१८ चैत्र २०८१, सोमबार

संस्कृति

प्रचण्डले हेरे फिल्म ‘प्रेमगीत ३’, भन्छन्- नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत गर्छ

प्रचण्डले हेरे फिल्म ‘प्रेमगीत ३’, भन्छन्- नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत गर्छ

पर्यटन, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार
 असोज १०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फिल्म ‘प्रेमगीत ३’ हेरेका छन् । आइतबार साँझ चितवनको इन्द्रदेव हलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीसहितको टोलीसँग प्रचण्डले फिल्म हेरेका हुन् । पूरै समय हलमै बसेर फिल्म हेरेका प्रचण्डले बाहिर निस्कँदा सञ्चारकर्मीसँग फिल्मको प्रशंसा गरे । फिल्म हेरिरहँदा आफूलाई बाल्यकालको याद आएको भन्दै उनले नेपालको पर्यटन विकासमा फिल्मले टेवा पुग्ने समेत बताए । ‘मसालेदार’ भन्दै उनले फिल्मको समीक्षा पनि गरे । फिल्म हेरेपछि प्रचण्डको भनाइ : ‘धेरै समयपछि फिल्म हलमा आएर फिल्म हेर्ने अवसर जुट्यो । काठमाडौंबाट आउने बित्तिकै साथीहरुले कुरा गर्नुभयो । विश्वभरि चलेको छ, चर्चित भएको छ भनेपछि हामीले फिल्म भोलि हेर्ने भनेर आज हेरियो । फिल्म हेर्दै गर्दा पहिले-पहिलेको याद पनि आयो...
हनुमानढोकाको दशैं घरमा राखियो जमरा

हनुमानढोकाको दशैं घरमा राखियो जमरा

राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार
१० असोज, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईं पनि गरेको थियो । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौं छरिन्छ । आज छरिएको जौंको अंकुरणलाई जमरालाई जमरा भन्ने गरिन्छ । दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ । विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी बताउँछन् । उनका अनुसार सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त...