नेपाल टाईगर साप्ताहिक ३३ औं बर्षमा प्रवेश
काठमाडौं । नेपालमा २०४६ सालको जनआन्दोलनको उपलब्धिको रुपमा स्थापना भएको बहुदलिय व्यवस्थाको शुरुवात संगै स्थापना भएको नेपाल टाईगर साप्ताहिकले आफ्नो स्थापनाको ३३ औं बर्षको वार्षिकोत्सव भव्यताको साथ सम्पन्न गरेको छ ।
नेपाल टाईगर साप्ताहिकका प्रधान सम्पादक मधुबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न ३३ औं वार्षिकोत्सव कार्यक्रम पुर्व प्रधान न्यायधिश तथा मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सदनमा आयोजना भएको कार्यक्रम संचारकर्मी प्रकाश समिरले संचालन गर्नुभएको हो भने कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीको बिशेष आतिथ्यता र अनन्त बहादुर गुरुङ,खड्ग बहादुर बिष्ट,सुश्मा रन्जित लगायत को आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल टाईगर साप्ताहिक ३३ वर्ष लागेको अवसरमा प्रकाशित स्मारिका — २०८१ समेत विमोचन गरिएको थ...









