१५ फाल्गुन २०८१, बिहीबार

सुकेधारामा तेस्रोलिंगीको शव फेला

काठमाडौं । काठमाडौंको सुकेधारामा एकजना तेस्रोलिंगीको शव फेला परेको छ ।

 

धनवन्तरी फुटसल परिसरमा ओखलढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईको शव फेला परेको हो । उनको मृत्यु शंकास्पद देखिएको प्रहरीले जानकारी दिएको छ । उनको टाउकोमा चोट देखिएको हो ।

 

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।