११ आश्विन २०८१, शुक्रबार

राष्ट्रिय

चाडपर्वमा उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न, प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

चाडपर्वमा उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न, प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ तिहार, नेपाल संवत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उप कार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उनले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन् । ‘कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्ष दिनभर राम्रो काम गरे पनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ । त्यस कारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस् ‘ मन्त्री बस्नेतले भने ‘पूर्णरूपमा जिम्मेवार भएर काम गर्...
काेशी प्रदेशका केदार कार्कीले पाए विश्वासको मत

काेशी प्रदेशका केदार कार्कीले पाए विश्वासको मत

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ । राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी थिए ।राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी थिए । संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी गरेका थिए । समर्थनकर्ताहरुले हस्ताक्षर सनाखत गरेपछि कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए ।...
राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्छ : जनार्दन शर्मा “प्रभाकर”

राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्छ : जनार्दन शर्मा “प्रभाकर”

Breaking News, यातायात, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा "प्रभाकर"ले  राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्ने बताय । बुधबार नेकपा(माओवादी केन्द्र) काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दशैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले आगामी चुनाव मा कसैसँग गठबन्धन नगर्ने बताए । ‘हाम्रो पार्टी कसैसँग गठबन्धन गरेर चुनाव लड्दैन। हामी एक्लै लड्छौँ। एक्लै प्रतिस्पर्धा गर्छौ र एक्लै प्रतिस्पर्धा गर्ने हैसियत हाम्रो पार्टीको बनाउने योजना छ। कसैसँग मिल्दैनौँ। यो प्रतिवद्धता हो। संकल्प हो। यो कुरालाई म स्पष्ट गर्न चाहन्छु,’ उनले भने।उनले प्रदेश सरकारलाई छिटो भन्दा छिटो अधिकार हस्तान्तरण गरेर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताए। राष्ट्रिय सहमति गरेर जानुपर्छ। यदि राष्ट्रिय सहमती गर्ने होइन भने के देखियो भने सरकार पनि कतिदिन चल्ने? कति महिना चल्ने? भन्...
गैरआवासीय नेपालीलाई सरकारद्वारा नागरिता प्रदान

गैरआवासीय नेपालीलाई सरकारद्वारा नागरिता प्रदान

Breaking News, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं ।सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले बालुवाटारमा आयोजित एक कार्यक्रममा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् । नागरिकता प्राप्त गरेपछि अध्यक्ष केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताउँदै सरकारलाई धन्यवाद दिए ।गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।...
जाजरकोटकाे जनसंख्या विवरण, जनगणना २०७८ अनुसार

जाजरकोटकाे जनसंख्या विवरण, जनगणना २०७८ अनुसार

Breaking News, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
१.घरधूरी १.१ जाजरकोट जिल्लाको कूल परिवार संख्या ३७,४६६ १.२ परिवार संख्या सवै भन्दा वढी भएको स्थानीय तह भेरी नगरपालिका ८८७४ १.३ परिवार संख्या सवै भन्दा कम भएको स्थानीय तह शिवालय गाउंपालिका २८०६ २ जनसंख्या २.१ कूल जनसंख्या १,८९,३६० २.२ कूल पुरुष संख्या ९४,०६३ २.३ कूल महिला संख्या ९५,२९७ २.४ पुरुष र महिलाको जनसंख्या वीच अन्तर महिलाको संख्या १,२३४ वढी २.५ पुरुषको जनसंख्या वढी भएका स्थानीय तह नलगाड नगरपालिका र वारेकोटगाउंपालिका२.६ महिलाको जनसंख्या वढी भएका स्थानीय तह कुशे, जुनीचांदे र शिवालय गाउंपालिका तथा छेडागाड र भेरी नगरपालिका २.७पुरुषको जनसंख्या वढी भएका वडा संख्या २५ २.८ महिलाको जनसंख्या वढी भएका वडा संख्या ५१ पुरुष र महिलाको जनसंख्या वरावर भएका वडा संख्या १ ३. लैंगिक अनुपात ३.१जाजरकोट जिल्लाको कूल लैंगिक अनुपात ९८.७१ ३.१लैंगिक अनुपातमा असमानता वढी रहेको स्थानीय तह भेरी...
आज समाजवादी माेर्चाले सुदुरपश्चिममा सन्देश सभा गर्ने

आज समाजवादी माेर्चाले सुदुरपश्चिममा सन्देश सभा गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।चार दल आवद्ध समाजवादी मोर्चाले आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय सन्देश सभा गर्दैछ। सोमबार दिउँसो साढे १ बजे धनगढीमा सन्देश सभा सुरु हुने नेकपा एक नेताले  जानकारी दिए। सभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी ले आज देखि खसी-बाेका बिक्री गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी ले आज देखि खसी-बाेका बिक्री गर्दै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दशैंका लागि खसीबोका बिक्री गर्दैछ । यसका साथै चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाडौं उपत्यकाका ११ स्थानका बजारमा पशु चिकित्सकसहितको टोली परिचालन गर्दैछ। कलंकी खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा सो टोलीलाई परीक्षणका लागि पठाइने बताइएको छ ।...
आज देखि दशैका लागि नयाँ नाेट सटही सुबिधा , एक जनाले २८ हजार ५०० सम्मा पाउनेछन

आज देखि दशैका लागि नयाँ नाेट सटही सुबिधा , एक जनाले २८ हजार ५०० सम्मा पाउनेछन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि आज (२९ असोज) देखि नयाँ नोट सटही सुविधा दिँदैछ। नजिकिँदै गरेका दसैँसहितका चाडबाडलाई लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो। राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गरिने जनाएकोछ। विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ। पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एकरएक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन्। राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ। वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन्। काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ। वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता ...
प्रगतिशील कानुन ब्यावसायी संगठनकाे राष्ट्रिय भेला सम्पन

प्रगतिशील कानुन ब्यावसायी संगठनकाे राष्ट्रिय भेला सम्पन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
ललितपुर ।प्रगतिशील कानुन व्यवसायी संगठनको राष्ट्रिय एकता भेला शनिवार ललितपुरको कुपण्डोलमा सम्पन्न भएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र वास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) बीच भएको पार्टी एकतापछि ति पार्टी आबद्ध दुई कानुन व्यवसायी संगठनबीचको एकता भेला शनिबार सम्पन्न भएको हो । एकता भेलाबाट अधिबक्ता देब कुमार मुक्तान संयोजक, अधिबक्ताद्वय दिवश निरौला र फडिन्द्र कार्की सह–संयोजक रहने गरी २५ सदस्सीय केन्द्रीय कार्य समिति चयन गरिएको छ। संगठनका सह-संयोजक दिवश निरौलाले संचालन गरेको भेलाको अध्यक्षता संगठनका संयोजक देब कुमार मुक्तानले गरेका थिए भने सहसंयोजक फडिन्द्र कार्कीले स्वागत मन्तव्य राखेका थिए । भेलाका प्रमुख अतिथी सिपी गजुरेल र बिशेष अतिथी धर्मेन्द्र वास्तोलाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। भेलामा पार्टी केन्द्रीय कार्य...
२०८० सालकाे बडादशै सुरु, आज घटस्थापना जमरा राख्ने दिन

२०८० सालकाे बडादशै सुरु, आज घटस्थापना जमरा राख्ने दिन

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बडादसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद...