बाँके – बाँकेको कोहलपुरबाट राजापुर फिर्ता भईरहेको एमबुलेन्सले चार जनालाई ठक्कर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भयका छन् ।
आईतवार बिहान गुलरिया ७ स्थित वन डिभिजन कार्यालय नजिक एम्बुलेन्सले चार जनालाई ठक्कर दिएको थियो । दुर्घटनामा पर्दा ५२ बर्षिय भुमि लामिछानेकाे मृत्यु भईसकेको प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक भुमिलामिछानेकि पत्नि सिता लामिछाने र अर्का घाईते सुर्य उपाध्यायको नेपालगंज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । चार जना योग गर्न आयुर्वेद अस्पताल जाने क्रममा सडक पार गर्दा तिब्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको हो ।
एम्बुलेन्सकाे ठक्करबाट मृत्यु हुने लामिछाने योग गुरु हुन भने एकै परिवारको याे घटनाले यतिवृला बर्दिया गुलरिया साेकमा डुबेकाे छ । ठक्कर दिएर फरार एम्बुलेन्सललाई प्रहरीले करिब १५ किलोमिटर मधुवन नगरपालिका बाट नियन्त्रणमा लिईसकेको छ । र घटनाबारे थप अनुसन्धान भईरहेकाे छ ।
