२३ भाद्र २०८१, आईतवार

सुकुम्बासी बस्ति हटाउने बारे मेयर बालेन्द्र शाह र प्रधानमन्त्री देउवा बिच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

बागमती नदी किनारका बस्ती हटाउनेबारे छलफल गर्न मेयर शाहले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन्। मेयर बालेन्द्रका स्वकिय सचिव भूपदेव शाहका अनाधिकृत रुपमा बसोबास गरिरहेकाको व्यवस्थापनको तयारी महानगरपालिकाले गरिरहेको छ ।

अनाधिकृत रुपमा बसोबास गरिरहेकाको व्यवस्थापनको तयारी महानगरले गरिसकेको छ ।

सरकारले महानगरलाइ अहिले सम्म अनाधिकृत रुपमा बसोबास गरिरहेका बस्ती किन महानगरले खाली नगरेको भन्नू पर्ने हो । तर महानगरले आफै अग्रसरता देखाउदा सरोकारवाला मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी बलहरु र सम्बद्ध निकाय किन मौन? सो को जानकारी लिन मेयर ज्यु प्रधानमन्त्री लाई भेट्न प्रम निवास बालुवटारमा निकै समय वेट गरेर भेट्नको लागि प्रतीक्षा गर्दै,’ प्रधानमन्त्री निवास बालुवाटारमा मेयर बालेन्द्र प्रतिक्षा गरिरहेको तस्बिर सार्वजनिक गर्दै शाहले भनेका छन्।

बस्ती हटाउनेबारे छलफल गरेर निर्णय लिइने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।