१६ असार २०८२, सोमबार

समाचार

‘एसईई’ परीक्षामा यस वर्ष पनि जापानबाट २९ जना विद्यार्थीहरू सहभागी हुने

‘एसईई’ परीक्षामा यस वर्ष पनि जापानबाट २९ जना विद्यार्थीहरू सहभागी हुने

समाचार
काठमाडौं । बिहीवारबाट सुरु हुने नेपालको विद्यालय शिक्षा परीक्षा 'एसईई'मा विगत वर्षहरूजस्तै यस वर्ष पनि जापानबाट २९ जना विद्यार्थीहरू सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यो वर्षको एसईईमा सहभागी हुन लागेका पाँच लाख १४ हजारभन्दा बढी विद्यार्थीमध्ये अधिकांशले नेपालबाटै परीक्षा दिँदै छन्। नेपाल बाहिरबाट एसईईको परीक्षामा सहभागी हुने देश जापान मात्रै रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए। टोकियोनजिकै जापानको ओगिकुबोमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टसहितका ६५ जना नेपालीहरू मिलेर स्थापना गरेको एभरेस्ट इन्टर्न्याश्नल स्कुलमा विसं २०७७ सालबाट एसईई परीक्षा सञ्चालन भइरहेको छ। "हाम्रोमा गत वर्ष जाम्बियाका एक जना छात्रले पनि एसईई दिएका थिए। बाँकी एसईई दिने विद्यार्थीहरू नेपाली नै हुन्छन्," विद्यालयका प्रधानाध्यापक विष्णुप्...
पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव

पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव

समाचार
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।   हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ।बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।   त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।ती तीन प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।   बुधबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान छ। त्यस्तै गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागहरूमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले ...
युक्रेनमा ३० दिन युद्धविराम गर्ने ट्रम्पको प्रस्तावमा पुटिनले गरे अस्वीकार

युक्रेनमा ३० दिन युद्धविराम गर्ने ट्रम्पको प्रस्तावमा पुटिनले गरे अस्वीकार

समाचार
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्न अस्वीकार गरेका छन्।   मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग लामो फोनवार्तामा पुटिनले युक्रेनमा ३० दिनसम्म युद्धविराम गर्ने उनको प्रस्तावलाई अस्वीकार गरिदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ट्रम्प र पुटिनबीच मंगलबार झन्डै २ घन्टा कुराकानी भएको थियो।   पुटिनले सम्पूर्ण रूपमा युद्धविराम नहुने बरू ३० दिनसम्म युक्रेनको उर्जा क्षेत्रमा आक्रमण नगर्ने बताएको रोयटर्सले जनाएको छ। ट्रम्पसँगको कुराकानीपछि पुटिनले रूसी सेनालाई युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न निर्देशन पनि दिएका छन्।   पुटिनलि तीस दिनसम्म आक्रमण रोकेको अवस्थामा युक्रेनले सेना र हतियारहरू थप गर्ने र त्यसलाई परिचालन गर्न सक्ने तथा शान्ति सम्झौता हुँदा उनीहरूको माग दोब्बर...
सांस्कृतिक प्रतिरोध दिवसकाे महत्त्व विषयीक विचारगाेष्ठि तथा जन अभियान उद्घाटन कार्यक्रम सम्पन्न

सांस्कृतिक प्रतिरोध दिवसकाे महत्त्व विषयीक विचारगाेष्ठि तथा जन अभियान उद्घाटन कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : साँस्कृतिक प्रतिरोध दिवसकाे, महत्त्व विषयीक विचारगाेष्ठि र जन अभियान उद्घाटन कार्यक्रम सम्पन्न भयकाे छ। समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट साँस्कृतिक माेर्चा "अखिल नेपाल जनसाँस्कृतिक महासंघ"काे आयाेजनामा २७ ओै साँस्कृतिक प्रतिरोध दिवस कार्यक्रमका अवसरमा विचार गाेष्ठी तथा पार्टीको ३ महिने जन अभियान उद्घाटन कार्यक्रम आज काठमाडौंकाे बालाजुस्थित ईन्जिनियरिङ कलेजको हलमा  सम्पन्न भयकाे हाे । प्रतिरोध दिवस विचार गाेष्ठि कार्यक्रममा महासंघका अध्यक्ष अशाेक सुवेदीको अध्यक्षतामा भयकाे उक्त कार्यक्रमकाे संचालन राम बहादुर सिंह " रेडियम"ले गरेका थिय। कार्यक्रममा प्रमुख अतिथि पार्टी महासचिव समरजंङग र बिशेष अतिथिका रुपमा प्रध्यापक डाक्टर राम प्रसाद ज्ञवाली र अन्य अतिथिहरुमा पार्टीका स्थायी कमिटी सदस्य अवशेष ,विनयराज, पाेलिटब्युराे सदस्य ,केन्द्रीय सदस्य तथा विभिन्न कवि कलाकार साहित्यकार र...
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित ९ घर जले

डढेलो गाउँमा पस्दा एक विद्यालयसहित ९ घर जले

समाचार
काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एक विद्यालय र नौवटा घरगोठ जलेर नष्ट भएको छ ।   डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका नगेन्द्र राई र सम्बरबहादुर राई, बाघखोरका रणबहादुर राई, सिद्धथानका पविन्द्रकुमार राई र हिराधन राई, लाङ्माका कृष्णबहादुर राई, चयनकुमार राई र टंकबहादुर राईको घर तथा गोठ जलेर नष्ट भएको हो ।   गत आइतबार रातीदेखि डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनमा डढेलो सुरु भएको थियो । ‘गाउँ पसेको डढेलो अहिले निभाइएको छ । छुम्पाङ क्षेत्रमा लागेको आगो गएराति निभाउन सफल भयौँ’, उनले भने, ‘नेपाली सेना, सशस्त्र, जनपथ, नगरप्रहरी, स्थानीयलगायतले डढेलो निभाएका हुन् । भर्जेडाँडा क्षेत्रको सामुदायिक वनमा अहिले पनि डढेलो ला...
स्ववियु चुनाव देशभरका ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै मतदान

स्ववियु चुनाव देशभरका ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै मतदान

समाचार
काठमाडौं । त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ३८ वटा आंगिक क्याम्पसमा भएको छ ।   त्रिवि, केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा चुनाव भएको हो ।   बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको थियो । निर्वाचन अधिकृतहरूका अनुसार मतदानका लागि भित्र छिरेकाले भने भोट हाल्न पाउने छन् ।   आज दुई वटा क्याम्पसमा चुनाव रोकिएको छ । मतदान सुरु भएर पनि पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा रोकिएको छ ।   अधिकारीका अनुसार पृथ्वीनारायणमा भोलि मतदान हुने सहमति भएको छ । पाटनमा सहमतिको प्रयास भइरहेको छ । त्रिविका ६४ वटा अंगिक क्याम्पस छन् ।   ‘३८ वटामा आज भएको छ । नभएका क्याम्पसमा सहमतिको प्रयास जारी छ । १५ दिनभित्रसम्म चुनाव गराउने योजना छ,’ ...
नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम

नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम

समाचार
काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।   हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । सोमबारको तुलनामा आज १ हजार १०० रुपैयाँ बढेको हो ।   यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको हो । ...
काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेद्वारा शपथ ग्रहण

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेद्वारा शपथ ग्रहण

समाचार
काठमाडौं ।  प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. अच्युुतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले सपथ लिएका हुन् । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका थिए ।   सपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलगायत सहभागी थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले उपकुलप...
विदेशी मुद्रासहित एक जना ट्रक चालक पक्राउ

विदेशी मुद्रासहित एक जना ट्रक चालक पक्राउ

समाचार
काठमाडौं ।  काठमाडौंको टोखा नगरपालिकामा पर्ने झोरबाट ठूलो परिमाणको विदेशी मुद्रासहित एक जना ट्रक चालक पक्राउ परे।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ को ट्रक र त्यस ट्रकभित्र लुकाएर राखेको पैसासहित चालकलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी ट्रक चालक र बरामद विदेशी मुद्राबारे अहिलेसम्म प्राप्त जानकारी भन्दै केही कुरा खुलाएको छ।प्रहरीका अनुसार ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय कुशाङ लामा (फुच्चे) हुन्। उनी केही समयदेखि काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णमा डेरा गरी बस्दै आएका थिए।   ट्रक उनको आमाको नाममा छ। उनले ट्रकमा विदेशी मुद्रा राख्नुअघि २० दिनदेखि रङ लगाउन ट्रक ग्यारेजमा राखेका थिए।लामा सुन तस्करी आरोपमा पाँच वर्ष जेल परेका थिए। जेलबाट छुटेपछि ...
मतपत्रमा त्रुटि भेटिएपछि मतदानकै दिन स्थगित भयो पृथ्वीनारायण क्याम्पसको स्ववियु चुनाव

मतपत्रमा त्रुटि भेटिएपछि मतदानकै दिन स्थगित भयो पृथ्वीनारायण क्याम्पसको स्ववियु चुनाव

समाचार
काठमाडौं । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ। निर्वाचन समितिले यहाँको स्ववियु चुनाव बुधबार हुने बताएको छ।   स्ववियु निर्वाचन मंगलबारलाई तय गरिएको थियो। बिहान ८ बजे विद्यार्थीहरू भोट हाल्न लाइनमा बसेपछि मतपत्रमा त्रुटि भेटिएको भन्दै विद्यार्थी संगठनले आपत्ति जनाएपछि मतदान स्थगित गरिएको हो।   ‘मतदान केन्द्रमा स्ववियुको निर्वाचन मंगलबार बिहान ८ बजे मतदान सुरु गर्ने प्रक्रियामा प्रत्यक्षतर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल (छैठौं) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोमा स्ववियु निर्वाचन समिति गम्भीररूपले आत्मआलोचित भएको छ। सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारको प्रतिनिधिहरूको रायबमोजिम उक्त मतपत्र रद्द गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका ...