काठमाडौं । नागरिक अभियन्ता,युवा नेता तथा भ्रष्टाचार बिरुद्ध नागरिक अभियानका सचिव मुुकुन्द सिलवालले यदि नागरिक सचेत भएर अर्थपुर्ण खबरदारी गरिरहने हो भने राज्य जिम्मेवार बन्न बाध्य हुने बताएका छन् ।
निर्माणाधिन अवस्थामा रहेको चक्रपथको कलंकी — चाबहिल खण्डमा अत्याधिक धुलो उडेर आम नागरिकको स्वास्थ्यमा गम्भिर असर परेको भन्दैे केहि समय अगाडी नेपाल सरकार वन तथा वातावरण मन्त्रालय , वातावरण बिभागमा दिएको निवेदन माथि कार्बाही प्रकृया अगाडी बढेको जानकारी आए पछि संचारकर्मीहरु संग कुराकानी गर्दै सिलवालले सचेत नागरिकले मात्रै सामाजिक रुपान्तरणको अभियानमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बताएका हुन् ।
विश्वकै उत्कृष्ट संबिधान भन्दै ब्याख्या गरिएको नेपालको संबिधान २०७२ र राज्य सन्चालनमा सहजताल्याउन बनेका ऐन,कानुन,नियमहरुको कार्यन्वयनमा सचेत नागरिकले खबरदारी गर्नु आजको आवश्यकता भए पनि आफुले समर्थन गरेको पार्टी र नेतृत्व रिसाउँछ की भनेर मुक दर्शक बनेर बस्ने कार्यकर्ता र ऐन कानुनको बारेमा बुझ्न नचाहने नागरिकको कारण सिमित मानिसहरुले राज्यसत्तामाथि आफ्नो पहुँच राख्न सफल भएको सिलवालको दावी छ ।
सानै उमेर देखि वातारणीय प्रदुषण न्युनिकरणको क्षेत्रमा सकृयतापुर्वक लागेका सिलवाल गत निर्वाचनमा काठमाडौंमा लौरो चुनावचिन्हमा उठेका उम्मेदवार समेत हुन् ।
सहयोगी भावनाका सिलवालले आफ्नो र आफ्नो समुदायको मात्र नभई काठमाडौंका रैथाने तथा स्थानीय नेवाःहरुको पक्षमा बालाजु वाईपासमा भएको आन्दोलनमा समेत सकृय भुमिका र्विाह गरेका थिए भने काठमाडौं उपत्यका लगायत देशै भरि भै रहेको सडक बिस्तार पिडितहरुको आन्दोलन तथा सहकारी पिडितहरुको आन्दोलनमा समेत बिशेष भुमिका निर्वाह गरेका थिए ।
सिलवालले केहि समय अगाडी एउटा लेख मार्फत उत्तरी चक्रपथ खण्डका नागरिकको स्वास्थमाथि गम्भिर असरपरेको भन्दै आन्दोलनको चेतावनी दिनुका साथै बिभिन्न सरोकारवाला निकायहरुमा निवेदन समेत दिएपछि चक्रपथको दायाँ बायाँ साईडको कार्य अगाडी बढाउन कामगरिरहेको ठेकदार कम्पनिलाई प्रेसर परेको थियो ।
उपत्यकामा स्वतन्त्र नागरिक जनजागरण अभियान मार्फत सरसफाई अभियान समेत चलाईरहेका सिलवालले अबकोपालो फोहर ब्यवस्थापन कम्पनि तथा संस्थाहरुले गरेको ज्यादतीको बिरुद्ध लाग्नु पर्ने बताएका छन् ।
एउटै घरको ७ वटा कोठामा अलग अलग कार्ड बनाएर पैसा असुल गर्ने अनि फोहर सेक्रिकेसन चै खोलाको किनारमा गरेर खोला फोहर बनाउने कम्पनि र संस्थाको प्रमाण सहितको विवरण तयार भै सकेकोले अब सम्बन्धित निकाय तथा स्थानिय सरकारलाई झकझक्याउने बेला भएको उनले बताए ।
सचेत गराउँदा गराउँदै पनि अटेर गरेमा त्यस्ता कम्पनि बिरुद्ध अदालतमै मुद्धा दर्ता गर्ने तयारी गरिरहेको सिलवालले जानकारी गराएका छन् ।