२०८३ असार १६, मंगलवार

समाचार

होटल पौवाको प्रोमो कोडबाट यति एयरलाइन्सको हवाई यात्रामा छुट पाइने

होटल पौवाको प्रोमो कोडबाट यति एयरलाइन्सको हवाई यात्रामा छुट पाइने

अर्थवाणिज्य, समाचार
नेपालगन्ज । नेपालका बिभिन्न स्थानहरुमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको होटल पौवाको प्रोमो कोड प्रयोग गरेर यति एयरलाइन्सको विमानमा हवाई यात्रा गर्दा छुट पाइने भएको छ । होटल पौवालाई यति एयरलाइन्सले प्रदान गरेको प्रोमो कोडबाट हरेक नेपालीले हवाई भाडामा ३ सय रुपैयाँ छुट पाउने भएका हुन् । यति एयरलाइन्समा हवाई यात्राका लागि टिकट खरिद गर्दा पौवाको YTPAUWA300 कोड समाविष्ट गरेर टिकट काट्दा साबिक भाडामा ३ सय रुपैयाँ छुट प्राप्त हुने होटल पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । उनका अनुसार यति एयरलाइन्सको वेबसाईटबाट सिधै टिकट काट्दा आउने प्रोमो कोडको स्थानमा पौवाको कोड प्रयोग गर्दा साबिक भाडामा ३ सय रुपैयाँ छुट हुनेछ । नेपाली स्वादका लागि छुट्टै पहिचान बनाएको पौवा ग्रुपलाई यतीले प्रदान गरेको प्रोमो कोडका लागि ब्राण्ड प्रमुख भण्डारीले धन्यवाद दिए । ‘जहाबाट आतिथ्यताक...
ट्याक्सीमा महिला बोकेर यौनधन्दा गराएको आरोपमा दुईजना पक्राउ

ट्याक्सीमा महिला बोकेर यौनधन्दा गराएको आरोपमा दुईजना पक्राउ

समाचार
काठमाडौं । जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका-१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए। भे १ ख १३९६ नम्बरको बसले जाजरकोट नलगाड नगरपालिका-१ चिउरी बस्ने ३७ वर्षीय सुरेश महरलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट महर गम्भीर घाइते भएको डिएसपी पाण्डेले बताए। उपचारका लागि उनलाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको थियो। चालक बाँके नेपालगंज उपमहानगरपालिका वडा न.४ बस्ने बर्ष ४५ को कबिराज घर्तिमगरलाई प्रहरीले पक्राउ गरेको थियो।   ...

जाजरकोटमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार
काठमाडौं । जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका-१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए। भे १ ख १३९६ नम्बरको बसले जाजरकोट नलगाड नगरपालिका-१ चिउरी बस्ने ३७ वर्षीय सुरेश महरलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट महर गम्भीर घाइते भएको डिएसपी पाण्डेले बताए। उपचारका लागि उनलाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको थियो। चालक बाँके नेपालगंज उपमहानगरपालिका वडा न.४ बस्ने बर्ष ४५ को कबिराज घर्तिमगरलाई प्रहरीले पक्राउ गरेको थियो।   ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको

समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। शनिबार अमेरिकी डलरको भाउ स्थिर छ। अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८८ पैसा र बिक्रिदर १३५ रूपैयाँ ४८ पैसा तोकिएको छ। शुक्रबार पनि सोही मूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो। युरोको भाउ आज केही घटेको छ। शुक्रबार युरो एकको खरिददर  १३४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३५ रूपैइँ ४८ पैसा थियो। शनिबार एकको खरिददर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७८ पैसा कायम गरिएको छ। केन्द्रीय बैंकका अनुसार, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्...
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार
काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१३ सेवार सृजनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका-६ घर भएका २० वर्षीय कमल बुढाथोकीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । कमलले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी भेट्न बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

समाचार
काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको हो। मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो। आइतबार बिहान करिब ९:५० बजे टेवा पर्खाल भत्किँदा पाँच जनालाई पुरेको थियो। रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले मृतक पाँचै जनाको पहिचान खुलेको जानकारी दिए। सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको उनले बताए। यो पुल निर्माणमा सात जना खटिएका थिए। पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएका थ...
नेपाली बजारमा घट्यो आइतबार सुन–चाँदीको भाउ

नेपाली बजारमा घट्यो आइतबार सुन–चाँदीको भाउ

समाचार
नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
चक्रपथ सरसफाइ महा अभियानको ४०० औं हप्ता पुरा

चक्रपथ सरसफाइ महा अभियानको ४०० औं हप्ता पुरा

समाचार
काठमाडौं । चक्रपथ सरसफाइ महा अभियानको ४००औं हप्ता पुरा भएको अवसरमा सफाई अभियन्ता सम्मान,बृहत रक्तदान कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । २०७४ साल बैसाख २ गतेबाट शुरु भएको अभियान ४०० हप्ता पुरा भएको छ । युवा नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व ग्रीन सिटी हस्पिटलका अध्यक्ष एवं चक्रपथ सरसफाइका संयोजक लोक बहादुर टण्डनले गर्नु भएको थियो । कार्यक्रम सन्चालन सामाजिक अभियन्ता तथा मिडियाकर्मी डि.बि.पराजुलीले गर्नु भएको थियो । यो कार्यक्रमलाई ग्रीन सिटी हस्पिटल र रोटरी क्लबअफ काठमाडौं डाउनटाउनले आयोजना गरेको हो भने सह आयोजकको रुपमा ब्लोदान काठमाडौं मध्यक्षेत्र रहेको थियो । ब्लोदान काठमाडौं मध्यक्षेत्रका अध्यक्ष आर.बि.ठकुरीले रक्तदान कार्यक्रमको संयोजन गर्नु भएको थियो । कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणी पौडेल, टोखा नगरप...
जाजरकोटमा माटाेकाे ढिस्काेले पुरिएर चार जना मजदुर घाइते

जाजरकोटमा माटाेकाे ढिस्काेले पुरिएर चार जना मजदुर घाइते

पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जुनीचांदे  गाउँपालिका–२ देसीपाटामा सडक मर्मतका क्रममा माटोको ढिस्कोले पुरिएर चारजना घाइते भएका छन्। बिश्व खाद्य कार्यक्रमअन्तर्गत सुयडाबाट मजकोट जाने सडक निर्माण कार्यका क्रममा आज बिहान करिब १० बजे माथिबाट खसेको माटोको ढिस्कोले कामदारलाई पुरेको हो। घटनापछि स्थानीय तथा प्रहरी टोलीको सहयोगमा घाइतेलाई ढिस्कोबाट बाहिर निकालिएको छ। ढिस्कोले पुर्दा जुनीचाँदे -२ का ३२ वर्षीय रामबहादुर वड, २५ वर्षीया निर्मला शाही,२२ वर्षीया पुलमाया लुहार,३५ वर्षीय नर बहादुर वड गम्भीर घाइते भएको जिल्ला प्रहरी जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले बताए । गम्भीर घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली अस्पताल सुर्खेत पठाएको छ ।...
प्रेमिका बनाएर अन्तरङ्ग भिडियो आफन्तलाई पठाउने पक्राउ

प्रेमिका बनाएर अन्तरङ्ग भिडियो आफन्तलाई पठाउने पक्राउ

समाचार
काठमाडौँ । सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. १ बस्ने ३८ वर्षीय सुरेन्द्र केसी रहेका छन् । केसीले सामाजिक सञ्जालमा साथी बनेर कुराकानी गर्ने क्रममा पीडित युवतीलाई प्रेम प्रस्ताव राखेर भिडियो कल गर्ने क्रममा पीडित युवतीलाई अश्लील अङ्ग देखाउन लगाई रेकर्ड गरेका थिए । पछि उक्त भिडियो पीडित र पीडितको आफन्तलाई समेत पठाएका थिए । आफ्नो अपमान र बेइज्जत गरी चरित्र हत्या गरेकोले आवश्यक कारबाही गरी पाउ भनी पीडित युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । प्रहरी उपरीक्षक तथा प्रवक्ता  दीपक राज अवस्थीका अनुसार निवेदन प्राप्त भए अनुसार आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट उक्त कार्य गर्ने केसी रहेको खुल्न आएको थियो । उनलाई ब्यूरोको टोलीले मङ्सिर १२ गते पक्राउ गर्न...