नेपालगन्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तहरुको घुँइचो, दताहरुले गरे ३२ लाख बढी दान
नेपालगन्ज, वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आजबाट वैकुण्ठधाम आध्यात्मिक महोत्सवको दोस्रो दिनको कथा वाचनसम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य उपस्थिती देखिएको छ । आज महोत्सवस्थलमा भत्तजन श्रोताको भरिभराउ उपस्थिती देखिएको थियो ।
वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा हुने आध्यात्मिक महोत्सवको दोस्रो दिनमा ३२ लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसद श्रेष्ठले जानकारी दिनुभयो ।
आजपनि पंडित पोखरेलको प्रवचनका बीचमा उँहाको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरेकोे थियो । आर्थिक संयोजक श्रेष्ठका अनुसार आजको कथा प्रवचनका बीच लामो समयदेखि नर्सिङ पेशमा आवद्ध सिनियर नर्श कोहलपुर ११ की स्थानीय रम्भा शर्माबाट अहिले सम्मकै सर्वाधिक १५ लाख ११ हजार रुपैयाँ वैकुण्ठधामका लागि प्रदान गर्नु भएको छ भने आजै नेपालगन्जमा पुराना चिकित्सक डा. केदारनाथ ...









