
तीन कम्युनिस्ट पार्टीले १३० ओैँ माओ दिवश भब्यरुपमा मनाउने
८ पुस काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा मशालले यही पुस ११ गते १२ बजे काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा संयुक्त रूपमा १३० औँ माओ दिवस भव्यतापूर्वक मनाउने भएका छन् ।
नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार तीनै पार्टीले काठमाडौँमा केन्द्रीय स्तरमा भव्य गोष्ठीसहित १३० औँ माओ दिवस मनाउन लागेका हुन् । तीनै पार्टीले काठमाडौँका साथै देशभर विभिन्न सिर्जनात्मक कार्यक्रमका साथ संयुक्त रूपमा माओ दिवस मनाउने निर्णय भएको छ ।
संयुक्त रूपमा १३० औँ माओ दिवस मनाउन नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल र नेकपा मशालका नेता चिन्तामणि पौडेलको नेतृत्व रहेको १३० औँ माओ दिवस आयोजक समिति गठन गरिएको छ ।
प्राप्त समाचारअनुसार तीन पार्टीले केन्द्रीय रूपमा काठमाडौँमा र स्थानीय स्तरमा देशैभर माओका योगदान, माओ...