१८ बैशाख २०८३, शुक्रबार

स्वास्थ

बर्दियामा एम्बुुलेन्सको ठक्करबाट एक जनाको मृत्यु,दुई घाईते

बर्दियामा एम्बुुलेन्सको ठक्करबाट एक जनाको मृत्यु,दुई घाईते

Breaking News, यातायात, राष्ट्रिय, समाचार, स्वास्थ
बाँके - बाँकेको कोहलपुरबाट राजापुर फिर्ता भईरहेको एमबुलेन्सले चार जनालाई ठक्कर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भयका छन् । आईतवार बिहान गुलरिया ७ स्थित वन डिभिजन कार्यालय नजिक एम्बुलेन्सले चार जनालाई ठक्कर दिएको थियो । दुर्घटनामा पर्दा ५२ बर्षिय भुमि लामिछानेकाे मृत्यु भईसकेको प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए । प्रहरीका अनुसार मृतक भुमिलामिछानेकि पत्नि सिता लामिछाने र अर्का घाईते सुर्य उपाध्यायको नेपालगंज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । चार जना योग गर्न आयुर्वेद अस्पताल जाने क्रममा सडक पार गर्दा तिब्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको हो । एम्बुलेन्सकाे ठक्करबाट मृत्यु हुने लामिछाने योग गुरु हुन भने एकै परिवारको याे घटनाले यतिवृला बर्दिया गुलरिया साेकमा डुबेकाे छ । ठक्कर दिएर फरार एम्बुलेन्सललाई प्रहरीले करिब १५ किलोमिटर मधुवन नगरपालिका बाट नियन्त्रण...
जाजरकोट छेप्कामा सिलिन्डर ग्यास लिक भएर आगलागी ३ जना घाइते

जाजरकोट छेप्कामा सिलिन्डर ग्यास लिक भएर आगलागी ३ जना घाइते

Breaking News, मनाेरन्जन, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :जिल्लाको नलगाड नगरपालिका–२, छेप्कामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा तीन जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान आगलागी हुँदा घाइते हुनेमा नलगाड नगरपालिका –२ छेप्काका माया जैसी, रुपा जैसी र रमेश गौतम रहेकाे ईलाका प्रहरी कार्यालय दल्लिले जानकारी दियकाे हाे । घाइतेहरुकाे नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर भएकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धारको लागि सम्बन्धित निकायमा माग गरिएको प्रशासकीय अधिकृत दिपेन्द्र शाहीले बताए । केही समयमै उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आउने जानकारी आएको शाहीले बताए ।...
“सडकदेखि सदनसम्मका नागरिकको उपचार” अभियान: ॐ समाज डेण्टल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

“सडकदेखि सदनसम्मका नागरिकको उपचार” अभियान: ॐ समाज डेण्टल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

स्वास्थ
राजन थापा   काठमाडौं / समाजका सबै वर्गका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यका साथ ॐ समाज डेण्टल अस्पतालले सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। “सडकदेखि सदनसम्मका मानिसको उपचार” भन्ने मूल नारालाई आत्मसात गर्दै अस्पतालले प्रत्येक महिनाको विभिन्न स्थानमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ। यसै अभियानअन्तर्गत आज बनस्थली चोकमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बृद्धबृद्धा, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूले समेत उपचार सेवा लिएका छन्। शिविरमा सहभागी भएका ४० वर्षीय कुर्सिद आलमले आफूजस्ता अपाङ्गता भएका व्यक्तिका लागि यस्तो सेवा निकै उपयोगी भएको बताए। उनले भने, “हामीजस्ता अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य सेवा लिन कहिलेकाहीँ धेरै कठिन हुन्छ। तर ॐ समाज डेण्टल अस्पतालले आयोजना गरेको शिविरमा सहज रूपमा सेवा ...
वायु प्रदूषणको स्तर बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध  

वायु प्रदूषणको स्तर बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध  

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
काठमाडौं : काठमाडौंलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न, आफ्नो वरिपरि आगो लगाएर फोहोर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ । विशेषतः बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएकाहरुले थप सावधानी अपनाउन अनुरोध गर्दै प्रहरीले नियमित मास्कको अनिवार्य प्रयोग गर्न पनि भनेको छ । श्वासप्रश्वाससम्बन्धी कुनै समस्या आएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न अनुरोध गरेको पनि प्रवक्ता काफ्लेले बताए । मौसममा आएको बदलीसँगै नेपालमा पनि प्रदूषणको मात्रा बढिरहेको छ । उपत्यकालगायत सहरी क्षेत्रमा बढी प्रभाव देखिएको छ । यो समयमा स्वास्थ्यको विशेष ख...
सुर्खेतमा इनिशा मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवारको प्रदर्शन

सुर्खेतमा इनिशा मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवारको प्रदर्शन

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
सुर्खेत :विरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार तथा आफन्तले बुधवार वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । २३ फागुन शनिबार बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित सहिद पार्कनजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन् । उनीसँगै रहेका वीरेन्द्रनगर–९ का अनमोल गौलीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो । मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा गौलीसहित थप चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार, घटनाबारे विस्तृत अनुसन्धान जारी रह...
निजी स्वास्थ्य क्षेत्रको अग्रणी संस्था ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल मा नेतृत्वको निरन्तरता : इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि निर्वाचित

निजी स्वास्थ्य क्षेत्रको अग्रणी संस्था ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल मा नेतृत्वको निरन्तरता : इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि निर्वाचित

समाचार, स्वास्थ
काठमाडौँ /  निजी स्वास्थ्य क्षेत्रमा प्रभावशाली उपस्थिति बनाएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा नेतृत्वको निरन्तरता कायम भएको छ। व्यवस्थापन क्षमता, आर्थिक सुधार र दीर्घकालीन रणनीतिक दृष्टिका कारण चर्चामा रहेका इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको छ। बिहीबार सम्पन्न १४ औँ वार्षिक साधारणसभाले उहाँलाई पुनः चार वर्षका लागि जिम्मेवारी सुम्पिएको हो। स्थापनाकालदेखि नै अस्पतालको नेतृत्व सम्हाल्दै आउनुभएका कुँवरको पुनर्निर्वाचनलाई स्वास्थ्य क्षेत्रभित्र ‘स्थायित्व र रणनीतिक निरन्तरताको संकेत’ का रूपमा हेरिएको छ। चौँथो कार्यकालका लागि निर्वाचित भएपछि अध्यक्ष कुँवरले अस्पताललाई ‘विश्वस्तरीय उपचार सेवाको गन्तव्य’ बनाउने प्रतिबद्धता दोहोर्‍याउनुभयो। उहाँले सेवा गुणस्तरमा थप सुधार, अत्याधुनिक उपकरण विस्तार, विशेषज्ञ चिकित्सकको संख्या वृद्धि ...
पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशाेक

पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशाेक

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं : पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचाररत रहँदा उनको निधन भएको हो । डा. भट्टराईको सचिवालयका अनुसार, उनको अन्त्यष्टि आज बिहान ११ बजे पशुपति विद्युत् शवदाह गृहमा हुनेछ ।...
पत्रकार दिनेश सिटौलाकाे निधन

पत्रकार दिनेश सिटौलाकाे निधन

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुन: प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोज...
ॐ समाज डेण्टल अस्पतालद्वारा चाबहिलमा अत्याधुनिक सुविधा, अब जटिल मुख–अनुहार शल्यक्रियाका लागि विदेश जानु नपर्ने

ॐ समाज डेण्टल अस्पतालद्वारा चाबहिलमा अत्याधुनिक सुविधा, अब जटिल मुख–अनुहार शल्यक्रियाका लागि विदेश जानु नपर्ने

स्वास्थ
राजन थापा काठमाडौं । नेपालमा पहिलो पटक मुख, दाँत, जबडा (अजुहार), अनुहार तथा घाँटीसम्बन्धी सबै जटिल शल्यक्रियाका लागि पूर्ण रूपमा समर्पित नेपालमै पहिलो समर्पित मुख तथा अनुहार काे म्याक्सिलोफेसियल अस्पताल निर्माण हुने भएको छ। दन्त स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील ॐ समाज डेण्टल अस्पतालले काठमाडौंको चाबहिल (चिसाबेल) क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको हो। यो अस्पताल सञ्चालनमा आएपछि विशेष उपचारको अभावमा भारत, थाइल्याण्डलगायत तेस्रो मुलुक जान बाध्य हुँदै आएका हजारौं नेपाली बिरामीहरूका लागि ठूलो राहत र नयाँ आशाको केन्द्र बन्ने विश्वास गरिएको छ। नेपालमा मुख तथा अनुहार म्याक्सिलोफेसियल सेवाको सुरुआत त्रिवि शिक्षण अस्पताल (टीयू शिक्षण अस्पताल)बाट भए पनि यस क्षेत्रका लागि छुट्टै, पूर्णरूपमा समर्पित, आधुनिक र विशेषज्ञस्तरीय अस्पता...
नेपालका चर्चित गायक एवम् नायक प्रशान्त तामाङको मृत्यु भएको छ

नेपालका चर्चित गायक एवम् नायक प्रशान्त तामाङको मृत्यु भएको छ

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :नेपालका चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । तामाङको निधनप्रति गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्‍यो । प्रिय प्रसान्त तामाङ हामी बीच रहनु भएन छ । उफ्.. वैकुण्ठमा बास होस् ।’ त्यस्तै, संगीतकार अर्जुन पोखरेलले पनि दुःख व्यक्त गर्दै लेखेका छन्,‘नेपाली मन मुटुमा बस्न सफल प्रशान्त खड्का हामी माझ रहेनन् भन्ने खबर आयो । मन भारी भयो अति नै नरमाइलो लाग्यो । यो खबर असत्य होस भन्छु , आत्माको चिर शान्तिको कामना गर्दछु ।’ प्रशान्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो ।...