रिंकु सदा मृत्यु प्रकरणमा जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान हुँदै
काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरू भएको छ। सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा चारवटा मुद्दामा आठ जनाविरूद्ध पूरक जाहेरी दर्ता गरेका थिए।
कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दर्तापछि सोहीअनुसार अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए। ‘यस घटनाका विषयमा हामीले सुरूबाटै गहिरो अनुसन्धान गरिरहेका छौं। पूरक जाहेरी आएपछि अब हामीलाई घटनाको सुक्ष्म अनुसन्धानको लागि झन् सहज भएको छ,’ उनले भने।
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकु स्थानीय तीन युवाबाट सामू...








