काठमाडौं । प्युठानमा नवजात शिशुको शव फेला परेको छ ।
सरुमारानी गाउँपालिका-२ दर्भानमा आज सालनालसमेत नकाटिएको शिशुको शव फोहोर फाल्ने डस्टविनमा भेटिएको हो ।
प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
काठमाडौं । कपिलवस्तुमा दुइटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
बुधबार राती साढे १० बजेतिर कपिलवस्तुको वाणगंगा नगरपालिका-११ स्थित भित्री सडकखण्डमा लु १० प ४४९६ र यूपी ५५ ए एच ७०९० भारतीय नम्बरप्लेटको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुई मोटरसाइकल ठोक्किँदा रुपन्देहीको सैनामैना नगरपालिका-४ का २७ वर्षीय रोमन थारु र कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए।
थारु नेपाली नम्बर प्लेट र अली भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार थिए।
दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको डिएसपी अधिकारीले जानकारी दिए। अलीको भैरहवा मेडिकल कलेज र थारुको सिद्धार्थ सिटी अस्पतालमा मृत्यु भएको हो।
सोही दुर्घटनामा ...
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
बुधबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका एक कर्मचारीले जानकारी दिए। यद्यपि आदेश सुनाउन भने बाँकी छ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।
यसअघि जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो।
पोखराको सुर्यदर्शन सहकारीको बचत गैरकानुनी रूपमा गोर्खा मिडियामा आएको देखिएको थियो। सुर्यदर्शनको मुद्दामा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतले आदेश दिएको थियो।
विभिन्न सहकारीबाट लामिछाने ...
काठमाडौँ । मुख्य सचिव एकनारायण अर्यालले सरकारले अध्यादेश जारी गर्नुपर्ने कारणबारे प्रस्ट्याएका छन् ।
बुधवार प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यसचिव अर्यालले पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ अध्यादेश जारी गर्न सिफारिस गरेको बताए ।
‘२९ वटा ऐन संशोधनका लागि सिफारिस भएकामा ती सबै जारी भएका छन्’ मुख्यसचिव अर्यालले जानकारी दिए ।
उनले अध्यादेश जारी गर्नुपर्ने कारणमा सुशासन कायम गर्न, सरकारी कामकाजको ढिलासुस्ती अन्त्य गर्न, आर्थिक क्षेत्रलाई चलायमान बनाउन, विकास निर्माणको गतिलाई तीव्रता दिन रहेको बताए ।
साथै उनले सरकारी लगानीको प्रतिफल वृद्धि, स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्न, सुकुम्वासी र अव्यवस्थित बसोबासको समाधान गर्न अध्यादेश सहयोगी बन्ने बताए ।
...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आफू विरुद्धको मुद्दा खारेज हुनुपर्ने जिकिर गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसका क्रममा उनले सो कुरा बताएका हुन् ।
यो मुद्दाको प्रक्रिया नै पूरा नभएकाले यसलाई खारेज गर्नुपर्ने न्यायाधीशसमक्ष लामिछानेको तर्क थियो । प्रक्रिया पूरा नहुँदा आफ्नो नागरिकता खारेज भएको स्मरण गराउँदै उनले यो मुद्दामा सोही तरिकाले आएकाले यसलाई खारेज गरिनुपर्ने उनले बताए ।
‘ड्यु प्रोसेस पूरा नगरेको अवस्थामा मेरो नागरिकता खारेज भयो र मैले अर्को नागरिकता लिनुपर्यो,’ उनले भने, ‘प्रक्रिया पूरा नहुँदा के हुन्छ भन्ने नजिर म आफैँ हुँ । यो मुद्दा पनि ड्यु प्रोसेस पूरा नगरी आएको हुँदा यसलाई खारेज गर्नुपर्छ ।’
उनले आफ्नो लोकप्रियताको आधारमा गोर्खा मिडिया नेट...
काठमाडौं। पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिनुभयो । उहाँका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायको क्षति भएको छ ।
आगालागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । आगालगीबाट करिब रु ५० करोड बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिए ।
सबैभन्दा बढी कोशी प्रदेशमा तीन सय ३१ स्थानमा आगलागी भएका छन् । प्रहरीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा दुई सय ६९, बागमतीमा ७०, काठमाडौँ उपत्यकामा एक सय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा एक सय...
काठमाडौं। रक्तचन्दनसहित काठमाडौंको पेप्सीकोलाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर १४ का ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक घर भई पेप्सीकोला बस्दै आएका ४० वर्षीय ज्ञानबहादुर तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो।
रक्तचन्दन कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए।
'उनीहरूको साथबाट ४ सय ६२ किलो रक्तचन्दन फेला परेको थियो, बोरा र डोरी छुट्याएर जोख्दा ४ सय ३२ किलो रक्तचन्दन देखिएको छ,' एसपी आचार्यले भने।
उनीहरूले भारतबाट रक्तचन्दन ल्याएर तिमल्सिनाको कोठामा राखेका थिए। तिमल्सिना भने पेप्सीकोलामा कोठा भाडामा बस्दै आएका थिए। यो रक्तचन्दन कहिले, कसरी ल्याएका थिए र कसका लागि ल्याएका थियो भन्ने खुलिसकेको ...
सुर्खेत : आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, ...
काठमाडौं । नागरिक अभियन्ता,युवा नेता तथा भ्रष्टाचार बिरुद्ध नागरिक अभियानका सचिव मुुकुन्द सिलवालले यदि नागरिक सचेत भएर अर्थपुर्ण खबरदारी गरिरहने हो भने राज्य जिम्मेवार बन्न बाध्य हुने बताएका छन् ।
निर्माणाधिन अवस्थामा रहेको चक्रपथको कलंकी — चाबहिल खण्डमा अत्याधिक धुलो उडेर आम नागरिकको स्वास्थ्यमा गम्भिर असर परेको भन्दैे केहि समय अगाडी नेपाल सरकार वन तथा वातावरण मन्त्रालय , वातावरण बिभागमा दिएको निवेदन माथि कार्बाही प्रकृया अगाडी बढेको जानकारी आए पछि संचारकर्मीहरु संग कुराकानी गर्दै सिलवालले सचेत नागरिकले मात्रै सामाजिक रुपान्तरणको अभियानमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बताएका हुन् ।
विश्वकै उत्कृष्ट संबिधान भन्दै ब्याख्या गरिएको नेपालको संबिधान २०७२ र राज्य सन्चालनमा सहजताल्याउन बनेका ऐन,कानुन,नियमहरुको कार्यन्वयनमा सचेत नागरिकले खबरदारी गर्नु आजको आवश्यकता भए पनि आफुले समर्थ...