११ श्रावण २०८१, शनिबार

उपाध्यक्ष सिंहले गरिन बालबालिकालाई जुत्ता र न्यानाे कपडा सहयोग

२४ माघ जाजरकोट ।जाजरकोट जिल्ला कुशे गाउँपालिकाकि उपाध्यक्ष देविका कुमारी सिहं (आर. सी. ) ले कुशे ९ का अति  बिपन्न परिवारका ५३ जना  विद्यार्थीहरुलाई एक-एक जाेडा जुता र  पाँच  जना बालबालिकाहरूलाई न्यानाे कपडा व्यक्तिगत रुपमा सहयाेग गरेकी छिन ।२०७१ सालकाे स्थानीय चुनावमा वडा न ९ बाट वडा अध्यक्ष मा निर्वाचित भयर त्यस वडामा सधै सामाजिक काम मा तल्लीन भई २०७८ साल वैशाखमा भयकाे स्थानीय चुनावमा भारि मतले गाउपालिकाकाे उपाध्यक्ष पदमा बिजयी भएकि हुन ।