९ बैशाख २०८३, बुधबार

राष्ट्रिय

नागरिकता विधेयक किन भएन प्रमाणीकरण, राष्ट्रपति कार्यालयले दिएको ६ कारण :

नागरिकता विधेयक किन भएन प्रमाणीकरण, राष्ट्रपति कार्यालयले दिएको ६ कारण :

राष्ट्रिय, शिक्षा, समाचार
३० कात्तिक, काठमाडौं । राष्ट्रपति कार्यालयले संघीय संसदबाट प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक मुलुकको हितमा नभएको र संघीय संसदबाट पारित गर्ने क्रममा संविधान र कानूनको उल्लंघन भएकाले त्यसलाई यथास्थितिमा राखिएको दावी गरेको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुुपर्ने माग राखी सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि लिखित जवाफ दिँदै राष्ट्रपति कार्यालयले विधेयकका विषयवस्तु र पारित गर्न संसदले अपनाएको प्रक्रियामा असहमति जनाएको हो । उसले त्यो विधेयक निस्तेज भइसकेको दावी गर्दै फेरि सुरुदेखि नै प्रक्रिया सुरु हुनुपर्ने आफ्नो दृष्टिकोण समेत अघि सारेको छ । लिखित जवाफमार्फत राष्ट्रपति कार्यालयले उठाएका ६ सवाल : १.) राष्ट्रपतिसँग विशेषाधिकार हुन्छ : थुप्रै मुलुकहरुमा राष्ट्रपतिले मुलुकको हकहितका लागि विशेषाधिकार प्रयोग गरेको उदाहरण दिँदै राष्ट्रपति कार्यालयले नेपालमा पनि सोही विश...
प्रधानमन्त्री बनेर काम गर्ने अवसर मिलेमा पाँच बर्षमा नेपाललाई नयाँ माेडमा पुर्याउछु : झलनाथ खनाल

प्रधानमन्त्री बनेर काम गर्ने अवसर मिलेमा पाँच बर्षमा नेपाललाई नयाँ माेडमा पुर्याउछु : झलनाथ खनाल

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन्। इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार खनालले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन।’ उनले निर्वाचनपछि एउटैमात्र दलको सरकार नबन्ने बताए। ‘अब एउटै दलको सरकार त बन्दैन तर गठबन्धनको बहुमत आउने भएकाले सहमतिमा भागबन्डा मिलाउँदा मलाई जुन जिम्मेवारी पर्छ त्यो बहन गर्न तयार छु।’ खनालका अनुसार यो निर्वाचन उनको अन्तिम चुनावी लडाइँ हो। उमेरले ७३ वर्ष पुगे पनि देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको उल्लेख गर्दै...
कर्णालीमा १४ हजार सुरक्षाकर्मि खटाईयाे ।

कर्णालीमा १४ हजार सुरक्षाकर्मि खटाईयाे ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा पाँच हजार सात सय २९ जना नेपाल प्रहरी  र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार आठ सय सात जना सुरक्षाकर्मी खटाइएको हो । प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती हुने छ । प्रवक्ता श्रेष्ठले भने, ‘प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ ।’ प्रदेश कमाण्ड पोष्टबाट प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पालगायतक...
कर्णाली लाई बिकटताबाट सुगमतामा ल्याउने प्रतिबद्धता  : ओली

कर्णाली लाई बिकटताबाट सुगमतामा ल्याउने प्रतिबद्धता : ओली

चुनाव, राजनीति, राष्ट्रिय, समाचार
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताएका छन्। एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उनले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताए। सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ’, उनले भने, ‘यसलाई सुगम गर्न जरुरी छ। सुगम बनाउन सजिलो पनि छैन।’ अध्यक्ष ओलीले कर्णालीका विकासको खाका एमाले पार्टीले कोरेको बताए। ‘हामीले देश विकासका लागि सुरुङ बनाउन, स्वास्थ्य क्षेत्रमा विकास, पूर्वाधार क्षेत्रमा विकासको सुरुआत गरेका छौँ’, उनले भने, ‘यी डाँडाकाँडाहरूमा सधैँ रोजगारी पाउने र आम्दानीको स्रोत बढाउने गरी विकास गर्न आवश्यक छ।’ अब केही दिनपछि चुनाव आउँदैछ भन्दै अध्यक्ष ओलीले निर्वाचनले यो देश कता जाने भन्नेबारे फैसला गर्ने बताए। ‘यो देशको राष्ट्रियता, स्वतन्त्रता, ...
स्थानीय तहलाई निर्वाचन आयाेगकाे  पत्राचार: भाैतिक संरचनाको उपलब्ध  गराउने बारे ।

स्थानीय तहलाई निर्वाचन आयाेगकाे पत्राचार: भाैतिक संरचनाको उपलब्ध गराउने बारे ।

निर्वाचन, राष्ट्रिय, समाचार
२७ कात्तिक, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचना व्यवस्थापन गराउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ । निर्वाचन आयोगले चुनावका लागि आवश्यक पर्ने भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिदिन भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो । सोही परिपत्र अनुसार निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचनाहरुको व्यवस्थापन गरिदिन स्थानीय तहहरुलाई पत्राचार गरिएको सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए ।</p निर्वाचनका लागि सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य सार्वजनिक स्थान आवश्यक परेको खण्डामा व्यवस्थापन गर्न आयोगले मन्त्रालयसँग आग्रह गरेको थियो । २-४ मंसिरसम्म भवन तथा परिसर उपलब्ध गराउन स्थानीय तहहरुलाई पत्राचार गरिएको नेपालले बताए । हेर्नुहोस्...
बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
२६ कात्तिक, काठमाडौं । शनिबार साँझ बझाङमा भूकम्पको धक्का महसुस भएको छ  ।साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । यसअघि गत बुधबार डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।  ...
नेकपा (बहुमत) काे चुनावी अवज्ञाबारे प्रचार- प्रसार तिब्र बन्दै

नेकपा (बहुमत) काे चुनावी अवज्ञाबारे प्रचार- प्रसार तिब्र बन्दै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
    काठमाडौँ : नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरहरूले पर्वत र म्याग्दीका सरकारी कार्यालयहरूसमेत रङ्गिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले अधिकांश सरकारी कार्यालयका प्रवेशद्वारहरूमा ‘संसदीय चुनावको अवज्ञा गरौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !’ भन्ने नाराहरू लेखिएका रङ्गीन पोस्टरहरू व्यापक रूपमा टाँसेको हो । नेकपा (बहुमत) ले यही मङ्सिर ४ गते हुने भनिएको प्रदेश र सङ्घका संसदीय निर्वाचनलाई फेरि देश बेच्ने लाइसेन्स सुदृढ गर्ने संसद्वादीहरूको प्रयास भन्दै सर्वसाधारण जनतालाई यो व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा लामबद्ध हुन आह्वान गरेको छ । यो व्यवस्थाले देश र जनतालाई कङ्गाल बनाएको र राजनीतिक अस्थिरता कायम गरेको हँुदा यो निर्वाचन अवज्ञा गरी स्थायित्व कायम गर्न स्वाधीन संयुक्त सरकार निर्माण गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमु...
रुकुम पश्चिममा जनार्दन शर्मा : चौथो जितका दावेदार

रुकुम पश्चिममा जनार्दन शर्मा : चौथो जितका दावेदार

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
 २०१९ वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिएका जनार्दन शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जेटीए थिए । २०५२ सालमा नेकपा (माओवादी)ले सत्ता विरुद्ध सशस्त्र संघर्ष थालेपछि उनी पनि त्यसमा सामेल भए । शर्मा २०५२ पछि १० वर्ष माओवादीको डेपुटी कमाण्डर भएर लडे, पार्टी शान्ति प्रक्रियामा आएपछि ऊर्जामन्त्री बनेका उनले १८ घण्टे लोडसेडिङ हटाउने भूमिका खेले । अर्थमन्त्री भएपछि भने उनी गभर्नर हटाउनेदेखि बाहिरियालाई बोलाएर बजेटको बुँदा हेरफेर गर्नेसम्मका विवादमा परे । तिनै शर्मा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा फेरि रुकुमपश्चिमबाट लड्दैछन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका उनी चुनाव जित्नेमा ढुक्क पनि छन् । यो क्षेत्रबाट २०६४, २०७० र २०७४ मा लगातार चुनाव जितेका शर्माको फेरि विजयी हुने दाबीमा ठोस आधार पनि देखिन्छ । रुकुमपश्चिममा बलियो पकड बनाएको माओवादी केन्द्रलाई यसपटक ...
राष्ट्रपति भण्डारी आइसल्याण्डबाट स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी आइसल्याण्डबाट स्वदेश फिर्ता

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, राष्ट्रिय, समाचार
२६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डबाट आज बिहान काठमाडौं फर्किएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरे । विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन् । सो सम्मेलनमा राष्ट्रपति भण्डारीलाई डब्लुपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मानगरिएको थियो ।...
आज इटहरीमा तीन कम्युनिस्ट पार्टी काे  भन्डाफोर सभा हुँदै

आज इटहरीमा तीन कम्युनिस्ट पार्टी काे भन्डाफोर सभा हुँदै

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
     आशन्न मङ्सिर ४ गते हुने भनिएको संसदिय चुनावको औचित्य नरहेको भन्दै चुनाव खारेज/बहिस्कारको कार्यनीति लिएका तीन कम्युनिस्ट पार्टीले आज पूर्वको इटहरीमा भन्डाफोर सभा गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मिलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको देशव्यापी विरोध तथा जनपरिचालन अन्तर्गत आज इटहरीमा कार्यक्रम हुन लागेको हो । सुनसरीको इटहरी मेनचोक बाट १ सय मिटर पश्चिम तर्फको चोकमा आज दिउँसो ठिक १ बजे हुने कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एबम प्रवक्ता प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती र नेकपा नेता सतिसाल लगाएतका नेताहरूले सम्बोधन गर्ने सुनसरीस्थित नेकपा पोलिट व्युरो सदस्य दिपेश सीले जानकारी दिएका छन् । कार्यक्रमको शुरुवात ब्यानरसहित नारा जुलुश गर्दै हुने बताइएको छ ।...