काठमाडौं । प्यूठानमा दम्पती हत्या आरोपमा भतिज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा माण्डवी गाउँपालिका–२ रातापानीका ३४ वर्षीय पंकज परियार छन् । उनले नै ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियारको हत्या गरेको पुष्टि भएको प्रहरीले जानकारी दिएको हो ।
पंकज मृतक दम्पतीका दाइको छोरा रहेको प्रहरीले बताएको छ । उनले घनले हानेर हत्या गरेको पाइएको हो । परियार दम्पतीले पंकजलाई विवाह गर्न नसकेको थारो भनेपछि हत्या गरेको पंकजले बयान दिएका छन् ।