६ मंसिर २०८१, बिहीबार

मोडल सुश्मिता श्रेष्ठ ले पहिरिन “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को ताज

काठमाडौं । कलाकार तथा मोडल सुश्मिता श्रेष्ठले “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को उपाधि जित्न सफल भएकि छिन् ।
थाईल्याण्डको बैंकक शहरमा २०२४ नोभेम्वर ९ देखि १६ सम्म भएको सौन्दर्य प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरेकी सुश्मिता श्रेष्ठले यो उपाधि हात पारेकी हुन् ।
लामो समयदेखि कलाकारीता श्रेत्रमा कार्य गरेकी श्रेष्ठले नेपालमा समेत दर्जनौ अवार्डहरु हात पारेकी छिन् ।
मिस कोशी २०१७ बाट यो क्षेत्रमा अगाडी देखिएकी श्रेष्ठले थुप्रै चलचित्र तथा म्युजिक भिडियोहरुमा अभिनय समेत गरेकी छिन् ।
मोडलिङ तथा कलाकारीता क्षेत्रबाटै स्थापित हुन अहिले सम्म पनि संघर्षकै चरणमा रहेको बताउने श्रेष्ठले यस्ता कार्यक्रमहरुले कलाकार तथा मोडलहरुको आत्मबल बढाउन मद्यत गर्ने बताईन् ।
“मिस हेरिटेज ईन्टरनेशनल २०२४”ताज पहिरिएर थाईल्याण्डबाट नेपाल फर्किएकी श्रेष्ठलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उनका समर्थक तथा शुभचिन्तक र आफन्त,साथिभाईहरुले भव्य स्वागत समेत गरेका थिए ।