१४ पुष २०८१, आईतवार

श्रमिक कम्युनिस्ट पार्टीले उप निर्वाचन बहिस्कार गर्ने घाेषणा गरेकाे छ

काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी नेपालले उप निर्वाचन बहिष्कार गर्ने घाेषणा गरेकाे छ ।

पुर्ण बहादुर सिंह ´समरजंग`नेतृत्वको श्रमिक कम्युनिस्ट पार्टी नेपालले यहि मंसिर १६ गते हुने उप निर्वाचनलाई सशक्त बहिष्कार गर्ने बतायकाे छ । पार्टीका संयाेजक सिंहले एक बिज्ञप्ती जारी गर्दै उक्त चुनाव लाई बहिष्कार गर्ने घाेषणा गरेका छन । याे संसदीय ब्यवस्था सबै हिसाबले असफल, नकाम र बदनाम भईरहेकाे र जन्ताकाे पक्षमा नभयकाे भन्दै सम्पुर्ण नेपालीले बहिस्कार ,अवज्ञा,बहिष्कार तथा खारेजी गर्नु पर्ने बिज्ञप्तिमा उल्लेख छ ।

यहि मंसिर १६ गते देशका विभिन्न ठाउमा विभिन्न कारणले रिक्त भयका जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख उप प्रमुख,गाउँँपालीका अध्यक्ष, उपाध्यक्ष,वडा अध्यक्ष र सदस्यहरुकाे पदका लागी देशै भरिका ४४ ठाउहरुमा निर्वाचन आयाेगले चुनाब गर्न लागेकाे छ ।

पार्टी द्वारा जारी विज्ञप्ति यस्तो छ :