सुर्खेतमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न
सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) सहितका ४ दलको संयुक्त आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा निर्वाचन बहिष्कार तथा अबज्ञा सभा सम्पन्न भएको छ । नेकपा(क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा सम्पन्न उक्त सभामा चार पार्टीका नेताहरुले सम्बोधन गर्दै निर्वाचन अवज्ञा तथा बहिस्कारको बारेमा आआफ्नो धारणा राखेका थिय ।
सभामा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देजमोका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले आसन्न संसदीय व्यवस्थाको निर्वाचनको कुनै औचित्य नरहेको र यो चुनाव राष्ट्रको ढुकुटि सक्ने, जनता र देशलाई कमजोर बनाउन अर्बौ रकम खर्च गर्ने जनराष्ट्रघाती भएको भन्दै यो चुनाव अवज्ञा तथा बहिस्कार गर्नुपर्ने बताए ।
नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’, ले यो संसदीय चुनाव जनताक...