अर्थमन्त्री जनार्दन शर्मा चाैथाे जितको खोजीमा…?
१५ कार्तिक काठमाडौं । अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा चौथोपटक चुनावी दौडमा छन् । ०६४, ०७० र ०७४ को निर्वाचनमा रुकुम पश्चिम (तत्कालीन रुकुम)बाट विजयी भएका उनी चौथो जित निकाल्ने योजनासहित प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
शर्मालाई कांग्रेस र एकीकृत समाजवादीको पनि साथ छ । तर, कांग्रेस केन्द्रको निर्णयविपरीत तारक केसी बागी उम्मेदवार बनेका छन् । केसी बागी हुँदा गठबन्धनको मत काटिने र त्यसको फाइदा एमाले उम्मेदवार नन्दराम देवकोटाले उठाउन सक्ने आकलन पनि गरिएको छ । कांग्रेसका केही नेता खुलेरै बागीको पक्षमा लागेका छन् ।
कांग्रेसले भने केसीलाई कारबाही गरिसकेको छ । कांग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारीका अनुसार केसीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र कांग्रेस केन्द्रीय कार्यालयबाट २५ असोजमा प्राप्त भइसहकेको छ ।
माओवादी जिल्ला अ...