— सरस्वती काफ्ले
भक्तपुर । राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनको अबसरमा वाईसिएल भक्तपुर जिल्ला समितिको आयोजनामा धान रोपाई कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला ईन्चार्ज दिलिप प्रजापति,केन्द्रीय सदस्य तथा जवस ईन्चार्ज प्रतिमा श्रेष्ठ,नेकपा (माओवादी केन्द्र) सुर्यबिनायक नगरपालिका नगर समिती अध्यक्ष सानू कान्छा आलेमगर,नगर उपाध्यक्ष राजेन्द्र कार्की,नगर सचिव सनिस लागेजु, वाईसिएल केन्द्रीय सदस्यहरु रोसन बासुकला र सरराज उप्रेती ,अखिल क्रान्तिकारी जिल्ला ईन्चार्ज प्रदिप तज, वाईसिएल जिल्ला अध्यक्ष सुरेन्द्र सुवाल,उपाध्यक्ष राज सिमाछ्वा,कोषाध्यक्षसम्रित तण्डुकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सुर्यबिनायक नगरपालिका वडा नं. ८ मा भएको थियो । कार्यक्रम पछि प्रतिकृया दिदैं वाईसिएल जिल्ला अध्यक्ष सुरेन्द्र सुवालले पार्टीको नेता कार्यकर्तालाई उत्पादन र श्रममा जोड्ने नीति बमोजिम उत्पादनमा वाईसिएल, श्रममा वाईसिएल ,संघर्षमा वाईसिएल भन्ने मान्यतालाई आत्मासाथ गर्दै कार्यक्रमहरु तय गरिएको जानकारी दिनु भयो ।