११ श्रावण २०८१, शनिबार

उप निर्वाचन चितवन बारा र तनहुँकाे हाल सम्मकाे मत परिणाम

चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन्।

रास्वपाका सभापति रवि लामिछानेले ६५६८ मत प्राप्त गरि अगाडि छन  । नेकपा एमालेका रामप्रसाद न्यौपानेले २९०२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २६८८र राप्रपाका जिवलाल पुरीले ३३ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

उता बारा २  उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले २९८२ मत ल्याई अग्रता लिएका छन् ।यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् । उपेन्द्र यादवले २७७० मत प्राप्त गरेका छन , एमालेका पुरषाेतम पाैडेलले ९२९ र रास्वपा का रमेश खरेलले ३५२ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएकाे हाे ।

त्यसै गरि तनहुँ क्षेत्र  न १ मा रास्वपाका स्वर्णिम वाग्ले ले २२०८२ , कांग्रेसका गाेविन्द भट्टराई ले १२६४२ ,एमालेका सर्वेन्द्र खनालले ६४५८ र मंगाेल नेसनल अर्गनाइजेसनका प्रेम थापाले १३७ मत  शाेमबार साझ ८: ३० सम्माकाे मत परिणाम अनुसारकाे सार्वजनिक भयकाे छ ।