११ श्रावण २०८१, शनिबार

जाजरकोटमा जिप दुर्घटना :११ जनाकाे मृत्यु र १ जना घाईते

जाजरकोट ।मध्यपहाडि पुष्पलाल राजमार्ग अन्तर्गत छेडागाँड नगरपालिका वडा न.४ र ५काे बिचमा  पर्ने भिरवाटी भिरमा आज अपरान्ह ४: ४५ बज्जे कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको बाेलेराे  जिप चुवाँ गाउबाट थलह बजार आउने क्रममा दुर्घटना हुदा ९ जनाकाे घटनास्थलमै र २जनाकाे उपचारका क्रममा बाटोमै  मृत्युु भयकाे छ भने एक जना गम्भीर  घाईते भएका छन। मृत्युु हुनेमा दैलेख भगवतीमाई गाउपालिका २ का  चालक मान बहादुर रावत ,साेहि पालिका ३ का  बिरेन्द्र केसि , अमर बहादुर खड्का जाजरकोट  छेडागाँड नगरपालिका ६ का वीर बहादुर खत्रि , वडा न ५ का जैकुरा बुढा,नैनसरा अधिकारी , राम बहादुर बुढा , देविसरा बुढा , दिपक अधिकारी , निशा अधिकारी ,अम्मर अधिकारी रहेका छन ।

जिप सडक देखि ३ सय मिटर तल झरेकाे छ र मृतक र घाईतेहरुलाई उद्दार भईरहेकाे जाजरकोट बाट गाेबिन्द चन्द ले बताउनु भयाे ।

तुफान न्युज डटकम परिवार यश  दुखद घटनामा परि मृत्युु हुने सबैमा हार्दिक श्रद्धाञ्जली र घाइते काे सिघ्र स्वास्थ्य लाभकाे कामना ब्यक्त  गर्दछाै ।