१६ असार २०८२, सोमबार

समाचार

पिडित जनताहरुले सिंहदरवार घेर्न आउन नपरोस् — राम प्रसाद न्यौपाने

पिडित जनताहरुले सिंहदरवार घेर्न आउन नपरोस् — राम प्रसाद न्यौपाने

समाचार
काठमाडौं । देशकै मुटु काठमाडौं त्यसको पनि मुटु मानिने बालुवाटार क्षेत्रको सडक मर्मतको बहानामा त्यस क्षेत्रमा सडक लथालिङ्ग र धुलाम्य बनाएको भन्दै स्थानियहरु आक्रोशित बनेका छन् । सम्बन्धित पक्ष जिम्बेवार बनेर समस्याको समाधान गर्नतर्फ ध्यान नदिए पिडित नागरिकहरु सिंहदरवार र मन्त्रालय घेर्न जानु पर्ने दिन आउन सक्ने नेपाली काँग्रेस काठमाडौं महानगर समिति वडा नं. ४ का शभापति तथा स्थानिय समाजसेवी राम प्रसाद न्यौपानेले बताउनु भएको छ । तिन चार बर्ष धुलो र हिलोको मारमा परेका बालुवाटार क्षेत्रका नागरिकहरुले केहि समय राहत पाएको भएपनि बिगत पाँच महिना देखि पुन त्यस क्षेत्रलाई खनेर अलपत्र पारे पछि धुलो र हिलोले आजित बनेका छन् । बालुवाटार क्षेत्रको लाम्टीङ्गिन मार्ग,नयाँबस्ती मार्ग ,कैलाशपती मार्ग लगयतको सडकहरु भत्काएर अलपत्र छोडिदा त्यस क्षेत्रमा बसोबास गर्ने धरै नागरिकहरु बिरामी पर्न थालेको न्यौप...
सुनको मूल्य स्थिर छ भने चाँदी घट्यो मूल्य

सुनको मूल्य स्थिर छ भने चाँदी घट्यो मूल्य

समाचार
काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।   सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   यसैगरी, चाँदीको मोल प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार ३० रुपैयाँ निर्धारण भएको छ । बुधबार सोही परिमाणको चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।   अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । ...
१०३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

१०३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

समाचार
काठमाडौं । बारा सशस्त्र प्रहरीले १ सय ३ केजी लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।   सशस्त्र प्रहरीले गएराति रामनगरबाट १ सय ३ केजी गाँजासहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको टोलीले पचरौता नगरपालिका–३ रामनगरबाट राति गाँजासहित ट्रक नियन्त्रणमा लिएको बारा सशस्त्र प्रहरीले जनाएको छ ।   लागु औषध गाँजासहित ट्रकलाई आवश्यक कारबाही अघि बढाइएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ । ...
त्रिविका ६२ मध्ये ३७ क्याम्पसमा स्ववियु चुनाव भई आयो परिणाम

त्रिविका ६२ मध्ये ३७ क्याम्पसमा स्ववियु चुनाव भई आयो परिणाम

समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसमध्ये ३७ वटामा स्ववियु निर्वाचन भई परिणाम आएको छ।   २५ वटा क्याम्पसमा स्ववियु चुनाव र परिणाम आउन बाँकी छ।   चैत ५ गते स्ववियु चुनाव भएका ३७ क्याम्पसमध्ये धेरैमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले जितेको छ।   नेविसंघ प्रवक्ता सुरज सेजुवालले सेतोपाटीलाई दिएको जानकारीअनुसार त्रिविका आंगिक क्याम्पसमध्ये अहिलेसम्म परिणाम आएको ३७ मध्ये १५ क्याम्पस स्ववियु अध्यक्ष नेविसंघले जितेको छ।   नेकपा (एमाले) निकट अनेरासस्ववियुले ११ आंगिक क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ भने नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले ८ क्याम्पसमा स्ववियु अध्यक्ष जितेका छन्। ...
अन्तिम १५ मिनेटको कारोबार आधारमा सेयर मूल्य तोक्दा देखियो यस्तो फरक

अन्तिम १५ मिनेटको कारोबार आधारमा सेयर मूल्य तोक्दा देखियो यस्तो फरक

समाचार
काठमाडौं । आजबाट सेयर बजारमा नयाँ अभ्यास सुरू भयो। अन्तिम १५ मिनेट अर्थात् २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम मूल्यको औसत लिएर अन्तिम कारोबार मूल्य तोक्न थालिएको छ।   अन्तिम समयमा कम्पनीको सेयर मूल्य बढाएर चलखेल गर्ने प्रवृत्तिलाई रोक्नु पर्ने माग सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको हो। बिहीबार तीन सय १२ कम्पनी तथा स्क्रिप्स कारोबारमा आए। धेरै कम्पनीको बजारको अन्तिम समयमा भएको कारोबार र बिहीबारबाट लिन थालिएको औसत मूल्यबीचको अन्तर खासै देखिएन।     तर, १४ वटाको कम्पनीको सेयर मूल्यमा भने उच्च दरमा फरक देखिएको छ। यी १४ कम्पनीको ९ रूपैयाँ ५९ पैसादेखि ३६ रूपैयाँ ८८ प्रतिशतसम्म मूल्य फरक परेको छ। प्रतिशतको आधारमा ०.६५ प्रतिशतदेखि २.८५ प्रतिशतसम्म फरक देखिएको छ। लक्ष्मी लघुवित्त, सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर मूल्यबीच २ प्रतिशतभन्दा ...
को हो २५ करोडको मालिक, पत्ता लाग्ला?

को हो २५ करोडको मालिक, पत्ता लाग्ला?

समाचार
काठमाडौं । २५ करोड रुपैयाँभन्दा बढी रकम बराबरको विदेशी मुद्रासहित समातिएका कुशाङ लामा अहिले प्रहरी र राजस्व अनुसन्धान विभाग दुबैको अनुसन्धानको घेरामा छन्। १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर कसको हो भन्ने चासोको विषय बनेको छ। सामाजिक सञ्जालमा उक्त नगद कसको हुनसक्ने भनेर टीकाटिप्‍पणी हुन थालेका छन्।   तर अहिलेसम्म उक्त रकम कसको हो भन्ने खुलिसकेको छैन। रकम बोक्ने कुशाङले पनि यसबारे खुलाएका छैनन्। नारायणी प्रदेश-७ ख १६५२ नम्बरको ट्रक चालक कुशाङ ‘भरिया’को रूपमा प्रयोग भएका व्यक्ति रहेको प्रहरीको भनाइ छ। तर प्रहरीले कुशाङलाई सामान्य भरियाको रूपमा मात्रै पनि हेरेको छैन।   पाँच वर्ष सुन तस्करीकै मुद्दामा जेल समेत परिसकेका व्यक्ति भएकाले उनी जाने/बुझेकै भरिया रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए। कुशाङले...
उद्योगमा लोडसेडिङको चुनौती, तर घरायसी आपूर्तिमा बाधा नआउने : ऊर्जमन्त्री खड्का

उद्योगमा लोडसेडिङको चुनौती, तर घरायसी आपूर्तिमा बाधा नआउने : ऊर्जमन्त्री खड्का

अर्थवाणिज्य, समाचार
काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिब १,००० मेगावाट रहेको जानकारी दिए। उनका अनुसार उद्योग क्षेत्रमा लोडसेडिङको चुनौती रहे पनि घरायसी उपभोक्तालाई भने नियमित आपूर्ति गर्न सरकारले आवश्यक कदम चाल्नेछ। उनले वर्षायाममा उत्पादित कुल ३,५०० मेगावाटमध्ये ७०० मेगावाट मात्र नेपाल विद्युत प्राधिकरण ९नेपाल सरकार० ले उत्पादन गर्ने र बाँकी विद्युत निजी क्षेत्रबाट आउने जानकारी गराए। मन्त्री खड्काले ‘उद्योगमा आज पनि १२ घण्टासम्म लोडसेडिङ छ’ भन्ने कुरा बैठकमा उठेको उल्लेख गर्दै घरायसी प्रयोजनका लागि लोडसेडिङ ...
एसइई आजदेखि सुरु,५ लाख १४ हजार ७१ जना विद्यार्थीले परिक्षा दिदैछन्

एसइई आजदेखि सुरु,५ लाख १४ हजार ७१ जना विद्यार्थीले परिक्षा दिदैछन्

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ।यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ। गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ। परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ। परीक्षामा ७५ जनाभन्दा ...
पश्चिमी वायूको साथै स्थानीय वायूको प्रभाव रहेकाेले देशका केही भागमा पानी पर्ने

पश्चिमी वायूको साथै स्थानीय वायूको प्रभाव रहेकाेले देशका केही भागमा पानी पर्ने

Breaking News, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :हाल देशमा पश्चिमी  वायूको साथै स्थानीय वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ। बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ। दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै बिहीबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना छ।...
पृथ्वीमा फर्किए सुनिता र बुच

पृथ्वीमा फर्किए सुनिता र बुच

समाचार
काठमाडौं । नासाको भारतीय मूलको अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् ।   नासाका अनुसार मंगलबार बिहान १०ः३५ बजे पृथ्वीतर्फ प्रस्थान गरेका विलियम्स र विल्मोर फर्किन लगभग १७ घण्टा लागेको थियो, जो फ्लोरिडाको तटमा अवतरण भएको हो ।   सुनिता र बुच दुवै जना ८ दिने मिसनका लागि गत वर्ष जुनमा आईएसएस गएका थिए तर बोइङको स्टार लाइनर अन्तरिक्ष यानमा केही प्राविधिक गडबडीका कारण उनीहरू करिब ९ महिना त्यहाँ बस्नु परेको थियो । विश्व उनीहरुको सुरक्षित फिर्ताको प्रतिक्षामा रहेको थियो । ...