१७ असार २०८२, मंगलवार

समाचार

काठमाडौं टाेखाबाट २५ करोड बराबरको अवैध रकम बरामद

काठमाडौं टाेखाबाट २५ करोड बराबरको अवैध रकम बरामद

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :राजश्व छली गरी विभिन्न देशका मुद्राहरू अवैध रूपमा ओसार पसार तथा कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।मंगलवार चैत्र ४ गते राति ११ बजे प्रहरीले काठमाडौंका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिब २५ करोड रुपैयाँ बरामद गरेको हो । अमेरिकी डलर, युरो लगायतको मुद्राहरू रहेको प्रहरीले बताएको छ । मंगलवार पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले गाडी विशेष सुराकीको आधारमा रसुवातर्फ जाँदै गरेका बेलामा नियन्त्रणमा लिइएको बताए । पक्राउ पर्नेमा ट्रकका चालक जिल्ला सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर १ का फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने कोठाको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाई छिपाई ल्याएको अमेरिकी डलर र युरो भ...
जनसम्वन्ध विस्तार अभियान शोषित उत्पिडित जनतालाई जागृत सचेत र सँगठिन गर्ने अभियान हो -हेमन्त प्रकाश ओली

जनसम्वन्ध विस्तार अभियान शोषित उत्पिडित जनतालाई जागृत सचेत र सँगठिन गर्ने अभियान हो -हेमन्त प्रकाश ओली

राजनीति, समाचार
वैतडी। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सञ्चालन गरेको जनसम्वन्ध विस्तार अभियानको आज ४ न. टोलीका नेता एव पार्टीका स्थायी समिति हेमन्त प्रकाश ओलीले झुलाघाटमा व्यानर वाचन तथा पट्काए उद्घाटन गरेका छन। उद्घाटन मन्तव्य राख्दै जनसम्वन्ध विस्तार अभियान जनता सँग क्रान्तिकारी कम्युनिष्ट पार्टीको मितेरी अभियान हो भने दलाल सँसदीय व्यवस्थाको गद्दीमा वसेर जनताको रगत पसिन चुस्ने शासकहरुको भण्डाफोर पनि हो भन्नुभयो। जनसम्वन्ध विस्तार अभियानले शोषित उत्पिडित जनता लाई जागृत सचेत सँगठित गर्दै शान्त सुव्यवस्थित समृध्द जनगणतत्र नेपालको स्थापना गर्ने चाहन्छ राखेर विश्वभरी नाङ्गीएको दलाल सँसदीय व्यवस्था लाई विदाई गर्न चाहन्छ उहाँले वताउनु भयो। जनयुध्द र जनआन्दोलनवाट सत्तच्युत भएको राजतत्र र राजा पुनः. साम्रज्यवाद र विस्तारवादको उक्साहटमा सल्लवलाएको छ।दलाल सँसदिय व्यवस्थाको विकल्प राजतत्र होइन जनगणत...
आज देशै भरि स्ववियु निर्वाचन हुदैछ

आज देशै भरि स्ववियु निर्वाचन हुदैछ

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक र एक हजार बढी सामुदायिक क्याम्पसमा विद्यार्थीहरूको प्रतिनिधिमूलक थलो स्ववियुको निर्वाचन हुँदैछ। मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ। हरेक दुई–दुई वर्षमा स्ववियु चुनाव हुनेगर्छ। विवादका कारण केही क्याम्पसमा २०६५ सालदेखि नै निर्वाचन हुन सकेको छैन। काठमाडौं उपत्यकामा त्रिवि केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, शंकरदेव, पब्लिक युथ, सरस्वती, अमृत साइन्स, विश्वभाषा लगायत क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन प्रभावित बनेको छ। काठमाडौं उपत्यकाका महेन्द्ररत्न क्याम्पस, जनप्रशासन, मीनभवन, आइओएम महाराजगञ्ज, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठिमी, पाटन संयुक्त, ललितकला आदिमा...
राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने समय थप

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने समय थप

समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै कार्यालयको सेवा प्रवाहको समय थप गरेको छ ।   पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राख्दै यही चैत ५ गतेदेखि बिहान ७ः३० बजेदेखि बेलुका ७ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम हुने जानकारी दिए ।   कार्यालयले उक्त सेवा बिदाको दिनबाहेक कार्यालय खुल्ने दिनमा पनि प्रदान गर्ने जनाएको छ । यस अघि यो सेवा बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको थियो । ...
मोटरसाइकल चालकलाई जोगाउन खोज्दा पल्टियो बस

मोटरसाइकल चालकलाई जोगाउन खोज्दा पल्टियो बस

समाचार
काठमाडौं । मोटरसाइकल चालकलाई बचाउन खोज्दा बस दुर्घटना भएको छ। बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।   प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ  भने अन्य केहीको अवस्था मध्यम र अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।     तुलसीपुर उपमहागनरपालिका–६ की ६१ वर्षीया धनी केसीको अवस्था गम्भीर छ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार केसीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज नर्सिङ होमका लागि रिफर गरिएको छ।     अन्य घाइतेको तुलसीपुरमै उपचार जारी छ। सोमबार दिउँसो घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर–१८ मनिकापुर नजिकै दुर्घटनामा परेको थियो। विपरीत दिशा तुलसीपुरबाट घोराहीतर्फ ...
भोजपुरको टक्सार क्षेत्रमा भएको आगलागीबाट ७ घर जलेर नष्ट

भोजपुरको टक्सार क्षेत्रमा भएको आगलागीबाट ७ घर जलेर नष्ट

समाचार
काठमाडौं । कोशी पहाडी जिल्ला भोजपुरको टक्सार क्षेत्रमा भएको आगलागीबाट ७ घर जलेर नष्ट भएका छन्।   अहिलेसम्म ८ वटा ग्वाली (पाली) समेत नष्ट भइसकेको त्यहाँ पशु चौपायासमेत आगलागीमा परेका छन्।   सोमबार बिहान १० बजेतिर सुरू भएको आगलागी अझै नियन्त्रणबाहिर छ। स्थानीयबासी सन्दिप राईका अनुसार भोजपुर नगरपािलका वडा नम्बर १२ मा पर्ने टक्सार पारपानी क्षेत्रमा बिहानदेखि आगलागी सुरू भएको थियो।   आगलागीस्थल बाटोभन्दा भित्र पर्ने भएकाले दमकल पुग्न नसकेको र स्थानीयबासी तथा सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेको राईले जानकारी दिए।   ‘जोडतोडले हावा चलिरहेकाले नियन्त्रण गाह्रो भइरहेको छ’, राईले भने।   उनका अनुसार हालसम्म स्थानीयबासी शम्भु चापागाईं सोभित श्रेष्ठ, गोमा दर्जी, रामबहादुर कार्की, गोपीकृष्ण धमला लगायतको घरमा आगोले क्षति पुर्याएको छ...
पूर्वगृहसचिव पाण्डेय र बेचन झाको बन्दीप्रत्यक्षीकरणको रिट खारेज

पूर्वगृहसचिव पाण्डेय र बेचन झाको बन्दीप्रत्यक्षीकरणको रिट खारेज

समाचार
काठमाडौं । नक्‍कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी कारागारमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेय र बेचन झाको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ।   सोमबार सर्वोच्च अदालतमा बसेको छुट्टाछुट्टै इजलासले दुबै जनाको रिट खारेज गरेको हो।   न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले झाको रिट खारेज गरेको हो। त्यस्‍तै, न्यायाधीशहरू कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले पाण्डेयको रिट खारेज गरेको हो।   उनीहरू हाल शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा छन्।   पाण्डेयको तर्फबाट उनकी श्रीमती मञ्जुले माघ ११ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।   झाले माघ २ गते रिट दायर गराएका थिए। ...
मोरङमा अवैध लागूऔषध सहित पक्राउ

मोरङमा अवैध लागूऔषध सहित पक्राउ

समाचार
काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिका-२ गोलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८० ट्याब्लेट, स्पास्पेन ३ सय ७० ट्याब्लेट र नगद ४९ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २५ वर्षीय दिपक तामाङ, २६ वर्षीय मनिष तामाङ, २० वर्षीय रोहन निरौला र २६ वर्षीय मानव लिम्बु रहेका छन् ।   इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय १० मिलिग्राम सहित धनकुटा शहिदभूमी गाउँपालिका-४ बस्ने ३१ वर्षीय शिव राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई...
बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिए

बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिए

समाचार
काठमाडौं ।  सर्लाहीको बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिएका छन् ।   यहाँको नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा एक युवक मृत र एक जना घाइते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले बसवरिया गाउँपालिका–२, बस्ने २५ वर्षीय राजीव पासवान मृत फेला परेका जानकारी दिए । यस्तै, मुख र टाउकोमा चोट लागेर घाइते भएको अवस्थामा सोही स्थानका २० वर्षीय धनञ्जय यादवको उद्धार गरिएको प्रहरीले जनाएको छ ।   घाइते यादवको बरहथवास्थित स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।   घटनास्थलबाट प्रहरीले मोटरसाइकलको सिट, भाइजर, हेडलाइट फेला पारेको भ...
साताको पहिलो कारोबार दिन आइतबार घट्यो सुनको मूल्य

साताको पहिलो कारोबार दिन आइतबार घट्यो सुनको मूल्य

समाचार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । जसअनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको हो ।   यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले घटेर तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । ...