१ असार २०८३, सोमबार

समाचार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

समाचार
काठमाडौँ । आफ्नै श्रीमती ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयमा झै-झगडाको क्रममा रूद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
मनहरीमा सवारी दुर्घटना, ८ जना घाइते

मनहरीमा सवारी दुर्घटना, ८ जना घाइते

समाचार
काठमाडौँ । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शनिवार दिउँसो १ बजेको समयमा मनहरी गाउँपालिका–६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा स्कर्पियो र कार आपसमा ठोक्किँदा ८ जना घाइते भएका हुन् ।   जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपियो र चितवन बाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।   दुर्घटनामा घाइते भएका सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ८ जना घाइतेलाई उपचारको लागि चितवनतर्फ पठाएको प्रहरीको भनाई छ । ...
जाडोले कठ्याङ्ग्रिएको सदाय बस्ती

जाडोले कठ्याङ्ग्रिएको सदाय बस्ती

समाचार
  काठमाडौँ । यतिखेर तराई–मधेसमा अत्यधिक चिसो छ । पछिल्ला केही दिनदेखि लागेको कुहिरो र निरन्तर चलेको हावाका कारण चिसो बढेको हो । चिसोले गर्दा सिरहाका विपन्न मुसहर समुदायहरूको जीवन कष्टकर बनेको छ । प्राकृतिक प्रकोपले पनि गरिबलाई कसरी पिरोल्छ भन्ने उदाहरण हो, सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ खोरियाका सदाय (मुसहर) बस्ती । यो बस्ती पूर्वपश्चिम राजमार्ग अन्तर्गत नयाँ चोहर्वादेखि दक्षिण करिब पाँच सय मिटरको दुरीमा छ । जहाँ ६० घर परिवार बस्छन् । बस्तीमा सदायहरु मात्र ४५ घर छन् । बाँकी १५ घर महरा, उराउँ समुदाय छन् । यही बस्तीको एक छाप्रोमा बस्छन्, ६५ वर्षीय शुक्रा सदाय र उनकी श्रीमती जंगली सदाय । शुक्रा क्षयरोगबाट पीडित छन् । श्रीमती जंगली दुवै आँखा देख्दैनन् । उनीहरूका तीन जना छोरीहरू विवाह भएर गइसकेका छन् । शुक्राले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता र चोकमा मा...
पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण

पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण

समाचार
काठमाडौं । काठमाडौंमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ।   ३०३ औं पृथ्वी जयन्तीको अवसरमा बिहानैदेखि काठमाडौंको सिंहदरबारको पश्चिम गेट अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नेको भिड छ। बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माल्यार्पण गरेका थिए। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पृथ्वीनाराय‍ण शाहको शालिकमा माल्यार्पण गरे।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले पनि शालिकमा माल्यार्पण गरे। पृथ्वी जयन्तीकै अवसरमा राप्रपाले भृकुटीमण्डपमा चियापान समारोहको पनि आयोजना गरेको छ। शिब सेना नेपालले भने पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको  माल्यार्पण गरेको छ।...
बुढानीलकण्ठ अप्टिमिस्टिक क्लबद्वारा लागु औषध बारे सचेतना कार्य​क्र​म​, स्वास्थ्य शिविर एवम खाद्यान्न सहयोग

बुढानीलकण्ठ अप्टिमिस्टिक क्लबद्वारा लागु औषध बारे सचेतना कार्य​क्र​म​, स्वास्थ्य शिविर एवम खाद्यान्न सहयोग

समाचार, सुचना संचार
बुढानीलकण्ठ, २०७८ माघ २६ – बुढानीलकण्ठको अप्टिमिस्टिक क्लबले ब्रेनल्यान्ड एकेडेमी हलमा युवाहरूको प्रेरणा, स्वास्थ्य सचेतना, र सामाजिक उत्तरदायित्वको विषयमा केन्द्रित विशेष कार्यक्रमको आयोजना गर्‍यो। ब्रेनल्यान्ड एकेडेमी, पिक प्वाइन्ट स्कूल र नीलोपुलको ब्रेनल्यान्ड एकेडेमीका जुनियर अप्टिमिस्टिक क्लबहरूको सहयोगमा आयोजित यस कार्यक्रममा विद्यार्थी र जुनियर क्लबका सदस्यहरूको सक्रिय सहभागिता रह्यो। कार्यक्रमका मुख्य विशेषताहरू अप्टिमिस्टिक क्लबकी जोन ३ प्रतिनिधि राधा अनुप्रिया (बोहरा)ले प्रमुख मन्तव्य दिँदै सही खानपान र बसाइको आदतको महत्त्वलाई जोड दिनुभयो। उहाँले अप्टिमिस्टिक क्लब र जुनियर अप्टिमिस्टिक क्लबहरूको उद्देश्य तथा समाजमा सकारात्मक र उत्तरदायी सोच विकास गर्ने भूमिकाबारे प्रकाश पार्नुभयो। पिक प्वाइन्ट एकेडेमीका प्रिन्सिपल तथा बु...
भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेन

भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेन

समाचार
  काठमाडौं । सडक निर्माणको माग गर्दै स्थानीयले पटकपटक आन्दोलन गरे। सरकारले पटकपटक म्याद थप गरेर सहजीकरण गरे पनि काम हुने अवस्था नदेखिएपछि अन्ततः सरकारले भक्तपुर—नगरकोट—सिपाघाट सडकको ठेक्का सम्झौता रद्द गरेको छ। भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेन। पटकपटक म्याद थप गर्ने तर ठेकेदारबाट बारम्बार सम्झौता उल्लङ्घन हुन थालेपछि उक्त सडक स्तरोन्नति परियोजनाका लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त सम्झौता सरकारले रद्द गरेको हो। निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्न यसअघि पनि पटकपटक सूचना जारी गरेको थियो। त्यसताका अन्तिममा म्याद थप हुने गरेको थियो। सरकारले अन्तिम पटक मङ्सिर मसान्तसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी १० औं पटक म्याद थप गरे पनि कम्पनीले सोअनुसार कुनै प्रगति गरेन। गत साता निर्देशनालयले ठेक...
एस्काभेटरको ठक्करबाट काठमाडौंमा बालिकाको मृत्यु

एस्काभेटरको ठक्करबाट काठमाडौंमा बालिकाको मृत्यु

समाचार
काठमाडौं । काठमाडौंमा एस्काभेटरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो नागार्जुन नगरपालिका-६ ह्वाइट गुम्बा नजिकै एस्काभेटरको ठक्करबाट बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।   बा.२ क ६०८८ नम्बरको एस्काभेटरको ठक्करबाट सोही नगरपालिका-६ बस्ने पंचकुमारी तामाङकी छोरी ११ वर्षीया अनुसाको मृत्यु भएको हो।   ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लगिएको थियो। त्यहीँ बालिकाको मृत्यु भएको हो।   ...
हेटौंडाको एक होटलमा मृत भेटिए युवक

हेटौंडाको एक होटलमा मृत भेटिए युवक

समाचार
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगर-१० स्थित बसपार्कको होटलमा एक युवा मृत फेला परेका छन् ।   यहाँको चण्डीका होटलमा राक्सिराङ गाउँपालिका वडा नम्बर-४ का २८ वर्षीय सरोज शाह मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।   यही पुस १५ गतेदेखि होटलको कोठा नम्बर २०२ मा बसेका शाहले आज बिहान अबेरसम्म पनि ढोका नखोलेको र बाहिर ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।   शाह विस्तारामा बसेको अवस्थामा मृत्यु फेला परेको र शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...
रास्वपाका सभापति लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

रास्वपाका सभापति लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दियपछि पुर्व गृहमन्त्री तथा रास्वपाका सभापति समेत रहेका रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५र५ लाख र कृष्ण बहादुर गुरुङसँग एक लाख रुपैंया धरौटी माग भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था भने नरहेकाे बताएको छ । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं लिने भयकाे छ। लामिछानेसहित पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी ...
लागूऔषध र गैँडाको खाग सहित एक जना पक्राउ

लागूऔषध र गैँडाको खाग सहित एक जना पक्राउ

समाचार
काठमाडौं । झापा जिल्ला मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तु सहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले गेस्ट हाउसको १०२ नम्बरको कोठा तलासी गर्दा १ किलो ७ सय ग्राम तौलको गैँडाको खाग जस्तो देखिने वस्तु १ थान, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम, नियन्त्रित लागूऔषध PYEEVON SPAS PLUS १ सय ४४ ट्याब्लेट, डिजिटल तराजु १ थान र मोबाइल २ थान फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...