गौतमबुद्ध विमानस्थलबाट विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
काठमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक विदेशी मुद्रासहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको मुम्बई, मालाड वेष्टका ३६ वर्षीय राहुल चतुर्वेदी छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीले श्री एयरलाइन्सको विमानमार्फत् भैरहवाबाट काठमाडौं जान लागेका चतुर्वेदीको साथबाट ९ लाख २४ हजार सात ७ सय भारतीय रुपैयाँ बरामद गरिएको जानकारी दिए।
प्रहरीले उनको साथबाट एक हजार अमेरिकी डलर र ९ सय ६० रुपैयाँ संयुक्त अरब इमिरेट्स युएईको दिर्हाम बरामद गरेको छ।
बरामद विदेशी मुद्रा र पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।
यसबारे राजस्वले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यस्तै, गौतमब...








