५ माघ २०८१, शनिबार

प्रधानमन्त्री कपको तयारी पूरा, विजेतालाई १० लाख

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही कात्तिक १३ देखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट हुँदैछ ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रतियोगिताको लागि सबै तयारी पूरा भएको बताए । यसअघि कात्तिक १२ गतेदेखि नै सुरु गर्ने भनिएपनि चाडपर्वले गर्दा प्रतियोगिता एक दिन पछि सुरु हुने भएको हो ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको लिग खेलपछि शीर्ष दुई-दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
सेमिफाइनल विजेता दुई टिमबीच कात्तिक २६ गते त्रिवि क्रिकेट मैदानमा फाइनल खेल हुनेछ ।

उद्घाटन खेलमा कात्तिक १३ गते आइतबार समूह एमा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । यस्तै कात्तिक १३ गतेनै समूह बी मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ ।

यसअघि हरेक टिमलाई ६ खेल खेल्ने अवसर दिने र विजेता र उपविजेतासहित अन्य पोजिसन पनि छुट्याउने गरी खेल गराउने तयारी भएपनि समूह चरणपछि सेमिफाइनल र फाइनल खेल मात्र हुने भएको छ । कार्यवाहक सचिव मल्लले निर्वाचन नजिकँदै गरेको र अन्तर्राष्ट्रिय श्रृङ्खला पनि खेल्ने तयारी रहेको हुँदा समय अभाव भएकोले धेरै खेल गर्न सम्भव नहुने भएको जानकारी दिए ।

‘प्रधानमन्त्री कपलगत्तै अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने तयारी छ । त्यसपछि निर्वाचन छ । यू-१९ राष्ट्रिय प्रतियोगिता छ अनी नेपाल टी २० लिग पनि आउँछ । खेल बढ्दा दिन पनि बढ्ने भयो’ मल्लले भने ।

सन् २०१७ मा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको चार संस्करणमा ५० ओभरको फर्म्याटमा आयोजना भएको थियो । गत संस्करण भने आईसीसी टी-२० विश्वकप छनोटलाई मध्यनजर गर्दै टी२० फर्म्याटमा खेलाइएको थियो । गत संस्करणमा एपीएफले नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि जितेको थियो ।
विजेतालाई १० लाख

प्रधानमन्त्री कपको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । यस्तै सेमिफाइनल पुग्ने दुवै टिमले ५०-५० हजार तथा म्यान अफ दि सिरिजले पनि ५० हजार रुपैयाँ पाउने क्यानका सचिव मल्लले बताए ।

बेस्ट ब्याटर र बेस्ट बलरले समान २० हजार, इमर्जिङ प्लेअरले १० हजार रुपैयाँ पाउनेछन् । म्यान अफ दि म्याचले ३ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको बजेट कूल १ करोड ५१ लाख रुपैयाँ रहेको छ । ‘त्यसमा ६० लाख राखेपले दिनेछ । बाँकी रकम क्यानको आन्तरिक स्रोतबाटै व्यवस्था गर्नुपर्नेछ’ कार्यवाहक सचिव मल्लले भने ।

नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को निलम्बनमा हुँदा राखेपले आफ्नै कार्यक्रमको रुपमा प्रधानमन्त्री कप आयोजना गर्न थालेको थियो । क्यान निलम्बन फुकुवा भएपछि राखेपको कार्यक्रमलाई नै क्यानले आयोजना गर्न थालेको हो ।