विश्नोईको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा दुर्गा प्रसाईंका सहयोगी पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतीय गुण्डा नाइकेको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
झापाबाट हरिचन्द्र फुयाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
फुयालमाथि भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीहरूलाई धम्क्याएको आरोप छ।
केही समयअघि चार जना व्यवसायीहरूले आफूहरूलाई धम्की आएको भन्दै उजुरी गरेका थिए। सोही विषयमा अनुसन्धान गरी प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी दुर्गा प्रसाईंका सहयोगीसमेत हुन्।
यता प्रसाईंलाई पनि प्रहरीले हिरासतमा लिएर विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको छ। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै आरोप लगाएका थिए।
लरेन्स विश्नोई भारतमा पछिल्लो समय...









