९ असार २०८२, सोमबार

पुर्वाधार

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं, अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज  नेपाल भ्रमणमा आउँदै छिन् ।उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ । अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रडो नेपाल आउन लागेको’ उल्लेख गरेको छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकी भ्रमण निरन्तर ...

सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
१२ असोज,  । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका छन्ली । उनीहरू सबैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । मृत्यु हुने सबै एउटै गाउँका बासिन्दा हुन् । बाँकेको ढकेरीबाट बिहेको भोज खाएर फर्कंदै गर्दा रा१ज ५६३ नम्बरको जीप सल्यान कपुरकोट-३ मुलपानीमा बिहान ३ बजे दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते भएका कपुरकोट गाउँपालिका-६ जलबाँङका ३५ वर्षीय तिलक वली रहेका छन् । उनको उपचार दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ । जीप १५० मिटर...

सामुदायिक रेडियो नलगाड एफएम उद्घाटन

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर मंगलबार रेडियोको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नलगाड नगरपालिका–४ खानटाकुरामा रहेको सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय समितिका संयोजक काली बहादुर खत्रीले गरेका थिए । २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो नलगाड एफएम कर्णाली प्रदेशकै उच्च प्रसारण क्षमताको रेडियो हो । जनादेश संचार केन्द्रद्धारा संचालित सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति जाजरकोटका संयोजक काली बहादुर खत्री, नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरी, जिल्ला प्रहरी प्रमुख सन्तोष निरौला, नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंह, नेपाली काँग्रेस जाजरकोटका सभापति बेदराज सिंह, ...