काजी, कमारा र अधुरो क्रान्ति
काजीले
कमाराहरुलाई
फर्मेशनमा उभ्यायो र भन्यो-
एकीकृत क्रान्तिको सपना पुरा हुदैछ !
कमाराहरु पनि
कमान्डरले थामीदिएको बीउ समात्दै
काजीले भट्याएको वाली गाए र रमाए
भौतिकबाद्को रातो किताब
पिसाबखानामा मिल्काएर
क्रान्तिको अधुरो सपना
धान रोपेर पूरा गरे !!!
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी र बैज्ञानिक समाजवादी पार्टी नेपाल निकट बिद्यार्थी संगठन बिच आज संगठन पुनर्मिलन कार्यक्रम सम्पन्न भयकाे छ ।
शाेमबार काठमाडौं काे बागबजार स्थित अनेरास्ववियु क्रान्तिकारी काे केन्द्रीय कार्यलयमा एक कार्यक्रम गरि पुनर्मिलन भयकाे हाे ।
कार्यक्रममा बैज्ञानिक समाजवादी पार्टीका बिद्यार्थी नेता बिकाश रसायलि प्रवेश लाई माेहन वैद्य किरणले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी का फ्र्याक्सन ईन्चार्ज हरिकृष्ण गजुरेलकाे प्रमुख आतिथ्यतामा, संगठन कि केन्द्रीय सह-संयोजक तथा ३ न.प्रदेश ईन्चार्ज शिलु न्याैपाने र ६ न. प्रदेश ईन्चार्ज गाेबिन्द बिष्टको काे उपस्थितिमा रसायलिलाई दाेसल्लाद्वारा स्वागत गरियकाे थियाे र कार्यक्रमकाे संचालन ३ प्रदेश संयोजक उषाकिरण "आजाद"ले गरेका थिय ।
...
नकुल चाैलागाई ,काभ्रे :
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला अन्तर्गत पाँचखाल नगर एकता अधिबेशन तथा बैठक सप्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले श्याम विकको संयोजकत्वमा तिन सदस्य थप गर्ने गरि ३१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला संयोजक माधब गौतमले दलाल संसदीय ब्यबस्थाको अन्त्य गर्दै नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै बैज्ञानिक समाजवाद स्थापनाको लागि लागि पार्टी एकता भएको बताए । उनले क्रान्तिमा सुरुमा प्रचण्डले गद्दार गरेको र बिप्लवले पनि त्यही बाटो समातेकोले बिद्रोह गर्नु परेको स्पष्ट पारे।
कार्यक्रममा जिल्ला सहसंयोजक ढोक प्रसाद अधिकारीले उत्पीडिनमा परेको जनता नउठे सम्म क्रान्ति सप्पन्न नहुने बताउँदै उत्पीडिनमा परेको जनता पहिला उठ्नु पर्नेमा जोड दिए । सोहि कार्यक्...
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन, अनेरास्ववियु (क्रान्तिकारी ) ३ न. प्रदेश कमिटीको एकता भेला तथा प्रशिक्षण सम्पन्न भयकाे छ ।
शुक्रबार काठमाडौंको बागबजार स्थित पद्मकन्या कलेजमा संचालित भेलामा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ३ न. प्रदेश कमिटी ईन्चार्ज हेमन्त प्रकाश ओलि "सुदर्शन",केन्द्रीय कार्यलय सदस्य उदय बहादुर चलाउने "दिपक" संगठनका फ्र्याक्सन ईन्चार्ज हरिकृष्ण गजुरेल , संयाेजक मिलन राई, सह-संयाेजक बिरेन्द्र शाह , पेशल दाहाल शिलु न्याैपाने , संगठनका केन्द्रीय कार्यलय सदस्य गाेबिन्द बिष्ट , डि बि शाहि , लगायतका नेता हरुकाे विशेष उपस्थिति तथा प्रदेश अन्तर्गत जिल्लाका प्रतिनिधिहरुकाे सहभागीतामा भेला सम्पन्न भयकाे हाे ।
भेलाले ५५ सदस्य प्रदेश कमिटी गठन गरेकाे छ । भेलाकाे अध्यक्षता उषाकिरण "आजाद"ले गरेका थिय भने संचालन हरि बिष्टले गरेका थिय ।कार...
जाजरकोट ।माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटकाे एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयकाे छ ।
शुक्रबार भेरि नगरपालिका वडा न १ रिम्ना स्थित सहिद स्मृति भवनमा भयकाे अधिवेशन जिल्ला संयोजक हिमालकाे अध्यक्षतामा भयकाे भेलामा पार्टी कर्णाली प्रदेश कमिटी सह- ईन्चार्ज तथा जिल्ला इन्चार्ज प्रेम बहादुर चलाउने ( अनन्त) , पार्टी केन्द्रीय सचिवालय सदस्य प्रेम प्रकाश वलि ( धमिल ) र पार्टी प्रदेश कमिटी सल्लाहकार सदस्य हर्क र हरिशकाे काे विशेष उपस्थितिमा जिल्ला समिति सदस्यहरुकाे सहभागीतामा एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न भयकाे थियाे ।अधिवेशनले ठगेन्द्र बहादुर सिंह "हिमाल"लाई संयोजक र रतन वलिलाई सह-संयोजकमा जिम्मेवारी ताेकेकाे छ ।
उक्त अधिवेशनबाट ३५ सदस्यीय जिल्ला भेला आयाेजक कमिटी गठन गरियकाे छ ।अधिवेशनमा इन्चार्ज अनन्त र धमिलले बर्तमान परिस्थिति, राष्ट्रि...
काठमाडौं ।समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन् ।
शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६/६ महिनामा आलाेपालाे गर्ने समझदारी गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
सामान्यतया यो मोर्चाको ६/६ महिनामा अध्यक्षता गर्ने । एक जना (दल) ले ६ महिना गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको छ । यो सबैको टुंगो आउँदो बैठकले गर्नेछ, लगभग समझदारी त्यही छ । समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ’ बैठकपछि पत्रकारहरुसँग उनले भने ।
यसअघि मोर्चामा नेतृत्व आलोपालो गर्ने समझदारी भए पनि कति कति समयमा नेतृत्व गर्ने भन्ने तय भएको थिएन ।
शनिबारको बैठक माधव नेपालको अध्यक्षतामा बसेको थियो । बैठकले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । ...
काठमाडौं ।प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए ।
बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो ।
एमाले नेता श्रेष्ठले प्रचण्डले प्रधानमन्त्री बन्न भारतको निर्देशन चाहिन्छ, भारतको सल्लाह सुझाव चाहिन्छ भन्ने आशयको अभिव्यक्ति दिएकाले उनी सो पदमा बस्न अयोग्य भएको दाबी ग...
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अनेरास्ववियु(क्रान्तिकारी)काे केन्द्रीय एकताको भेला सम्पन्न भयकाे छ ।
माेहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टी बिच पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनी सकेपछि उक्त पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले पहिलाे केन्द्रीय भेलाकाे आयाेजना गरि सम्पन्न गरेकाे हाे ।
साेमबहार काठमाडौंको घट्टेकुलाेमा रहेकाे कृष्णसेन इच्छुक प्रतिष्ठानको सभाहलमा भयकाे कार्यक्रममा पार्टीका केन्द्रीय कार्यलय सदस्य सिपि गजुरेल , हेमन्त प्रकाश ओली , उदय चलाउने दिपक,संगठनका पुर्व अध्यक्ष सरद रसाइली ,पुर्ण बहादुर सिंह र संगठनका ईन्चार्ज हरिकृष्ण गजुरेलकाे बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भयकाे थियाे । संगठनका संयाेजक मिलन राईको अध्यक्षतामा भयकाे भेलाकाे सं...
ललितपुर ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ,ललितपुर जिल्लाकाे एकता अधिबेशन सम्पन्न गरेको छ ।
आईतवार ललितपुरकाे कुपोन्डोल स्थित पार्टी कार्यलयमा नेकपा(बहुमत) र नेकपा(क्रान्तिकारी माओवादी) बिच ललितपुर जिल्ला स्तर सम्म पुगेर एकता अधिबेशन सम्पन्न गरेको हाे । एकता अधिबेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,ललितपुरको ५७ सदस्यीय जिल्ला समिति समेत निर्माण गरेको छ ।
अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संगठन समितिका ईन्चार्ज हेमन्त प्रकाशओली(सुदर्शन),अतिथिहरु प्रदेश संयाेजक तथा कार्यलय सदस्य अटल,केन्द्रीय सचिवालय सदस्य तथा सहसंयाेजक सार्दुल,काठमाडौं जिल्ला ईन्चार्ज सुरेश लगायतको उपस्थिति थियो भने कार्यक्रमकाे सभापति कगेन्द्र र संचालन दिलले गरेका थिय ।
...
काठमाडौं।काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा बचाउन काँडेतार लगाउनेे भयकाे छ।आइतबार दिउँसो महानगर प्रहरीको टोली सोही क्षेत्र पुगेर दुई दिनभित्र अनाधिकृत संरचना हटाउन दिर्नेशन दिँदै सूचना टाँस समेत गरेको छ।
महानगरपालिकाको ४ नम्बर वडामा पर्ने बालुवाटारस्थित ललिता निवास र त्यसले खर्चेको जग्गामा भवन निर्माण गर्न महानगरपालिकाले स्वीकृति नदिने भएको छ।१४३ राेपनि जग्गा रहेकाे ललिता निवास वरिपरिको जग्गा हाल विभिन्न ब्यक्ति हरुले हिनामिना गरेकाे भन्दै पक्राउ समेत परेका छन । र भाटभटेनि सुपर मार्केट का संचालक मीन बहादुर गुरुङ काे नाममा केही जग्गा रहेकाले उनी अहिले अनुसन्धानका लागि पक्राउ परेका छन ।
अब उक्त जग्गामा बनेका संरचनाको निर्माण सम्पन्नाको प्रमाणपत्र समेत जारी नहुने महानगरपालिकाले एक विज्ञप्तिमार्फत जनाएको छ।
उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक...