मूल्य घटेपछि बजारमा सुन ‘सोल्ड आउट’
काठमाडौं । पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला साढे १८ हजार रूपैयाँले घटेको छ।
मंगलबारको लागि एक तोला सुनको मूल्य एक लाख ४८ हजार सात सय रूपैयाँ पुगेको छ। नेपाल सरकारले सुनमा लगाएको भन्सार महसुल आधाले घटाएको र अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य घटेपछि एकैपटक यति धेरै भाउ घटेको हो।
करिब एक महिना अघि (कात्तिक १५ गते) स्थानीय बजारमा सुनको मूल्य एक लाख ७१ हजारसम्म पुगेको थियो। एक महिनाको अवधिमा नै १२ प्रतिशतले मूल्य घटेर डेढ लाखभन्दा तल झरेपछि पसलहरूमा उपभोक्ताको भिड देखिन थालेको छ।
व्यवसायीहरूका अनुसार हिजो सोमबार विशेषगरी न्युरोडका पसलहरूमा उपभोक्ताको घुइँचो देखिएको थियो। अन्य पसलहरूमा पनि सामान्य अवस्थामाभन्दा बढी माग आएको व्यवसायीहरूले बताएका छन्।
'उपभोक्ताको चासो बढेको छ, लामो समय कारोबार नै नभएकोमा अब बढ्ने अपेक्षा गरेका छौं,' तनहुँको दमौलीमा सुन पसल...








