टिकटक आजैदेखि बन्द हुने भएको छ।प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गर्यौं’, उनले भने।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।...
जाजरकोट : जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले संचालन गरेको भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियानका जनस्वयंसेवकहरुले जनस्वास्थ्य सेवा शिविर संचालन गरेका छन् । भेरि नगरपालिकाका वडा नम्बर १ मैदे चाैरमा जनस्वयंसेवक अन्तर्गत अखिल नेपाल जनस्वास्थ्य कर्मिका टाेलिहरु उक्त प्रभावित क्षेत्र पुगेर जनस्वास्थ्य सेवा शिविर संचालन गरेका हुन् । जन स्वयंसेवकका १ नम्बर टाेलि कमान्डर प्रतिज्ञाकाे नेतृत्वमा हेल्थ असिस्टेन्ट तथा डेन्टल डाक्टर केसर सिंह लावड,फार्मेसीहरु राम बहादुर विश्वकर्मा,संन्जय लावड,जनसंचारका दिग्दर्शन,राजन बुढा र स्थानीय जनस्वयंसेवक सदस्य प्रतिक लगायतको उपस्थितिमा उक्त ठाउँमा संचालन गरिएको थियोे ।"सदरमुकाम नजिकै रहेको याे क्षेत्रमा मन्त्री शक्ति बस्नेत पुगेता पनि त्यहाँ भुकम्पबाट ६ जनाको मृत्यु भएको,दर्जन घाइते भएको,झण्डै ३०० घ...
जाजरकोट। जाजरकोट भुकम्पबाट प्रभावित पिडितहरुका लागि अखिल नेपाल शिक्षक संगठनले ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ ।आईतवार अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्षिराम ढकालकाे नेतृत्वमा अर्थ उपमहासचिव लक्ष्मण वलि,उपाध्यक्ष रूद्र केसि,कर्णाली प्रदेश अध्यक्ष अच्युत प्रसाद शर्मा,केन्द्रीय सदस्य रूद्र बहादुर वलि,जाजरकोट जिल्ला सचिव टेक बहादुर मल्ल र माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियान सदस्य तथा पार्टी केन्द्रीय सचिवालय सदस्य धमिलकाे टाेलिले भुकम्प प्रभावित जिल्ला जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मालाई "भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८०" लाई जम्मा रु ५१,१५१ (अक्षेरुपी एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ) को चेक हस्तान्तरण गरेका हुन।
उता माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्यु...
काठमाडौं ।यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । तिहारकाे पहिलाे दिन हिजाे काग तिहार थियाे भने आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बा...
जाजरकोट : माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका घरहरू पुर्ननिर्माणका लागि आजबाट जनसेवा अभियान शुरु गरेको छ । भेरि नगरपालिका वडा नम्बर ३ कि गाेपि सिंहकाे घर भुकम्पले क्षतविक्षत बनाएकाे घरलाई पुर्ननिर्माणकाे लागि शुरुवात गरेको हाे ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने "दिपक" लगायतकाे टिम जिल्लामा पुगि यतिबेला भुकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिरहेकाे छ।
शनिबार स्वास्थ्य सामाग्री सहित भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर जिल्ला अस्पतालमा सामाग्रीहरु हस्तान्तरण गरि भुकम्पले क्षेतिग्रस्त घरहरुकाे उद्धारमा खटिएका हुन । इन्चार्ज दिपकका साथमा ६ नम्बर प्रदेश समिति संयाेजक संगम,जाजरकोट जिल्ला ईन्चार्ज अनन्त ,केन्द्रीय सदस्य विपिन,क्रान्तिकारी युवा संगठन नेपालका ...
जाजरकोट । माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले जिल्ला अस्पताल जाजरकोट लाई भुकम्प पिडितका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे छ ।
शनिबार बिहान क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नं. प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने "दिपक" नेतृत्वकाे टाेलिले जिल्ला अस्पताल जाजरकोट पुगेर झण्डै ३ लाख बराबरको स्वास्थ्य सामाग्री जनस्वास्थ्य अधिकृत जनक केसिलाई हस्तान्तरण गरेका छन ।
हस्तान्तरण कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल ६ नं. प्रदेश समिति संयाेजक संगम,जाजरकोट जिल्ला ईन्चार्ज अन्तत,केन्द्रीय सदस्य विपिन,क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष हरिष भट्ट,केन्द्रीय सदस्य प्रतिज्ञा चाैलागाई र पाल्पा जिल्ला पार्टी संयोजक मुक्ति गैरे लगायत जिल्ला पार्टीका सदस्य हरुकाे उपस्थिति रहेको थियोे ।
जाजरकोटकाे बारेकाेट...
जाजरकोट ।नेकपा माओवादी केन्द्रका उपमहासचिव द्वाेय शक्ति बहादुर बस्नेत र जनार्दन शर्मा ‘प्रभाकर’ भुकम्प प्रभावित क्षेत्रमा उद्दार-राहतमा जुटिरहेकाछन । पूर्वअर्थमन्त्री समेत रहेका प्रभाकर र पुर्व गृह तथा बर्तमान -उर्जा जलश्राेत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेत भुकम्प प्रभावित क्षेत्रका पीडितसँगै छन् ।
उद्दार कार्य सकिएपछि अहिले राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन शर्मा रुकुम र बस्नेत जाजरकोटका पिडितहरुसंगै सुखदुःखमा खटिरहेका छन ।२०७९ काे प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस संगकाे गठबन्धनमा शर्माले रुकुम पश्चिम बाट ३९,५४९ मत ल्याई बिजयी भयका थिय भने जाजरकोटकमा बस्नेतले पनि ३४,१५१ मत प्राप्त गरि विजयी भयका थिय । शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १२,९६१ र बस्नेतका प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५,१२० मत प्राप्त गरि पराजित भ...
काठमाडौं ।कात्तिक १० गते बिहान मुगुको छारायानाथ रारा नगगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आशंकामा दुई हप्तापछि मुगुको छायानाथ रारा नगरपालिका–७ घर भई हाल बाँके कोहलपुरको चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही ठकुरी र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपाल बोहरालाई पक्राउ गरिएको छ ।
गोर्खराजलाई प्रहरीले गएको सोमबार बाँकेको कोहालपुरबाट प्रकाउ गरेको हो। उनलाई पक्राउ गरी मुगु ल्याएर थप अनुसन्धान गर्दा मुन्दु गाउँकै गोपाल बोहरा पनि पक्राउ परेको स्रोतले जानकारी दिएको छ। गोर्खराजबारे छानबिन गर्दा उनले घटनामा बोहोरा पनि संग्लन रहेको बताएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो। हत्या आरोपित गोर्खराज श्रीदेवीका काका र गोपाल देवर नाता पर्छन् । प्रहरी स्रोतका अनुसार गोरखबहादुर गाउँमा राम्रो चरित्रका मानिँदैनन् ।
प्रहरी स्रोतका अनुसार लुट्ने योजनाका साथ सामूहिक हत्या गरिएक...
जाजरकोट ।बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर १५३ जनाको ज्यान जानेगरी गएको भूकम्पबाट करिब ६८ अर्ब रुपैयाँको बराबरको आर्थिक क्षति भएको छ। भूकम्पले क्षति भएका निजी घर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन निर्माण गर्न ठूलो धनराशि खर्च हुने भएको छ ।
गृह मन्त्रालयका अनुसार भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, दाङ, प्युठानलगायतका जिल्लामा भत्किएका निजी घर, विद्यालय, सरकारी भवन पुनःनिर्माण गर्न ६८ अर्ब ६२ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । योबाहेक चौपाया, कृषिलगायतका अन्य पूर्वाधारमा पनि ४०/५० करोड रुपैयाँको. क्षति भएको अनुमान छ । यसरी हेर्दा मानवीयबाहेक भौतिक पूर्वाधार, खाद्यान्न, चौपायालगायत गरी करिब ६८ अर्ब रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान छ ।भूकम्पले क्षति भएका निजी घर, विद्यालय, सरकारी भवन, स्वास्थ्य चौकी, सांस्कृतिक सम्पदा पुनःनिर्माणम...
काठमाडौं। अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको हाे।
‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।...