को हो २५ करोडको मालिक, पत्ता लाग्ला?
काठमाडौं । २५ करोड रुपैयाँभन्दा बढी रकम बराबरको विदेशी मुद्रासहित समातिएका कुशाङ लामा अहिले प्रहरी र राजस्व अनुसन्धान विभाग दुबैको अनुसन्धानको घेरामा छन्।
१३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर कसको हो भन्ने चासोको विषय बनेको छ। सामाजिक सञ्जालमा उक्त नगद कसको हुनसक्ने भनेर टीकाटिप्पणी हुन थालेका छन्।
तर अहिलेसम्म उक्त रकम कसको हो भन्ने खुलिसकेको छैन।
रकम बोक्ने कुशाङले पनि यसबारे खुलाएका छैनन्।
नारायणी प्रदेश-७ ख १६५२ नम्बरको ट्रक चालक कुशाङ ‘भरिया’को रूपमा प्रयोग भएका व्यक्ति रहेको प्रहरीको भनाइ छ। तर प्रहरीले कुशाङलाई सामान्य भरियाको रूपमा मात्रै पनि हेरेको छैन।
पाँच वर्ष सुन तस्करीकै मुद्दामा जेल समेत परिसकेका व्यक्ति भएकाले उनी जाने/बुझेकै भरिया रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए।
कुशाङले...









