३० जेष्ठ २०८३, शनिबार

समाचार

नेपाली बजारमा बिहीबार सुनको भाउ बढ्यो ३०० रुपैयाँ

समाचार
काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।   बिहीबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। ...
३४ वर्ष अघिको ज्यान मुद्दामा दम्पती पक्राउ 

३४ वर्ष अघिको ज्यान मुद्दामा दम्पती पक्राउ 

समाचार
काठमाडौं । ३४ वर्ष अघिको एउटा कतर्व्य ज्यान मुद्दामा तीन वटै अदालतबाट २० वर्ष कैद सजाय तोकिएका एक दम्पतीलाई प्रहरीले पक्राउपछि बुधबार सार्वजनिक गरेको छ।   साबिक हाँसिपुर गाविस वडा नं. १ र हालको राजपुर गाउँपालिका–९ घर भएका ८१ वर्षीय जितबहादुर नेपाली र उनकी ५६ वर्षीया श्रीमती नमी दमेनी दम्पतीलाई प्रहरीले फागुन १९ गते कपिलवस्तुबाट पक्राउ गरी दाङ ल्याएको थियो।   २०४७ /११/०२ गते यो दम्पतीले बच्चा जन्माई हत्या गरी खाडल खनी बारीमा पुरी फरार भएको अभियोग थियो।   सोही कतर्व्य ज्यान मुद्दामा जिल्ला अदालतले २०५७/०६/०९ गते सर्वश्वसहित जन्म कैदनको फैसला सुनाएको थियो। त्यसपछि तत्कालीन पुनरावेदन अदालत तुलसीपुरबाट २०५९/०२/०६ गते जन्मकैद २० वर्ष फैसला सुनाएको थियो। त्यस्तै सर्वोच्च अदालतले २०६१/०४/१४ गते २० वर्ष कैद सजाएको फैसला सदर गरेको थियो।   त्यो सम...
नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम

समाचार
काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक घटेको छ।   नेप्से २.७० अंकले घटेर २८१८.४३ विन्दुमा झरेको हो। बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ।     गत कारोबार दिन अर्थात् बुधबार १० अर्ब ९७ करोडको सेयर कारोबार भएकोमा बिहीबार १० अर्ब १० करोडको कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा ८७ करोड रूपैयाँ कमी आएको हो। आज ३१० वटा धितोपत्रको एक करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै १२ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन भुगोल इनर्जी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।     उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ७४३ रूपैयाँ ६० पैसा र एक हजार ६७२...
पत्रकारको पास निलम्वन गरेकोप्रति राष्ट्रिय अनलाइन पत्रकार संघको ध्यानाकर्षण

पत्रकारको पास निलम्वन गरेकोप्रति राष्ट्रिय अनलाइन पत्रकार संघको ध्यानाकर्षण

समाचार
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रश्न सोधेका आधारमा पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्वन गरेकामा राष्ट्रिय अनलाइन पत्रकार संघको ध्यानाकर्षण भएको छ । पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाललाई भएको जनाउँदै काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्वन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न  सङ्घीय संसद्समक्ष आग्रह गरेको संघका अध्यक्ष  मुकुन्द ढुंगानाले बताउनुभयो । प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको भन्दै सङ्घीय संसद् सचिवालयले उनीहरूको पास निलम्वन गरेको संघले जनाएको छ । ...
प्रेस सेन्टर नेपाल जाजरकोटकाे अध्यक्षमा लाेकेन्द्र बिक्रम शाही निर्वाचित

प्रेस सेन्टर नेपाल जाजरकोटकाे अध्यक्षमा लाेकेन्द्र बिक्रम शाही निर्वाचित

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट :नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल जाजरकोट शाखाको अध्यक्षमा लोकेन्द्र विक्रम शाही सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनको पाँचौं जिल्ला अधिवेशन बाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन्, उपाध्यक्षमा निर्मला थापा, सचिवमा मोहनजंग शाही, सह सचिवमा जुना परियार र मधुकर नेपाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले जानकारी दिए । कोषाध्यक्ष र अर्काे उपाध्यक्ष पद खाली राखिएको छ । जसमा केही भूगोल मिलाएर पहिलो बैठक बाट निर्वाचित गरिने जनाईएको छ । १७ सदस्सीय जिल्ला कमिटी निर्वाचित गरिएको छ ।...
कालेगाँउमा ट्याक्टर दुर्घटना ४ जना घाइते

कालेगाँउमा ट्याक्टर दुर्घटना ४ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोट कालेगाँऊमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । भे २ त १६७३ नम्बरको ट्याक्टर भेरी नगरपालिका १ कालेगाउँ बराको मन्दिर नजिकै भएको दुर्घटनामा परि छेडागाड नगरपालिका ५ का वर्ष १८ का बालकृष्ण परियार, भेरी नगरपालिका ४ रानागाउँका वर्ष २१ का प्रकाश बादी, कुशे गाउँपालिका ५ खुर्पाका वर्ष २५ का भीम परियार र भेरी नगरपालिका ६ का धर्मराज खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । खलङ्गाबाट निर्माण सामाग्री लगेर कालेगाउँ तर्फ जाँदै गरेको ट्याक्टर अन्दाजी बिहान ८:३५ बजेको समयमा ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ, भने घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।...
काभ्रेबाट रारा घुम्न आएका एक पर्यटकको मृत्यु

काभ्रेबाट रारा घुम्न आएका एक पर्यटकको मृत्यु

समाचार
काठमाडौं । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए ।   जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । चेकजाँच पछि शरीरमा अक्सिजनको कमी छ आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा उनले नमानेको अस्पतालले जनाएको छ । चेकजाँच पछि सल्लेरी फर्किएको तर सोमबार बिहान ६ बजेतिर उनलाई साथीहरूले एम्बुलेन्समा लिएर आएका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको  चिकित्सक शाहीले जानकारी दिए । उनका अनुसार भुवनमा मोटोपन थियो । हिमपात भएको बेला, चिसो मौस...
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षकको मृत्यु

सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षकको मृत्यु

समाचार
काठमाडौं । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को मृत्यु भएको छ ।   पीएसओ सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको हो । बझाङको मस्टा गाउँपालिका-७ घर भएका ३४ वर्षीय बोहरालामो समयदेखि सभामुखका अंगरक्षक थिए ।   उनी सवार स्कुटर सोमबार धनगढी-अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका-२ मा दुर्घटना भएको थियो । ...
मनकामना दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना, एक जनाको मृत्यु

मनकामना दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना, एक जनाको मृत्यु

समाचार
काठमाडौं । गोरखाको मनकामना मन्दिर दर्शन गरी फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटनामा परेको छ।   सोमबार बिहान शहीद लखन गाउँपालिका वडा नम्बर ३ कन्टारमा गाडी दुर्घटनामा परेको हो।   सडकबाट गाडी खोल्सामा खस्दा एक जनाको मृत्यु भएको छ। १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।   गाडीमा सवार रहेका चितवनको खैरहनी नगरपालिका २ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको प्रहरी नायव निरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए।   ...
दुई दिनको वर्षापछि काठमाडौंको तापक्रम वृद्धि

दुई दिनको वर्षापछि काठमाडौंको तापक्रम वृद्धि

समाचार
काठमाडौं । गत शुक्रबार र शनिबार भएको वर्षापछि काठमाडौंमा तापक्रम वृद्धि भएको छ भने मौसम पनि खुलेको छ ।   प्रदुषण कम भएको कारण काठमाडौं उपत्यका र आसपासमा देखिने हिमालहरु पनि सुन्दर देखिएका छन् ।