काठमाडौं । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५ सय ७० ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही हरिपुर नगरपालिका-२ बस्ने २६ वर्षीय राजेश तामाङ र कास्की पोखरा महानगरपालिका-१९ बस्ने २० वर्षीय निर्मल ढुङ्गेल रहेका छन् ।
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने २९औं समूहको सवारी चालक (हेभी) उन्नत तालिम सुरू भएको छ ।
सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले सोमबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार २५ जना र प्रहरी जवान ८ जना गरी कूल ३७ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।
...
काठमाडौं । महोत्तरीमा हिजो मृत भेटिएका शिवशंकर महतोको हत्या आरोपमा उनकै श्रीमती पक्राउ परेकी छिन् ।
प्रहरीले महतोकी श्रीमती सिर्जना महतोलाई पक्राउ गरेको हो । गत शुक्रबार ससुराली हिँडेका महतोको गौशाला नगरपालिका-८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको थियो।
उनको खुकुरी प्रहार गरी हत्या गरिएको र अनुहार नचिनियोस् भनेर जलाइएको अवस्थामा फेला परेको थियो ।
श्रीमतीको विवाहेत्तर सम्बन्धका कारण महतोको हत्या भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको छ ।
...
काठमाडौं । चैत ७ गते जिल्ला सरकारी वकिल कार्यालय सिराहाले जबरजस्ती करणी मुद्दामा मिलापत्र गरेको, जातीय छुवाछुत तथा भेदभाव र आत्महत्या दुरूत्साहन कसूरमा १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
सिराहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा १७ जनाविरूद्ध मुद्दा दायर भएको छ।
१७ जनामध्ये १० जना पक्राउ परिसकेका छन् भने सात जनालाई फरारको सूचीमा राखेर सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।
वडासदस्य नथुनी साह, रामकृषाल मण्डल, विन्देश्वर साह, कारी भन्ने करिया मुसहर, कमलेसकुमार दास, राम विनोद मण्डल, रामदेव सदाय र ३ जना बालक गरी १० जना प्रतिवादी प्रहरीको नियन्णमा छन्।
रामपुकार मण्डल, बौका डाक्टर भन्ने रामनारायण दास तत्मा, किसुनदेव दास तत्मा, रामसेवक शाह, रामपृत साहु तेली, भागत सदायसहित थप एक जना फरार छन्।...
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूसहितको बैठक सिंहदरबारमा बसिरहेको छ।
संक्रमणकालीन न्यायको विषय टुंग्याउन नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भइरहेको हो।
छलफलमा प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल, माओवादी केन्द्रका नेता तथा कानूनविद् खिमलाल देवकोटा, गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत पनि छलफलमा छन्।
संक्रमणकालीन न्यायसम्बन्धी कानुन बने पनि कार्यान्वयनका लागि आवश्यक सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बन्न सकेको छैन।
संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसका ...
काठमाडौं । चन्द्रागिरी नगरपालिका-४ पानीघाटबाट सालकको खपेटा जस्तो देखिने बस्तु ८ थान, नङ्ग्रा १ थान, दुम्सीको काँडा जस्तो देखिने बस्तु ३ थान, नगद ५२ हजार रूपैयाँ र मोबाइल १ थान सहित दोलखा शैलुङ गाउँपालिका-६ घर भएका ३२ वर्षीय सुवास तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले मकवानपुरको चित्लाङबाट काठमाडौं थानकोटतर्फ आउँदै गरेका उनलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
...
काठमाडौँ । महोत्तरीमा एक जना पुरूषको हत्या भएको छ।
गौशाला नगरपालिका-८मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको हो।
शव शुक्रबार साँझ साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए।
उनका अनुसार मृतक धनुषा क्षिरेश्वर नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतो हुन्।
महतोको शव विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको हो।
उनको टाउकोमा खुकुरीले प्रहार गरेको र जलाएको समेत अवस्थामा रहेको डिएसपी जयसवारले बताए।
‘खुकुरीले प्रहार गरी जलाएको अवस्थामा फेला परेको हो। अनुसन्धान हुँदैछ,’ उनले भने, ‘सनाखत भएसँगै थप कुराहरू पनि खुल्दैछन्।’...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको खराब कर्जामा तेस्रो त्रैमासमा पनि सुधार नहुने देखिएपछि यसको प्रभाव नेप्सेमा देखिएको छ।
आइतबार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से गत दुई महिनाकै न्यून विन्दुमा पुगेको छ। नेप्से माघ ८ गते यताकै न्यून विन्दुमा आइपुगेको हो।
आइतबार कारोबार रकममा भने वृद्धि भएको छ।
गत कारोबार दिन अर्थात् बिहीबार चार अर्ब ५६ करोडको सेयर कारोबार भएकोमा आइतबार ६ अर्ब ३२ करोडको कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ७६ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१७ वटा धितोपत्रको एक करोड २३ लाख ७१ हजार २८० कित्ता सेयर किनबेच भएको हो।
आइतबार १३ कम्पनीको सेयर मूल्य बढेको छ भने २३० वटाको घटेको छ।
यसदिन कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक ८.७२ प्रतिशतले बढेको...
काठमाडौँ । बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्युपछि तनाव उत्पन्न भएको छ।
स्थानीयले पानी ट्यांकरमा आगजनी गरेका छन्। प्रहरी चौकी बेतहनीमा समेत ढुंगामुढा हुन थालेको छ।
घटनास्थलतर्फ बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफै लागेका छन्।
जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा आइतबार दिउँसो एउटा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्युपछि स्थानीय आक्रोसित बनेका हुन्।
प्रहरीले पुगेर चालकलाई प्रहरी चौकी बेतहनीमा ल्याएपछि स्थानीय त्यही आएर ढुंगा हान्न थालेका हुन्।
स्थानीयका अनुसार घटना भइसकेपछि केही ढिला गरी मात्रै प्रहरी घटनास्थल पुगेको थियो। त्यतिखेरसम्म आक्रोसित स्थानीयले ट्यांकरमा आगजनी गरिसकेका थिए।
...
काठमाडौं । बेग्लाबेग्लै घटनामा यहाँ दुई जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरिकी २१ महिने शिशु अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु भएको छ ।
आज बिहान ४ः०० बजे दिलकुमारीको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
यसैगरी, घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी २१ महिने शिशुको उपचारका लागि काठमाडौं लाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।
...