३ जेष्ठ २०८३, आईतवार

राष्ट्रिय

माओवादीको चुनावी घोषणापत्र तिहारपछि मात्रै

माओवादीको चुनावी घोषणापत्र तिहारपछि मात्रै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
६ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को चुनावी घोषणापत्र तिहार सकिएपछि मात्रै आउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्र तयार भएर प्रूफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेको छ । अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रुप लिनेछ । इमेल मार्फत वा बैठक राखेर पनि पदाधिकारीहरुको सुझाव लिन सकिन्छ । यो काम सकाएर हामी घोषणापत्र तिहार लगत्तै सार्वजनिक गर्छौं,’ केन्द्रीय कार्यालय सचिव उपाध्यायले  भने ।...
जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्छ : डा. भट्टराई

जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्छ : डा. भट्टराई

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राम्रो काम नगर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले राइट टु रिकलको व्यवस्था गर्नुपर्ने बताएका हुन । राइट टु रिकल गर्नु पनि पर्छ । वास्तवमा हामी यति गैरजिमेवार हुँदै गएका छौं । ढाँट छल पैसा किनबेच अनेक गरेर चुनाव जित्ने, चुनाव जितेपछि पाँच वर्ष फर्केर नजाने, फेरि अर्को जालजेल षड्यन्त्र पैसा किनबेच गरेर जाने जुन प्रवृत्ति छ’, भट्टराईले भने, ‘यदि जनप्रतिनिधिले ठीक ढंगले काम गरेन भने मतदाताको निश्चित प्रतिशत २५ प्रतिशत (वा कति राख्न सकिन्छ) ले मागे भने फिर्ता बोलाउन सक्ने व्यवस्था गर्नुपर्छ, यो सम्भव छ, असम्भव छैन ।’  ...
निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घन्टा सिल गरिने

निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घन्टा सिल गरिने

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार, सुचना संचार
महेन्द्रनगर। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घन्टा सीमा सिल गर्ने सहमति भएको छ । भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरूबीच छलफल भएको थियो । उनका अनुसार बैठकमा सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ–आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ । “बैठकमा निर्वाचन हुनुभन्दा ७२ घन्टाअघि सीमा नाका सिल गर्ने सहमति भएको छ”, उनले भने, “निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा नाकामा सुरक्षा निगरानी बढाउने समझदारी भएको छ ।” उहाँले पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूमा...
नेपालीको दाेश्राे ठुलो  चाँड यमपन्चक ,तिहार आज देखी सुरु

नेपालीको दाेश्राे ठुलो चाँड यमपन्चक ,तिहार आज देखी सुरु

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, सुचना संचार
५ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि (कात्तिक ६ गते) परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । आइतबार बेलुकी ५ः०४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बेलुकी ५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ प्राध्यापक अधिकारीले भने । यमदीपदान परि...
संविधानको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक : शक्ति बस्नेत

संविधानको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक : शक्ति बस्नेत

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं जाजरकोट बाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार शक्तिबहादुर बस्नेतल संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक रहेको बताएका छन् । संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक भएकाले गठबन्धनको विजयी आवश्यक रहेको बताएका हुन् । जाजरकोट क्षेत्र नं. १ का मतदाता भेटघाट कार्यक्रमहरूलाई सम्बोधन गर्दै उपमहासचिव बस्नेतले मंसिर ४ को निर्वाचनपछि मुलुकको राजनीति कता जान्छ भन्ने निश्चित हुने बताए । साथै उनले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरुलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठुला विकास योजना सञ्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातासामु आग्रह गरे । ‘संविधान बाँकी कामहरूलाई पूर्णता दिनका लागि पनि बाम लोकता...
रुपन्देही- २ का राजु गुरुङको उम्मेदवारी खारेज

रुपन्देही- २ का राजु गुरुङको उम्मेदवारी खारेज

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
काठमाडौँ — रुपन्देही निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । सर्वोच्च अदालतको शुक्रबारको फैसला अनुसार गुरङको उम्मेदवारी खदारेज भएको हो । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दाको न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उम्मेदवारी खारेजीको निर्णयलाई सदर गरिदिएको हो । सर्वोच्च अदालतको आदेशमा भनिएको छ, 'निवेदक राजु गुरुङमा कायम रहेको अयोग्यता निजमा कायम रहेको देखदिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अ...
ब्युँझ, अब त ब्युँझ

ब्युँझ, अब त ब्युँझ

Breaking News, कविता, राष्ट्रिय, विगन्यूज, समाचार
उद्देश्य देखिएन पटके निर्वाचनको बदलिएन अनुहार सत्ता र सिंहासनको कुनै परिवर्तन ल्याउँदैन निर्वाचनले विद्रोह गर्नैपर्छ भोका–नाङ्गाहरूले रक्तरञ्जित परिवर्तन माग्दैछ फेरि एकपटक समयले । ब्युँझ, अब त ब्युँझ कवि, कलाकार, गुरु, विद्यार्थी ब्युँझ मजदुर, किसान, हरुवा, चरुवा ब्युँझ पद, पैसा र शक्तिका अगाडि झुक्न, बिक्न, लम्पसार पर्न होइन दुर्जनलाई सज्जन देखाउन पनि होइन गरिब, दुःखीको सारथि हुन ब्युँझ अझ सशक्त क्रान्तिको ज्वाला दन्काउन ब्युँझ ब्युँझ, अब ब्युँझ कलमका पण्डित ब्युँझ सूदखोरको तमसुक लेख्ने मतियार मात्र होइन कलम कलम शब्दको दीपशिखा हो उज्यालो फैलाउने अग्निज्वाला हो कलमले आगो ओकल्न सक्नुपर्छ भ्रष्टलाई भ्रष्ट नै लेख्न सक्नुपर्छ जति लेख्यौ, अपूरो भो अब पूरा लेख विद्रोही बन्दुकको कानुन लेख गाउँगाउँमा दन्किएको आगोको आवाज लेख छातीमा दागिएको गोलीको चित्कार लेख छरपस्...
संसदीय व्यवस्थाविरुद्ध सडकमा आउनुस् : कञ्चन

संसदीय व्यवस्थाविरुद्ध सडकमा आउनुस् : कञ्चन

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
कास्की :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले सबै कम्युनिस्टहरुलाई संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन आव्हान् गरेका छन् । बुधबार पोखरामा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी, नेपालले आयोजना गरेको संसदीय चुनाव अवज्ञा/बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनले यो व्यवस्थामा हुने चुनावले भ्रस्टाचारी, कालाबजारी, शिक्षाका माफिया, राष्ट्रघाती, जनघाती र विदेशी दलालहरुलाई जिताउने भएकाले यस चुनावलाई सबै जनतालाई अवज्ञा गर्न अपील गरेका हुन् । यो दलाल संसदीय व्यवस्थाको विशेषता नै हो । त्यसैले हामीले यो चुनाव अवज्ञा गर्ने नीति लिएका छौँ । हामीले देशमा राजनीतिक स्थिरता, समृद्धि, सामाजिक रुपान्तरण, शान्ति र स्वाधिनताका लागि स्वाधिन संयुक्त सरकार निर्माण गर्दै नयाँ जनवादसहितको वैज्ञानिक समाजवाद स्थापना गर्न संघर...
गठबन्धन १०–२० वर्ष जानसक्छ : देउवा

गठबन्धन १०–२० वर्ष जानसक्छ : देउवा

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
४ कात्तिक, बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन अझै १०–२० वर्ष कायम रहन सक्ने बताएका छन् । सत्ता गठबन्धनले बुटवलमा गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले संविधान,संघीयता, समावेशीता बचाउन गठबन्धन आवश्यक रहेको जिकिर गर्दै चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताए । धेरै ठूलो लडाइँपछि संविधानले दिएका संघीयता,गणतन्त्र,समावेशीता समाप्त पार्ने प्रयास भइरहेको छ’, देउवाले भने, ‘चुनावपछि गठबन्धनकै सरकार बन्ने हो,यो १०–२० वर्षसम्म जानसक्छ ।’ टिकट नपाएर असन्तुष्ट बनेकाहरुलाई लक्षित गर्दै देउवाले अहिले टिकट नपाएकाहरुलाई संघीय र प्रदेश सरकारमा धेरै ठाउँमा अवसर हुने आश्वासन दिए । सत्ता गठबन्धनको विरुद्ध राष्ट्रवादीको नाममा राजावादी शक्ति लागेको देउवाको आरोप छ । गठबन्धनका विषयमा शंका उपशंका गर्ने गराउने अवस्था आउन नदिन देउवाले ब...
वैज्ञानिक समाजवादको फूल फुलाउनेछौँ– आमा ! स्मृति

वैज्ञानिक समाजवादको फूल फुलाउनेछौँ– आमा ! स्मृति

Breaking News, पर्यटन, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
असोज २२ गते दिउँसो कमरेड लोकेशले फोन गर्नुभयो– दाइ ! हृदयाघातका कारण आमाको निधन भयो । …म जाँदैछु अनन्य कमरेड लोकेशकी ममतामयी आमा, हामी सबैकी आमाको असामयिक निधको खबर सुन्नेबित्तिकै म स्तब्ध भएँ । मेरो गला अवरुद्ध भयो । म अरू केही भन्न नसक्ने अवस्थामा पुगेँ । त्यसपछि कमरेड भीमलाई फोन गरेर जानकारी गराएँ । उहाँसँग कमरेड लोकेशले आमाको स्वास्थ्यमा समस्या आउनेबित्तिकै उपचार गर्ने भनेर पहिला नै सहयोगका लागि सम्पर्क गरिसक्नु भएको रहेछ । केहीबेर आफूलाई संयम तुल्याउँदै पार्टी केन्द्रीय कार्यालयमा खबर गरेँ । असोज २७ गते पार्टी केन्द्रीय कार्यालयले आमाको श्रद्धाञ्जली सभामा मलाई जान निर्देशन गर्यो । लेखक : पूर्णबहादुर सिंह पर्वतको दुग्लुङ गाउँसम्म पुग्नु मेरा लागि पीडा र गौरव भयो । जाजरकोटबाट १५ दिन पैदल हिँडेर पर्वतको त्यही भेगको एक गाउँमा अभियान टोलीको सम्पर्कमा पुगेको थिएँ । करिब १९ व...