैंस चढेको थियो । हजारों फुलको बगैचामा ढकमक्क फुलको गुच्छा जस्तै अझ भनौं पानीको गहिराइमा आफ्नै शुरुमा मौलाएको कमल जस्तो । त्यतिबेला यो मनमा केही आशा पनि पलाउन थालेको थियो । मनमा लाग्ने गथ्र्योे सधै यी दन्त लहरमा हाँसिरहन्छु । त्यही खुसीमा बाँचिरहन्छु । मान्छेको जिन्दगी सबैको अगाडी सबैको प्रीय भएर बाँच्छु भनेर गहिरो सोच राखेर हरदिन संघर्ष गर्दै गए । जीवनका केही समय रमाउँदै गए बितेका संसारमा रम्न गए । जिन्दगीका हरेक सपनाहरू दिनरात थप हुँदै गए । उमेर बढ्दै गयो भएको जिन्दगी कसरी सहज तरिकाले कटाउने आशमा बितिरहे । मेरो सपनाको संसार बेग्लै थियो । जसोतसो जीवनलाई सहजै बुझ्न सक्ने जति विश्वास म प्रति थियो । जिन्दगीमा एउटा मौनताको विश्वास पाएजस्तो र विश्वासको बाँकी रहेन संसारमा जिउन खोजे...
मन्त्री परिषद आज बिस्तार हुँदै

मन्त्री परिषद आज बिस्तार हुँदै

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
माघ ३ काठमाडौं । मन्त्रिपरिषद् आज विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो । दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री सहित, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ ।नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन ।...
२४ घण्टा पछि बिमानकाे ब्ल्याक बक्स भेटियाे

२४ घण्टा पछि बिमानकाे ब्ल्याक बक्स भेटियाे

Breaking News, राष्ट्रिय, समाचार
२ माघ पाेखरा  । आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब २४ घन्टापछि ब्ल्याक बक्स भेटिएको हो । प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको पुष्टी गरे । उनले हिजोदेखि खोजी कार्य जारी रहेपनि २४ घन्टापछि मात्रै भेटिएको र उक्त ब्ल्याक बक्सलाई काठमाडौं लिने  तयारी भइरहेको बताए । ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ ।...
कर्णाली प्रदेशमा सानाेआकारको  मन्त्री मन्डल गठन ।

कर्णाली प्रदेशमा सानाेआकारको मन्त्री मन्डल गठन ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२८ पुस सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल पनि विस्तार गरेका छन् । मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र नेकपा ( माओवादी केन्द्र)का प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँमन्त्रीको मन्त्रालय तोकिएको छैन । सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री शर्माले बताए । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीन वटा मन्त्रालय लिने सहमति भएको छ ।  ...