२६ बैशाख २०८२, शुक्रबार

राजनीति

सशस्त्र जनयुद्धको माध्यम बाट हाेईन जनक्रान्ती माध्यम बाट अगाडि बढ्छाै : प्रचण्ड

सशस्त्र जनयुद्धको माध्यम बाट हाेईन जनक्रान्ती माध्यम बाट अगाडि बढ्छाै : प्रचण्ड

Breaking News, राजनीति
काठमाडौं :नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डले अब सशस्त्र जनयुद्धको माध्यम बाट हाेईन जनक्रान्तिकाे माध्यमबाट अगाडि बढ्ने बतायका छन्। माओवादी केन्द्र का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आज काठमाडौंकाे खबरदारी सभालाइ सम्बाेधन गर्द‌ै भने "तपाईहरुले ढुक्कसँग सरकार चलाए हुन्छ, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए हुन्छ, माओवादी अब तपाईंलाई साथ लियर पनि जादैन र तपाईंका पछि पनि लाग्दैन ।बिगतमा कांग्रेस र एमाले संग सत्ता सहकार्य गरेर गल्ती गरेकाे बताय । प्रचण्डले अगाडि भने -हामी अलिअलि बिग्रिन थालेका थियौं ! जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’ माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने समेत बताए । जति सिट ल्याए पनि एक्लै ...
माओवादी केन्द्रले गर्याे भ्रष्टाचार विरुद्ध जन प्रदर्शन

माओवादी केन्द्रले गर्याे भ्रष्टाचार विरुद्ध जन प्रदर्शन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध काठमाडौंमा जन प्रदर्शन गरेकाे  छ । जन प्रदर्शन सुन्धारा बाट र्यालि,नारा जुलुस सहित भृकुटीमण्डपकाे प्रदर्शनीमार्गमा  पुगेर सभामा परिणत भएको छ । सभालाई पार्टी अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेताहरूले  सम्बोधन गर्ने तयारीमा छ। माओवादीकाे याे प्रदर्शन २०६४ साल यताकाे ठुलाे जन प्रदर्शन भयकाे बिश्लेषकहरुले बतायका छन । सत्ता बाहिर भय पछि नेकपा माओवादी केन्द्र ले यतिवेला देशै भरि संगठन बिस्तार र जन भेटघाट कार्यक्रमलाई तिब्रता दिईरहेकाे छ ।...
श्रमिक कम्युनिस्ट पार्टीद्वारा “विचार गाेष्ठि” कार्यक्रम सम्पन्न

श्रमिक कम्युनिस्ट पार्टीद्वारा “विचार गाेष्ठि” कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे आयाेजनामा विचार गाेष्ठी कार्यक्रम सम्पन्न भएको छ ।"नेपालकाे कम्युनिस्ट आन्दोलनमा कार्यदिशाकाे प्रश्न" विषयक विचार गाेष्ठी कार्यक्रम काठमाडौं पुरानो बानेश्वर चाेक ओम साई पाटी प्यालेसमा शुक्रबार  सम्पन्न भएको हाे ।गाेष्ठीमा वाम राजनीति विष्लेशक हिरण्यलाल श्रेष्ठ, श्याम श्रेष्ठ ,नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपालकाे लागि चिनका पुर्व राजदूत टंक कार्की र राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसी लगाएतका राजनीतिक विश्लेषक र अन्य नेताहरूले बहस गरेका थिय। बहसमा कम्युनिस्ट हरुले अहिलेसम्म परम्परावादी कार्यदिशा निर्माण गर्ने अथवा थाेरै शब्दमा फरक देखाएर अर्को पार्टी निर्माण गर्ने राेग कम्युनिस्ट हरुमा देखिने समस्या भएकोले श्रमिक कम्युनिस्ट पार्टीले त्यसाे नगरि नयाँ तरिकाले कार्यदिशा निर्माण गर्न सुझाव दिएका छन ।कार्यदिशा निर्माण गर्दा वास्...
माओवादी केन्द्र निकट,अखिल (क्रान्तिकारी) को सम्मेलन कीर्तिपुरमा सुरु

माओवादी केन्द्र निकट,अखिल (क्रान्तिकारी) को सम्मेलन कीर्तिपुरमा सुरु

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :काठमाडौंको कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सुरू भएको छ। पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार दिउँसो सम्मेलन उद्घाटन गरेका हुन्। पञ्चा सिंह अध्यक्ष रहेकाे संगठनको राष्ट्रिय सम्मेलनले अखिल (क्रान्तिकारी) मा नयाँ नेतृत्व दिनेछ। खुला प्रतिस्पर्धाबाट विद्यार्थीको नेतृत्व चयन गर्ने पक्षमा माओवादी देखिएको छ। अध्यक्ष पदमा २० जनाले दाबी गरेका छन्। तर मुख्य गरी चार जनाबीच प्रतिस्पर्धा हुने देखिन्छ। उपाध्यक्षहरू पवन कार्की, मदन भुल र नरेश रेग्मी तथा महासचिव दिपेश पुनलाई पार्टीका पदाधिकारीहरूकै समर्थन रहेकोले उनीहरूबीच प्रतिस्पर्धा हुने देखिएको हो।...
कालिका मानवज्ञान मा.वि. बुटवलमा विद्यार्थीद्वारा विभिन्न माग सहित ज्ञापनपत्र पेस

कालिका मानवज्ञान मा.वि. बुटवलमा विद्यार्थीद्वारा विभिन्न माग सहित ज्ञापनपत्र पेस

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
बुटवल :श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले बुटवल उपमहानगरपालिका स्थित देशै कै नमुना मानिएको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियु(क्रान्तिकारी) जिल्ला संगठन समितिकाे टाेलि पुगि प्राचार्य दिनेश थापालाई १८ बुँदे माग बुझाएको हाे । उक्त संगठनले “हामीलाई राज्यले सिपमुलक, आयमुलक, प्राविधिक र वैज्ञानिक हाम्रै देश बनाउने, हाम्रो राष्ट्रिय गौरवपूर्ण नेपाली इंतिहासको जगको संरक्षण गर्दै राष्ट्रिय भावनाले ओतपोत हरेक क्षेत्रमा अब्बल हुने, प्रतिरक्षात्मक र मनोवैज्ञानिक क्षमताको शिक्षा निशुल्क रुपमा विश्वविद्यालय सम्म दिईनु पर्छ ।, राज्यले निजीकरण र सामुदायिक नाममा गरिएको शैक्षिक व्यापार तुरुन्तै बन्द गर्नुपर्छ ।,सामुदायिक कलेजमा नाममा गरिने भ्रष्टाचारहरु अन्त्य गरिनुपर्छ ।, देशको सुचना...
रास्वपाकाे केन्द्रीय कार्यलयमा बड्याे भिड

रास्वपाकाे केन्द्रीय कार्यलयमा बड्याे भिड

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेको दिन आइतबार साँझ  राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा कार्यकर्ताहरुको भीड लागेकाे छ। सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै छविलाल जोशी, जीबी राई, कुमार रम्तेल र रास्वपा सभापति रवि लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सोही प्रतिवेदन अनुसार कारबाही अघि बढाउन गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आग्रह गरेकै दिन छविलाल पक्राउ परेका थिए । छविलाल पक्राउ परेपछि रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथाशक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका थिए । त्यस अनुसार रास्वपा कार्यकर्ता वनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए । रास्वपा सभापति रवि...
मेडिकल व्यावसायि दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यावसायि दुर्गा प्रसाईं पक्राउ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : मेडिकल ब्यावसायी दुर्गा प्रसाईं पक्राउ परेका छन । आईतवार दिउसो प्रहरीले प्रसाईंलाई उनको निजी निवास भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईले भने -"पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न, एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !" प्रसाईलाई  आज नै प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले  प्रसाईंलाई पक्राउ गरेको हो ।साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले जानकारी दिए ।    ...
श्रमिक कम्युनिस्ट पार्टी निकट कास्कीको मजदुर संगठनकाे भेला तथा प्रशिक्षण सम्पन्न

श्रमिक कम्युनिस्ट पार्टी निकट कास्कीको मजदुर संगठनकाे भेला तथा प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, विचार, समाचार, सुचना संचार
पाेखरा : कास्कीकाे पाेखरामा श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ,कास्कीको तथा प्रशिक्षण सम्पन्न भएको छ । उक्त भेलाले देविलाल परियारको नेतृत्वमा ३१ सदस्य जिल्ला संगठन  समिति गठन गरेको छ । जिल्ला समितिमा सह-संयाेजक प्रेम गिरी, सह-संयाेजक गिता सुनवार, छिरिङ तामाङ, संम्झना मिजार, विकास वाेगटी, मान व नेवार, पप्पु शाहा, मन्जु नेपाली, शिव विक, उजेलि नेपाली, सिताराम मिजार, मान बहादुर गुरुङ, दुर्गा वहादुर गुरुङ, सुजन मगर, दिल प्रसाद पाैडेल, कुमारी पुन, मैता तामाङ, गिता मगर, गाेकुल थापा, रत्ना लामा, संदिप राई, मिना घले, कुमार नेपाली, जुठे नेपाली, दिल कुमार राेक्का, दल ब मिजार, राहकुमार राम, शिबजी राम, पिङकि नेपाली, देउरुपा परिवार र रुपा थापा चयन गरेको छ भने निर्माण संयाेजक विकास वाेगटी, खानि संयाेजक छिरिङ तामाङ, पर्यटन संयाेजक प्रेम गिरी, वैदेशिक संयाेजक सम्...
बाह्रबिसे–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा मोक्तान

बाह्रबिसे–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा मोक्तान

राजनीति
काठमाडौं । नेकपा(माओवादी केन्द्र) को संगठनको एक हिस्सा ओगढ्दै आएको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत रहेको बाह्रबिसे नगरपालिका काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा युवा ब्यवसायी सुशिल मोक्तान सर्वसहमत बाट चुनिएका छन् । लामो समयदेखि राजनीति, समाजसेवा र व्यवसायलाई एक साथ अगाडी बढाइरहेका मोक्तान काठमाडौंमा सम्पन्न एक भेला बाट चयन भएका हुन् । नेकपा(माओवादी केन्द्र) बागमती प्रदेशका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा(माओवादी केन्द्र) सम्पर्क समन्वयय प्रदेश समितिका कोषाध्यक्षको बिशेष आतिथ्यता रहेको थियो भने, सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनी,अध्यक्ष जयराम आचार्य, वाईसिएल केन्द्रिय सदस्य चिजा तामाङको आतिथ्यता रहेको थियो । भेलाले सुशिल मोक्तानको अध्यक्षतामा २५ सदस्सिय समिति गठन...
श्रमिक कम्युनिस्ट पार्टी निकट, वैदेशिक श्रमिक संघकाे पुनर्गठन

श्रमिक कम्युनिस्ट पार्टी निकट, वैदेशिक श्रमिक संघकाे पुनर्गठन

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघकाे पुर्नगठन भएको छ । महासंघले उपत्यका केन्द्रीत चार महिने अभियान संचालन गरिएको छ । “आउनहाेस हातेमालाे गराैं ! श्रमिक हाम्राे साथि भराेसा गराै उहांहरु माथि !!” भन्ने मुल नारा सहित संचालन भएको अभियानमा  महासंघ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघकाे समितिमा संयाेजक भुमिका सिंजालिलाई चयनका साथ पुर्नगठन गर्दै १७ सदस्यिय आयाेजक समिति गठन गरेको हाे । पुनर्गठन समितिमा रामचन्द्र थापा, देवराज खडका, महेन्द्र वर्मा, धुर्व अर्याल, सागर पुनमगर, विश्वास तामङ, हरिशरण तामङ, जानकी रावल, यादव निराैला, राम बन्जाडे, विगु अन्सारी, राजेन्द्र रावल, जयराम चाैधरी, गाेपाल बस्याल, दिपक वहादुर सुनुवार लगायत चयन हुनु भएको छ । कार्यक्रम अखिल नेपाल क्रान्तिकारी ट्रेड युन...