११ श्रावण २०८१, शनिबार

काभ्रे मा बस दुर्घटना : १८ जनाकाे ज्यान गयाे २१ घाईते ।

२७ मंसिर, काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा  बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८  पुगेको छ र २१ जना घाइते भयका छन ।१३ जनाकाे घटनास्थलमै र ५ जनाकाे उपचार लिदै गर्दा बाटाेमै ज्यान  गयकाे वेथानचाेक गाउपालिकाका अध्यक्ष भगवान अधिकारीले बताय  ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी जम्मा १८  जनाको मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।
बसमा सवार कति थिए भन्ने यकिन नभएको पाण्डेको भनाइ छ । दुर्घटनाको कारण पनि खुलेको छैन ।
घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको प्रजिअ पाण्डेले बताइन् ।
यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले दुर्घटनाका घाइतेहरुलाईरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोत साधन आवश्यक पर्ने भए मन्त्रालयमा लेखी पठाउन समेत गृहमन्त्रीले निर्देशन दिएको उनका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए ।