
संक्रमणकालीन न्याय टुंग्याउन प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूसहितको बैठक सिंहदरबारमा बसिरहेको छ।
संक्रमणकालीन न्यायको विषय टुंग्याउन नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भइरहेको हो।
छलफलमा प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल, माओवादी केन्द्रका नेता तथा कानूनविद् खिमलाल देवकोटा, गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत पनि छलफलमा छन्।
संक्रमणकालीन न्यायसम्बन्धी कानुन बने पनि कार्यान्वयनका लागि आवश्यक सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बन्न सकेको छैन।
संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसका ...