१ असार २०८३, सोमबार

समाचार

मिडियासंग किन तर्सिदैछ स्थानिय सरकार ?

मिडियासंग किन तर्सिदैछ स्थानिय सरकार ?

राष्ट्रिय, समाचार
काठमाडौं । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारिभएपछि भएको स्थानियतहको निर्वाचन २०७४ बाट निर्वाचित जनप्रतिनिधिहरुले जुन रुपमा मिडिया संगको सहकार्यमा आफ्नो कार्यसम्पादनको प्रकृया र त्यसबाट आम नागरिकलाई पुगेको सेबासुबिधाको बारेमा चर्चा गर्ने गरेका थिए, पछिल्लो समय यसको ठ्याक्कै उल्टो भएको पाईएको छ । स्थानिय सरकारको अधिकारक्षेत्र भित्र पर्ने वा स्थानिय सरकार संचालन ऐन २०७४ले दिएका अधिकारहरु प्रयोग गरेर बिनियोजन गरिएका बार्षिक बजेट र त्यसको कार्यन्वयन प्रकृयामा ठुलो अन्तर रहेको कारण महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा धेरै बेरुजु देखिएपछि स्थानिय सरकार मिडिया संग तर्सिएको हो । स्थानिय नागरिकको आवश्यकताको आधारमा बजेट शिर्षक हेरफेर र रकमान्तरबाट गरिएको बजेट खर्चको कारण बेरुजु देखिएको रकम फरफारक गर्न स्थानिय सरकारलाई हम्मे हम्मे मात्र परेको नभई नीतिगत भ्रष्टाचार गरेको समेत आरो...
शीतलहरले तराईको जनजीवन प्रभावित

शीतलहरले तराईको जनजीवन प्रभावित

समाचार
काठमाडौं। विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो ।   निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर– ७ का वीरेन्द्र शर्माले बताए । चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ । बाक्लो कुहिरोका कारण यातयातका कमै चल्न थालेका छन् । यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेको र बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेको जलेश्वर नगरपालिका–१ का ...
अध्यादेश ल्याउनेसहित यस्ता छन् मन्त्रिपरिषदका निर्णय

अध्यादेश ल्याउनेसहित यस्ता छन् मन्त्रिपरिषदका निर्णय

समाचार
काठमाडौं। सरकारले सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनालाई संशोधन गर्न बनेको आध्यादेश २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। गत पुस २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न अध्यादेशहरू ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।   साथै समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकवाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड रुपैयाँ बराबरको) अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरूङले बताए। बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गुरूङले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादे...
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा

दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा

समाचार
काठमाडौं। जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरु सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।   गए राति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा २१ केजी चार सय ६० ग्राम चरेस, तीन केजी चार सय ७० ग्राम अफिमसहित कारमा सवार भारतीय हरियाणा राज्री जिल्ला हिसार गोविन्दनगर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।   साथै आज बिहान ५ः३० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा चितवनबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डिएल १३ सी १५६१ को कार जाँच गर्दा एक सय एक केजी गाजासहित पर्सा वीरगञ्ज महान...
रवि लामिछानेलाई आज फेरि न्यायीक हिरासतमा राखिने

रवि लामिछानेलाई आज फेरि न्यायीक हिरासतमा राखिने

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछानेलाई आज न्यायीक हिरासतमा पठाईएको छ । स्वर्णलक्ष्मी सहकारी घोटालाका प्रतिवादी उनलाई काठमाडौँ जिल्ला अदालतले न्यायिक हिरासतमा पठाउने आदेश दिएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासको आदेश बमोजिम लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याईयकाे थियाे । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले बिहीबार ६५ लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछानेको ८४ दिन लामो हिरासत बसाई अन्त्य भएको थियो । आज बयानका लागि आफैँ जिल्ला अदालतमा उपस्थित भएका उनको थुनछेक बहस नसकिएकाले प्रहरीको जिम्मा लगाइएको हो । उनलाई भर्खरै काठमाडौं जिल्ला अदालतबाट प्रहरील...

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत

समाचार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ। जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्। काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो।   लामिछानेको हकमा सरकारी वकिलले पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ बिगो मागदाबी गरेको छ। सहकारीबाट गोर्खा मिडियामा उक्त रकम गएको भन्दै सञ्चालकद्वय जिबी राई र रविको हकमा बिगो मागदाबी गरेको हो। रास्वपा सभापति लामिछानेलाई जिल्ला प्रहरी परिसर काठम...
का.म.न.पा.का प्रमुख बालेनले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताए

का.म.न.पा.का प्रमुख बालेनले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताए

समाचार
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताएका छन् । आज बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगका भेटमा उनले यस्तो बताएका हुन् ।   ‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो । अहिले यो अवस्थाको आभाष हुन सकेन ।’ उनले भने, ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नु पर्ने भए प्रदेश सरकार किन चाहियो? सुकुम्बासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुनःस्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ । यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ? स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । त्यसो हुन सकेन ।’ ...
शनिबारको तुलनामा घट्यो काठमाडौंको न्यूनतम तापक्रम

शनिबारको तुलनामा घट्यो काठमाडौंको न्यूनतम तापक्रम

समाचार
काठमाडौं। शनिबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम हल्का घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ।   शनिबार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो। आइतबारदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव  काठमाडौंमा पनि हल्का पर्ने मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। त्यसको प्रभावले  दिउँसो काठमाडौंमा हल्का बादल लाग्ने पूर्वानुमान छ। त्यसले  अधिकतम तापक्रम केही घट्ने मौसमविद् महर्जनले बताइन्। आइतबार काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।   काठमाडौंमा साँझ खण्डित वर्षा हुने पूर्वानुमान पनि छ। 'माथिल्लो भूभागमा साँझ खण्डित वर्षा हुने सम्भावना छ। वर्षा छिटपुट हुने देखिन्छ,' मौसमविद् मह...
काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरू

काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरू

समाचार
काठमाडौं। काठमाडौंको स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी ठगी प्रकरणमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सुरू भएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधव अधिकारीको इजलासमा लामिछानेको बयान सुरू भएको हो। बयान सकिएपछि  थुनछेक बहस सुरू हुने स्रेस्तेदार रामु शर्माले जानकारी दिए।   लामिछाने आइतबार बिहान साढे ९ बजे नै अदालतमा हाजिर भएका थिए। यसअघि बिहीबार कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटीमा छाडेको थियो। उक्त आदेशपछि काठमाडौंमा उनी आफै हाजिर हुने गरी हिरासतमुक्त भएका थिए।   स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको अभियोगपत्रमा खुलाइएको छ।  उक्त रकम अपलचनमा सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्द...
सर्जकहरुको कृति माथि परिचर्चा र साहित्यिक यात्रामा लोमश वाङ्मय प्रतिष्ठान

सर्जकहरुको कृति माथि परिचर्चा र साहित्यिक यात्रामा लोमश वाङ्मय प्रतिष्ठान

अर्थवाणिज्य, मनाेरन्जन, संस्कृति, समाचार
काठमाडौं । बिधिवत रुपमा दर्ता भएर छोटो समयमा साहित्यिक उत्थानको क्षेत्रमा आफ्नो प्रभावकारीता जमाउन सफल संस्था लोमश वाङ्मय प्रतिष्ठानले सर्जक जगदीश्वर पोखरेलको “पद्यकुञ्ज”माथि परिचर्चा तथा छन्द विशेष कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे “ अटल ”को सभापतित्वमा सम्पन्न कार्यक्रममा डा.अमर गिरीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम प्रतिष्ठानका सचिव नवीन पल्लवले सन्चालन गर्नु भएको थियो । प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेज, तार्केश्वर ,शान्तिटोलको शभाहलमा भएको कार्यक्रममा सोहि स्कुलका प्राचार्य कमल प्रसाद ज्ञवालीले सबैलाई स्वागत मनतव्यबाट स्वागत गर्नु भएको थियो । आयोजक संस्थाको तर्फबाट कार्यसमिति सदस्य अप्सरा के.सी.ले स्वागत मनतब्य राख्दै साहित्य प्रेमी सबैमा हार्दिक अभिवादन व्यक्त गर्नु भयो । कार्यक्रममा त्रिशुली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्रमान...