१६ पुष २०८२, बुधबार

Breaking News

चिहानकाे खाेजि :पवित्र राना (विनय )

चिहानकाे खाेजि :पवित्र राना (विनय )

Breaking News, कविता, राजनीति, राष्ट्रिय, विचार
चिहानको खोजी !!! युद्धको राप सेलायो, कल्पना भित्रका समाजबादको मान्छेहरु शहर पसे अनि समय शुन्य बन्यो । कतै कतै त्रासका बाछिटाहरुले धमिल्याउथे मस्त सुतिरहेका समुन्द्रका तरङ्ग हरुलाई क्रम भंङ्ग हुन्थ्यो बगरेहरुको मन फेरि लुकाउन खोज्थे हिटलरको स्वभाव । सुनौलो सपनाका आशा बोकायर अबोध बुद्दीहरुलाई गरिबका झुपडीहरुलाई निमुखा मनहरुलाई असरल्ल छोडे चिहानका भट्टीहरुमा । कति धेरै खोजे भक्खरै जिबनको पोथ्रा पलाएका भोलिको आस गरेर बाँचेका निर्दोष आत्माहरुलाई कतै भेटेन र देखेन पनि । बारुदले मरेका जुवाहरु लन्चरले भक्नाअबशेष भित्ताहरु सबै सबै उदीने बाजे बसेको घाम थारी बसन्त तुहिएर झोक्राएको वर र पिपल चौतारी अँधेरी खोलाको पातलंगा जहाँ तही छाँद मारे कतै भेटेन र देखेन पनि । छोरा छोरी फर्कने आशामा हेर्दा हेर्दै बार्दलीका दल्यानहरु कुहियर गली सके सालघारीका केही आदिवासी ...
उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।जसपाका संसदिय दलका नेता रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । संघीय संसद् भवन बानेश्वरमा शुक्रबार सम्पन्न उपराष्ट्रपति चुनावमा यादव निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार यादवको पक्षमा ५१३ जना सांसदले मतदान गरेका छन्। उनलाई संघीय संसदका १८४ र प्रदेशसभातर्फका ३२९ सांसदले मत दिएका छन्। विजयी यादवले प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन्। उनले संघीय संसदतर्फ १४ हजार ५३६ मतभार ल्याएका छन्। उनको पक्षमा ३० हजार ३२८ मतभार परेको हो। यस्तै उपराष्ट्रपति पदको एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले संघीय संसदतर्फ १०४ र प्रदेशसभातर्फ १६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस्तै, जनमत पार्टीकी ममता झाले संघीय संसदतर्फ २३ र प्रदेशसभातर्फ १५ मत पाएकी छन् । उम्मेदवारी नि...
उपराष्ट्रपति निर्वाचन मत गणना सुरु

उपराष्ट्रपति निर्वाचन मत गणना सुरु

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं।उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि  शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भएका थिए । उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी च...
रुस–युक्रेन युद्धपछि सी पहिलोपटक रुस जाने

रुस–युक्रेन युद्धपछि सी पहिलोपटक रुस जाने

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को हप्ता रुस भ्रमणमा जाने भएका छन् । चीनको विदेश मन्त्रालयले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सी अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको हो । एक वर्षअघि सुरु भएको रुस–युक्रेन युद्धपछि सीको यो पहिलो मस्को भ्रमण हुन लागेको हो । चिनियाँ विदेशमन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबीचको ‘रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने भएका छन् ।मस्कोबाट क्रेमलिन र बेइजिङबाट चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एकसाथ जारी गरेको विज्ञप्ति जारी गरेका छन् । वार्ताका क्रममा रुस र चीनबीचको वृहत्त साझेदारी सम्बन्ध र रणनीतिक सहयोगको थप विकास गर्ने विषयमा छलफल हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा रुस–चीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गर्ने र धेरै महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजहरूमा...
नेपाल ९ रनले युएईलाई हराउँदै  विश्वकप छनोटमा

नेपाल ९ रनले युएईलाई हराउँदै विश्वकप छनोटमा

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ। बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।...
कर्णालीमा स्व वि यु चुनाव स्थगित

कर्णालीमा स्व वि यु चुनाव स्थगित

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
सुर्खेत । कर्णाली प्रदेश सुर्खेतमा रहेकाे मध्यपश्चिम विश्व विद्यालय रजिस्ट्रार काे कार्यलयले त्यस अन्तर्गतका केन्द्रीय विभाग ,स्कुल तथा सम्पुर्ण आंगिक क्याम्पसहरुकाे चैत ३ गते हुने भनियकाे  स्वतन्त्र विद्यार्थी युनियनकाे चुनाव स्थगित गरेकाे छ । बिहिवार निर्वाचन समितिकाे बैंठक बसि निर्वाचनका लागि सहज वातावरण नभयकाले स्थगित गरियकाे जनाएको हाे । सम्पुर्ण संघ संगठनहरुकाे आवश्यक छलफल एवम् परामर्श गरि उपयुक्त समयमा निर्वाचनको मिति तय गरि स्व वि यु निर्वाचन गर्ने बताईयकाे छ ।  सुचना हेर्नुहाेस : ...
स्ववियु निर्वाचन : आज मध्यरातिदेखि प्रचार निषेध

स्ववियु निर्वाचन : आज मध्यरातिदेखि प्रचार निषेध

Breaking News, निर्वाचन, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त हुने भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारहरुले आज चैत २ गते राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने छन् । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन । स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् । त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केह...
नेकपा बहुमतद्वारा लघुवित्त , कम्पनीहरुमा तालाबन्दी र कालाे ब्यानर

नेकपा बहुमतद्वारा लघुवित्त , कम्पनीहरुमा तालाबन्दी र कालाे ब्यानर

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)काे केन्द्रीय कार्यक्रम अनुसार विभिन्न जिल्लाहरूमा संचालनमा रहेका लघुबित्त , कम्पनी हरुलाई , कालाे ब्यानर , तालाबन्दी गरि कार्वाही अगाडि बढायकाे हाे । जिल्ला सङ्गठन समिति दोलखाले  चरीकोटस्थित एनआईसी एसिया लघुवित्तमा तालाबन्दी गरेको छ ।चरीकोटस्थित भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारी ५ धारामा रहेको एनआईसी एसिया लघुवित्त कार्यालयका कर्मचारीलाई बाहिर निकाली तालाबन्दी गरिएको नेकपा (बहुमत) दोलखाले जनाएको छ । तेसै गरि काभ्रेपलाञ्चोकले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भकुन्डेबेसीमा तालाबन्दी गरेको छ । पार्टी जिल्ला संयोजक कृष्ण सेवा ‘किरण’ को नेतृत्वमा लघुवित्तमा बुधबार तालाबन्दी गरिएको नेकपा (बहुमत) काभ्रेले जनाएको छ । विगत लामो समयदेखि उक्त वित्तीय संस्थाले गरिब जनतामाथि अन्याय, अत्याचार, शोषण र गुन्डागर्दी शैलीमा जनताको सम्पत्ति हडप्ने...
नेकपा र मासपा बिच पार्टी एकता हुने

नेकपा र मासपा बिच पार्टी एकता हुने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुने भएको छ।महासचिव विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (शुसिल) नेतृत्वको माओवादी समाजवादी पार्टी बिच चैत १ गते एकताको घोषणा गर्ने कार्यक्रम रहेको नेकपा स्थायी समिति सदस्य अनिल शर्मा बिरहीले जानकारी दिएका छ्न। काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा दिउँसो २ बजे पत्रकार सम्मेलन गरि एकताको घोषणा गर्ने जानकारी दिइएको छ। बिचार, राजनीति , कार्यदिशा, संगठन र बर्तमान परिस्थितिको मुल्यांकनमा समान धारणा र बुझाई रहदै आएका यी दुई पार्टी बिच विगतमा सहकार्य र कार्यगत एकता हुँदै आएको थियो।...
बेपत्ता नागरिकको डायरी

बेपत्ता नागरिकको डायरी

Breaking News, कविता, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
चरा र चौपायाँले पनि बास बसेकाे त्याे साँझ , मैले आफ्नै घरमा पनि बास बस्न पाइन फुल टिपेझै कुन बतासले चढाइदियाे कुन ढुङ्गे इश्वरकाे गाेडामा ?? बाेकेर आँखाभरि जलविन्दु आकास, कुन स्वर्गकाे नगरीमा छु म ? महाशय,म एक बेपत्ता नागरिक ! म हराउदा म मात्र हराइन , म सगै आमाबाकाे जवान छाेराे हरायाे जसले नविराइ खुवाउनु थियाे क्षयराेगकाे निशुल्क ओखति म सगै हरायाे । तरुणि श्रीमतिकाे  लाेग्ने जसले किनिदिनु थियाे आउने दशैमा एकसराे धाेति। म सगै हरायो नाबालक सन्तानकाे बाबू जसले भर्ना गरिदिनु थियाे यसैपाली स्कुलमा । महाशय ,म एक बेपत्ता नागरिक मेराे जिन्दगी च्यातिदा संगसंगै च्यातियाे सविधानकाे एउटा पाना सगै च्यातियाे मानवताकाे किस्सा कतै दाेबाटाे र चौबाटाेमा मेरि आमाले छाति पिटिरहेको देख्नु भयाे भने भनिदिनु म एक्लै छैन , याे अदृश्य स्थानमा कतै मेरी श्रीमतीले ढाेका उघारै राखेकि छ भने...