२९ चैत्र २०८१, शुक्रबार

राजनीति

श्रमिक कम्युनिस्ट पार्टीले रुपन्देही खेलकुदको कार्यलयमा टाँग्याे कालाेब्यानर

श्रमिक कम्युनिस्ट पार्टीले रुपन्देही खेलकुदको कार्यलयमा टाँग्याे कालाेब्यानर

खेल, राजनीति
बुटवल :  श्रमिक कम्युनिस्ट पार्टी नेपालले जिल्ला खेलकुद बिकास समितिकाे कार्यलय बुटवल,रुपन्देहीमा कालाेब्यानर टाँगेकाे छ । पार्टीले सार्वजनिक सम्पत्ति माथि लुटखसाेट मच्याएकाे भन्दै विज्ञप्ति मार्फत चेतावनी पनि दिएकाे थियो । उक्त पार्टीले थप कार्य नराेकिए पछि आज चरणबद्ध कार्यक्रम अनुसार कालाेब्यानर टाँगिएको बताएको छ । यति गर्दा पनि लुटखसाेट थप संघर्ष गर्ने भन्दै ब्यानरमै चेतावनी दिदै लेखेको छ - "पुनश्च : यो हाम्रो अनुरोधलाई बेवास्ता गरिए श्रृखलाबद्ध पुनः कडा संघर्ष गर्न बाध्य हुनेछौं ।" उक्त पार्टीले कालाेब्यानरमा टाँग्नुका ११ बुँदे कारणहरु जस्ताको त्यस्तै "सार्वजनिक सम्पत्ति माथिको लुटखसोट तुरुन्तै बन्द गर ! १) कालीलेक कन्सट्रक्सन प्रालि मध्यपुर ठिमी १ भक्तपुर ठेकेदार कम्पनीले अवैधानिक रूपमा बिना सुचना सटरवालासंग गरेको सम्झौतापत्र र बैंक भौचर अनुसार खातावालाको नाम ईन्द्र बहादुर पुन र कार...
नवऔपनिवेशिक पुँजीवादको सङ्कट र समाधान

नवऔपनिवेशिक पुँजीवादको सङ्कट र समाधान

राजनीति, विचार, शिक्षा
विषय प्रवेश- आज नेपालमा सामन्तवाद, पुँजीवाद र बहुरूपी पुँजीवाद मूलतः विश्वसाम्राज्यवादका बारेमा विभिन्न जोड, कोण र दृष्टिकोणका आधारमा छलफल, बहस र विश्लेषण भइरहेको छ । मुलुकमा  हाबी भइरहेको पुँजीवाद–साम्राज्यवादका बारेमा विभिन्न विश्लेषण एवम् संश्लेषण भइरहेका छन् । कसैले अर्धसामन्ती, अर्धऔपनिवेशिक, दलाल, नोकरशाही, नवउदारवाद, एकाधिकार, भूमण्डलीकृत, नवऔपनिवेशिक, साम्राज्यवादी पुँजीवाद आदि विश्लेषण एवम् विशेषण दिइरहेका छन् । त्यसमा विभिन्न कारण रहेका छन् जसमा चारवटा कारण मुख्य छन्– पहिलो, विश्लेषण एवम् संश्लेषणका आधारमा अमूक व्यक्ति वा दललाई फरक देखाउन, दोस्रो, पुँजीवाद–साम्राज्यवादविरुद्धको लडाइँलाई विकेन्द्रित एवम् कमजोर बनाउन, तेस्रो, मध्यमार्गी समाजवाद र पुँजीवादलाई समान देख्ने अथवा पुँजीवादलाई नै समाजवादको बकबास गर्ने र चौथो, समाजवादमा होइन, पुँजीवादमा जीवन र भविष्य देख्ने प्रवृत्ति मु...
नेकपा (माओवादी) ईलाम जिल्ला इन्चार्ज बिकल्प श्रमिक कम्युनिस्ट पार्टीमा प्रवेश

नेकपा (माओवादी) ईलाम जिल्ला इन्चार्ज बिकल्प श्रमिक कम्युनिस्ट पार्टीमा प्रवेश

राजनीति, विचार
माेरङ : नेकपा ( माओवादी ) इलाम जिल्ला इन्चार्ज विपन अधिकारी ( बिकल्प )श्रमिक कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन । माेहन वैद्य किरण बाट, बिभाजन भयका महेश चाैधरीले नेतृत्व गरेकाे नेकपा ( माओवादी ) पार्टीका ईलाम जिल्ला ईन्चार्ज रहेका बिकल्प उप नामले चिनिने बिपिन अधिकारीले आईतवार एक विज्ञप्ति जारी गर्दै , श्रमिक कम्युनिस्ट पार्टी मा प्रवेश गरेका हुन । उनले भनेका छन -"आम नेपाली जन्ताकाे मुक्तिका लागि बिगत २०६७ साल देखि माेहन वैद्यले नेतृत्वको गरेकाे नेकपा-माओवादी,हुदै,बिप्लवले नेतृत्व गरेकाे नेकपा हुँदै फेरि वैद्यले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी हुँदै त्यस पछि महेश चाैधरीले नेतृत्व गरेका नेकपा ( माओवादी )काे ईलाम जिल्लाकाे ईन्चार्ज काे जिम्मेवारी पदमा रहेर काम गरेकाे र यी कुनै पार्टीबाट पनि समाजवादी जनक्रान्ति पूरा हुने अवस्था नदेखिएकोले अबकाे वैज्ञानिक समाजवादी जनक्रान्त...
जनताले हरेक लडाइँ जित्दै आयका छन,नेतृत्वले धाेका दिदै आयका छन : समरजंग

जनताले हरेक लडाइँ जित्दै आयका छन,नेतृत्वले धाेका दिदै आयका छन : समरजंग

राजनीति, विचार
बारा :श्रमिक कम्युनिस्ट पार्टी नेपाल का संयोजक पुर्ण बहादुर सिंह समरजंगले जन्ताले कुनै पनि लडाइँ नहारेकाे बतायका छन । जन्तामा जाओैं जन्ताकाे सेवा गराै भन्ने नारा सहित पश्चिम अभियान पछि पुर्वि अभियानकाे क्रममा बारा जिल्लाकाे भेला तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै संयोजक सिंहले उक्त कुरा बतायका हुन । शुक्रबार बारा जिल्लाकाे सुवर्ण गाउपालिका - ६ मझेरिया गाउमा  जिल्लाको भेला तथा प्रशिक्षण कार्यक्रम भयकाे थियाे । कार्यक्रममा बारा जिल्ला अन्तर्गत विभिन्न गाउँ तथा नगरपालिकाबाट हजारौंको संख्यामा पार्टीका कार्यक्रता तथा जन्ताहरुकाे सहभागीता रहेकाे थियाे । उक्त कार्यक्रमकाे संचालन पार्टीका केन्द्रीय महाधिवेशन आयाेजक कमिटी सदस्य तथा पुर्वि कमान्ड संयाेजक रमण घिमिरेले गरेका थिय भने स्वागत मन्तब्य पार्टीका केन्द्रीय सदस्य जगतले गरेका थिए। कार्यक्रमका फाेटाहरु :...
श्रमिक कम्युनिस्ट पार्टी नेपाललाई मधेस प्रदेशमा स्वागत

श्रमिक कम्युनिस्ट पार्टी नेपाललाई मधेस प्रदेशमा स्वागत

राजनीति, राष्ट्रिय, विचार, समाचार
बारा, सिमरा : श्रमिक कम्युनिस्ट पार्टी नेपाल लाई मधेस प्रदेश , बारा जिल्ला अन्तर्गत सिमराका युवाहरुले स्वागत गरेका छन । बिहिवार बाराकाे सिमरा पुगेका श्रमिक कम्युनिस्ट पार्टीका संयाेजक पुर्ण बहादुर सिंह "समरजंग"पार्टी केन्द्रीय महाधिवेशन आयाेजक कमिटि सदस्य रमन,बद्री, लगायत केन्द्रीय नेताहरूलाई सिमराका युवाहरुले स्वागत गरेका हुन । "जन्तामा जाओै! जन्ताबाट सिकाै!! भन्ने मुल नारा सहित श्रमिक कम्युनिस्ट पार्टी नेपालका संयोजक पुर्ण बहादुर सिंह "समरजंग" सहित केन्द्रीय नेताहरु  तीन महिने अभियानका साथ जनभेटघाटमा ब्यस्त छन्। केही दिन पश्चिम पुगेका पार्टीका संयोजक लगायतका केन्द्रीय नेताहरु अहिले पुर्वि जनभेटघाटमा दाैडेका छन। "अहिले सम्म जन्तामा राजनीति भयाे अब जन निकास हुने गरि पार्टी लागेकाे" संयोजक सिंहकाे दाबि छ।नेपालमा विभिन्न कालखण्डमा आन्दोलन भय तर अन्तिममा सम्झौतामा गएर हरेक आन्दोलन ट...
अलमलिएको विद्यार्थी आन्दोलन-तिर्सना हमाल

अलमलिएको विद्यार्थी आन्दोलन-तिर्सना हमाल

राजनीति, विचार, शिक्षा
बिषय प्रारम्भ -देशमा संकट देखा परेपछि विद्यार्थी आन्दोलनको आवश्यकता महसुस हुने गर्छ । निरंकुश जहानियाँ राणा शासनदेखि निर्दलीय पञ्चायत र राजाको सक्रिय शासनविरुद्धका निर्णायक राजनीतिक आन्दोलनको अग्रपंक्तिमा युवा विद्यार्थी नै थिए । विद्यार्थीकै पहलकदमीमा यी आन्दोलन उठान भई देशको शासन सत्ता नै परिवर्तन भएका हुन् । देशमा महँगी, कुरीति, कुशासन वा भ्रष्टाचार मौलाउँदा अहिले पनि मानिसहरू विद्यार्थी आन्दोलनको आवश्यकता महसुस गर्छन् । त्यसैले, विद्यार्थी आन्दोलन नेपालको राजनीतिकै पर्याय बन्न गएको छ । तर, पछिल्ला केही वर्षयता विद्यार्थी आन्दोलन कुहिरोभित्रको कागजस्तै अलमलिएको छ । विद्यार्थी आन्दोलन साह्रै नमिठा आपसी कचिंगलमा रुमल्लिएको छ । विचारधारात्मक बहस छेड्ने तागतको त कुरै छोडौँ, वर्तमानमा विद्यार्थी संगठनले शैक्षिक सुधार वा रूपान्तरणको आन्दोलनसमेत उठान गर्न सकेका छैनन् । सामाजिक सुधारका एजेन्डा ...
“शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे” समरजंग

“शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे” समरजंग

Breaking News, राजनीति, विचार
कास्की :श्रमिक कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयाेजक पुर्ण बहादुर सिंह समरजंगले "शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे" भनेका छन ।युवा नेता सिंहकाे नेतृत्वमा गठित श्रमिक कम्युनिस्ट पार्टी नेपालले “जनतामा जाओैं जनताको सेवा गराैं !!” भन्ने नाराका साथ मेचीमहाकाली – हिमाल पहाड तराईको पहिलो चरणको अभियान क्रममा कंचनपुर महेन्द्रनगर, धनगढी, कैलाली लम्कि, बर्दिया, बाँके, दाङ, बुटवल, पाल्पा,स्याङ्जा हुँदै कास्की पुगेका उनले यस्तो बताएका हुन् । उनले विभिन्न जिल्ला संगठन समितका सदस्यहरुकाे बिचमा भेटघाट, छलफल तथा निर्देशन दिदै उक्त कुरा बताएका हुन् । उनले जनता माथि राजनीति हाेईन्, जनताको लागि राजनीति गर्नुपर्ने समेत बताए।आमुल परिवर्तनमा आम जनतालाई सुख, शान्ति, समृद्धि, अमनचयन हुन्छ तर शाषकहरुले आफ्नाे शासन बचाई राख्न यस्तो बनाएको बताए त्यसैले उनिहरुले ज...
“विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउनेछाै”- बास्तोला

“विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउनेछाै”- बास्तोला

Breaking News, राजनीति, विचार
काठमाडौं :नेकपा बहुमतले बुधबार संवाद डबलीमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै नेता धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउने बताए ।उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने समेत बताए ।बास्तोलाले नेपाली कांग्रेस र नेकपा एमाले पश्चगामी शक्ति भएको बताउँदै उनीहरूले संविधान संशोधनको नाममा पछाडि फर्किन खोजेको दाबी समेत गरे । ‘वर्ग संघर्षलाई नयाँ उचाइमा उठाउन किरण कमरेडले नेतृत्व गरेको पार्टी र हाम्रो पार्टीबिच एकता भएको हो । तर, उहाँ जडसुत्रवादी सोँचभन्दा माथि उठ्न सक्नु भएन । युवाले कम्प्युटर मागेको छ, हसिया दिएर घाँस काट्न पठाउने वैद्य कमरेडको तरिकाले एकता सफल हुन सकेन’, उनले भने । कांग्रेस–एमाले भ्रष्टाचारका काण्डैकाण्ड घटाएका आएको बताउँदै बास्तोलाले भने,‘कांग्रेस र एमाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने प...
वैद्यकाे सिंङ्गाे मजदुर टिम श्रमिक कम्युनिस्ट पार्टीमा समाहित

वैद्यकाे सिंङ्गाे मजदुर टिम श्रमिक कम्युनिस्ट पार्टीमा समाहित

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता–कार्यकर्ताले बिद्रोह गरी श्रमिक कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । शनिबार संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले कार्यक्रम गरी उनिहरुलाई प्रवेश गराएको हो ।वैद्य नेतृत्वले जनता तथा मजदुरको हितमा काम गर्ने भन्दा व्यक्तिवादी तरीकाले चलेको र पार्टीलाई गतिशील भन्दा दर्शनको जामा पहिराएर जनतालाई दिग्भ्रमित बनाएर राखेको आरोप लगाउँदै नयाँ पार्टीमा प्रवेश गरेको उनिहरुले बताएका छन् । नव प्रवेशीहरुलाई पार्टी संयोजक समरजंगसहित केन्द्रीय नेताहरुले खादा तथा अबिर लगाएर स्वागत गरेका थिए ।पार्टी संयोजक पूर्णबहादुर सिंह‘समरजंग’ले नेपालमा पार्टी,क्रान्ति र जनताको हितको लागि भन्ने तर हरेक पार्टी आफ्नो निजी स्वार्थबाट माथि उठ्न नसकेको बताए । जनताले परिवर्तनको चाहना राख्ने तर पार्टीहरुले भ्रमको खेति गर्ने गरे...
एमाले अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

एमाले अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो । संविधानको धारा ७६ (२) मा राष्ट्रप...