२६ मंसिर २०८१, बुधबार

चितवनमा स्कुल बस दुर्घटनामा घाइते भएका एक बालकको मृत्यु

काठमाडौं । चितवनको चित्रवन स्कुलको बस दुर्घटनामा घाइते भएकामध्ये एक विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ। कालिका–४ स्थित विद्यालयका विद्यार्थीहरु गत शनिवार स्काउटको तालिम र वनभोजका लागि जिल्लाको उपरदाङगढीमा पुगेका थिए। वनभोज सकेर फर्कनेक्रममा बसको ब्रेक फेल भएर दुर्घटना भएको थियो। घाइतेमध्ये कालिका–३ का ८ वर्षीय आरम्भ पोखरेलको सोमवार बिहान साढे ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो।